राजापनि वार्ता गर्ने मनस्थितिमा !

gyanendra.jpgनेकपा (माओवादी) ले राजा ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबार छोड्न सन्देश पठायो। माओवादी अध्यक्ष प्रचण्डले राजालाई सम्मानजनकरुपमा गद्दि त्यागेर सामान्य नागरिक सरह राख्नका लागि आवश्यक परे आफु राजासँग सिधै वार्ताकालागि तयार रहेकोपनि बताए। त्यसकालागि राजाका निकट रबिन्द्र शर्मा, कमल थापा लगायतका व्यक्तिहरुसँग छलफल भएको सार्वजनिकपनि भयो। त्यस्तो छलफल पटक पटक भइसकेको स्रोतहरु बताउँछन।  

राजतन्त्र जोगाउनेहरु निर्वाचनबाटै कमजोर भए। पूर्ण राजतन्त्रवादीहरु त झनै बढारिए। माओवादीहरु राजतन्त्रसँग कुनै खालकोपनि सम्झौता नगर्ने अठोट लिइरहेका छन। यो सबै प्रिष्ठभूमिमा राजापनि वार्ताका लागि मनस्थितिमा रहेको बताइएको छ। तर माओवादीहरुको भनाई र प्रस्तावमा भने सहजै ढुक्क हुन नसकेको बताइएको छ। नारायणहिटी हत्याकाण्ड पछि नेपालबाट राजतन्त्र समाप्त भएको घोष्णा गरि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग तेर्स्याउँदै आएको माओवादी त्यस मामिलामा लचक होला कि नहोला भन्ने प्रमुख डर ज्ञानेन्द्रलाई छ। किनकि त्यसको निष्पक्ष छानविन भएमा गम्भिर अपराधीकारुपमा राजा ज्ञानेन्द्र र उनका छोरा पारस सिधै जेलसम्म जान सक्छन । यदि माओवादीहरुले दरबार हत्याकाण्डको निष्पक्ष छानबीन गरेभने त्यसबाट उम्किन नसकिने दरबारले बुझेको छ।  अहिले राजा ज्ञानेन्द्र त्यहि विषयमा बढि आश्वस्त हुन खोजेको बाताइन्छ। दरबार हत्याकाण्ड, आफ्नो सम्पत्ति र उद्दोग धन्दाको पूर्ण सुरक्षा लगायत सांस्क्रितिक रुपमा सक्रिय हुन पाउनुपर्ने लगायतका केहि विषयमा राजा आश्वस्त हुन चाहेका छन। आफ्ना समर्थकहरु मार्फत राजाले माओवादीहरु समक्ष तिनै शर्तहरु अगाडि सारेको बताईन्छ। यदि राजाका शर्तहरुमा माओवादीहरुले आश्वस्त गराए राजापनि सुरक्षित अवतरणकालागि वार्ता गर्न तयार रहेको बताइएको छ।

तपाइँको प्रतिक्रिया