माओ, मार्क्स र लेलिनबाद मात्रै बुझेर पुग्छ ?

mao-lenin-stalin-and nepali communists-movement

आज अलि भिन्न विषयमा ब्लग लेखौं जस्तो लाग्यो । हाम्रा कम्युनिष्टहरुका आदर्शका बारेमा । तिनका मार्गदर्शक सिद्दान्तकारका बारेमा । रुसी क्रान्ती भएको शताब्दी हुन लाग्यो । चिनको सांस्क्रितिक क्रान्तीले दशकौं दशक पार गरिसक्यो । चिनमा माओले सांस्क्रितिक क्रान्ती गरे तर अहिले चिन विश्वकै पूँजीवादी राष्ट्रहरुसित तिब्र प्रतिस्पर्धा गरिरहेछ । र आर्थिक रुपमा बन्दै छ विश्वकै एक शक्तिशाली राष्ट्र। चिनमा जसले सांस्क्रितिक क्रान्ति गरेर आजको चिनको जग बसाल्यो त्यही माओवाद त्यागिएको छ । तर नेपालमा भने माओवाद वा माओ बिचारधार झन मौलाउँदै गएको देखिन्छ । किनभने माओवाद अँगालेकै पार्टीलाई गत निर्वाचनमा नेपाली जनताले अधिकरुपमा रुचाए । मार्क्स र लेनीनका आदर्शलाई मान्ने भनिने अर्को पार्टी एमाले तेस्रो दल बनेको छ ।

 त्यसैगरि लेनीन र स्टालिनले जहाँ जहाँ कम्युनिष्ट राज्य सत्ता कायम गरे ति देश अहिले पूजीवादी भएका छन् । आधुनिक चमत्कार र आर्थिक विकासमा ति अझ सफल देखिएका छन् । तर नेपालमा भने लेनीन र स्टालिन अनी माओले निर्देश गरेको आदर्शलाई हुबहु नक्कल गर्नुपर्छ भन्ने कम्युनिष्ट हरु एक दर्जन भन्दा बढि छन् । साँच्चै लेनीन, स्टालीन र माओले क्रान्ति गरेका देशले तिनले देखाएको बाटो बुझ्न नसकेका कि हाम्रा नेपालका कम्युनिष्टहरुको दायरा साँघुरो भएको होला ?

 चिनले बुझ्न सकेन माओवाद भनौं भने त्यो नअँगाल्दा चिन झन तिब्र रुपले अगाडि बढिरहेछ आर्थिक विकासमा, आधुनिक चम्त्कारमा । र चिनियाँ मोडेल र विकासको न त माओवादीले बिरोध गर्छन् न एमाले वा अन्य कम्युनिष्ट घटकहरुले नै । यता रुसको आर्थिक विकास पनि उस्तै । उता जर्मनी झन झन सम्पन्नशाली बनिरहेछ । उनीहरुले समय र परिस्थिति अनुसार आफ्ना आदर्श ब्यक्तित्व र तिनका सिद्दान्तमा समय अनुकूल परिमार्जन गरेर अगाडि बढिरहेका छन् । तर हाम्रा नेपालका कम्युनिष्ट पार्टीहरु भने ह्रस्व र दिर्घ अनि रेफ सम्मपनि तलमाथि गर्नुहुन्न भन्दै उहि मान्यता, पुरानै आदर्श, पुरानै सिद्दान्त घोटाइरहेका छन् । नेपालमा मात्रै किन यस्तो भएको होला ?

 वास्तबिकता के हो भने नेपालमा कम्युनिष्ट आन्दोलनको घेरो अलि साँघुरो रह्यो । कम्युनिष्ट आन्दोलनको बुझाईपनि साँघुरिएरै बस्यो । कम्युनिष्ट आन्दोलन र ति आन्दोलन गर्ने नेताको आदर्श अध्ययन गर्ने भनेको पुरै नक्कल गर्ने भन्ने रह्यो । तिनका आदर्शलाई गणितिय सूत्रका रुपमा लिएर त्यहि सूत्र घोक्नुपर्छ भन्ने अर्थमा बुझ्न थालियो । माओ, स्टालीन र लेलीनका आदर्शलाई मात्रै बुझ्ने र उनीहरुले जे भने त्यसैलाई बुबहु लागू गराउनुपर्छ भन्ने अर्थमा बुझ्न थाले। नेपालका कम्युनिष्टहरु त्यहि मान्यतामा हुर्किए । कार्यकर्ताहरुलाई त्यहि दायरामा प्रशिक्षीत गरे ।

 उनीहरुले के बुझेनन् भने हिजो ति नेताले क्रान्ति गर्ने बेला र अहिलेको सन्दर्भ एकै छैन । आर्थिक अवस्था, सांस्क्रितिक स्थिति, जनताको सोच, भौतिक विकास एकै रहेन ।  किनभने दशकौं दशक पुरानो मान्यतालाई ज्युँको त्युँ राखेर त्यसैका अधारमा अहिलेको विश्व बुझ्न संभव छैन । अबको विश्वलाई माओ, मार्क्स, लेनीन र स्टालीनकालमा जस्तै गरेर निर्देशित गर्न संभव छैन ।

 अबको विश्व चिन्न नयाँ बैज्ञानिक बिकास, आधुनिक चमत्कार र अहिलेकै नयाँ प्राविधिक विकासलाई चिन्न सक्नुपर्छ । मेशिनगन र अणुबमको युद्द गर्नेसित खुकुरी र भाला तेर्स्याएर युद्द जित्न सकिन्न । अहिलेकै हतियारलाई बुझ्न र खेलाउन सक्नुपर्छ । तर नेपालका कम्युनिष्टहरु भने खुकुरीकै जमाना सहि हो भनिरहेका छन् । त्यहि घोटाइरहेका छन् ।

 अबको विश्वमा कम्युनिष्टहरु सफल हुने हो भने अहिलेको नयाँ ब्यवस्थापन गर्ने कलालाई चिन्न सक्नुपर्छ । अहिलेको नयाँ दर्शनलाई बुझ्न सक्नुपर्छ । अहिलेकै नयाँ प्रविधीको पहिचान गर्न सक्नुपर्छ । अहिलेको आधुनिक विकासलाई अँगाल्न सक्नुपर्छ । माओ, मार्क्स र लेनीनका आदर्शलाई मात्रै होइन कि आधुनिक विश्वका नयाँ आदर्श, मूल्य र मान्यतालाई अध्ययन गर्ने नयाँ सोचको विकास गर्न सक्नुपर्छ । होइन उहि दशकौं पुराना मान्यता मात्रै घोकेर बस्ने हो भने नेपालका कम्युनिष्टहरुको अवस्थापनि जर्मनी, रुस, फ्रान्स, ईटाली लगायतका देशमा झैं शिलो खोज्दै हिँड्नुपर्ने हुन्छ । फरक ढिलो र चाँडोको मात्रै हो । (फोटो- नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया