को को हुन त माओवादीका तिन शक्तिशाली मन्त्री ?

नेकपा (माओवादी) को नेत्रित्वमा सरकार बन्न नदिए जनतामाझ गएर जनताले जे आदेश दिन्छन त्यहि गर्ने भनिसके माओवादीले। सबैभन्दा ठुलो दलका हिसाबले माओवादीलेनै आगामि सरकारको नेत्रित्व गर्ने भनेर अड्डी पनि कसेका छन। माओवादी नेत्रित्वको सरकारमा जान आनाकानी गरे माओवादी एकलै सरकार बनाउन सक्षम छ पनि भनिसके। यसको अर्थ अब माओवादीले सरकारको नेत्रित्व छोड्नेवाला देखिदैन। सरकार छोड्ने होइन बरु आन्तरिक रुपमा आगामि सरकार कस्तो हुने, मन्त्री को बन्ने आदिको खाका पो तयार गरिसकेका रहेछन त। एक जना माओवादी स्रोतका अनुसार राजतन्त्र मासेर राष्ट्रपतिय प्रणाली नहुन्जेल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्ने रे। यो त थाह भएकै कुरा हो। अर्थमन्त्री चाहि डा बाबुराम भट्टराईलाइ बनाउने भएका रहेछन। रक्षा मन्त्रालय त प्रधानमन्त्री वा राष्ट्रपतिसँगै रहन्छ नै।  त्यस्तै, ग्रिहमन्त्री रामबहादुर थापा “बादल” लाइ बनाउने योजना रहेछ। नेपालको ग्रिह प्रशानको हालत खत्तमै रहेको, भ्रष्टाचारले जरै गाडेको मुल्याकन गरेका रहेछन। ग्रिह प्रशानसलाई सुधार्न ठुलो चुनौति रहेको उनीहरुको बुझाई रहेछ। ग्रिह प्रशासनलाई सल्यक्रियानै गर्नुपर्छ रे। अब मुल रुपमा आर्थिक बिकासलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने भएकोले डा बाबुराम भट्टराईनै अर्थमन्त्रि बनेर आर्थिक बिकासका ढाँचा कोर्नुपर्छ भन्नेमा रहेछन माओवादी। माओवादीहरुको अर्को प्रमुख चुनौति परराष्ट्र संबन्ध पनि हो। बिदेशी सहयोग नभए सकार टिक्न सक्ने अवस्था छैन।

माओवादी सरकारलाई बिदेशीले कसरि हेर्लान ? नेपालको परराष्ट्र मामिला निकै कमजोर रहेकाले परराष्ट्रमन्त्री जो बनेपनि खासै फरक पर्दैन भन्ने बुझाई रहेछ। किनभने अब नेपालको परराष्ट्र संबन्ध प्रधानमन्त्रि वा राष्ट्रपतिय स्तरबाटै नसुधारेसम्म नहुनाले अन्य जुनसुकै पार्टीको ब्यक्ति परराष्ट्रमन्त्री बनेपनि माओवादीलाई फरक नपर्ने बुझाइ रहेछ। त्यहि भएर अन्य दलसँग मिलेर सरकार बनाउँदा परराष्ट्र मन्त्रालयअन्य दललाई दिने सोचाईमा रहेछन। तपाईहरुलाई पनि केहि थप जानकारि भए उल्लेखगर्न नभुल्नुहोला।

तपाइँको प्रतिक्रिया