माओवादी फसाउने यस्तो पो रहेछ बिदेशी योजना

धेरै पछि आज यसो एमएसएन खोलेको त लामो समयसम्म भेट नभएका एक जना माओवादी मित्रसँग भेट भयो। निर्वाचनका बारेमा यसो जिज्ञासा राख्दा उनले माओवादीलाई हराउने बिदेशी योजना थियो भन्न थाले। निर्वाचन त सकियो नै तर निर्वाचनका बारेमा भएका र हुने सक्ने अनेक जालझेल र योजना भने थाह हुँदै जाने रहेछन। के रहेछ भनेर सोधेको त उनले खुलाउँदै गए। वास्तबिकता त मलाई थाह छैन नै। होइन नै भन्ने अवस्थापनि छैन। जे होस उनले मलाई बताएअनुसार माओवादीहरु निर्वाचनमा भाग लिने भएपछि बिदेशीहरु खुब खुशि भएका रहेछन। बिदेशीहरुलाई के लागेको रहेछ भने यिनीहरुले जनताको लुटेर खाए। आतंक फैलाए। डर र त्रास देखाए। घुँडा छ्प्काए। कति ठाउँमा पाखुरा काटे। निर्वाचन हुने भएपछि बाकसमा कसैले नदेख्नेगरि तिनलाई जाँच्नुपर्दा यिनलाई जनताले सुन्य प्रतिशत रुचाउँछन भन्ने लागेको रहेछ। त्यहि भएर “निर्वाचनमा जे जस्तो परिणाम आउँछ त्यो स्विकारनुपर्छ, जंगल भाग्न पाइँदैन” भनेका थिए बिदेशीहरुले। अमेरिकाले त्यो भन्यो। यूरोपेली परिषद, चिन, भारत र अनमिनले त्यसै भन्यो। माओवादीहरुलेपनि भने-यदि निर्वाचन शन्तिपूर्ण र निष्पक्ष भयो भने जुनसुकै परिणामपनि स्विकार्छौ। माओवादीलाई निर्वाचनबाटै बाटै बढारेर राख्न सकैने भो भन्ने धेरैले ठाने।  निर्वाचन अनुगमनकर्ताका नाममा धेरै घुसेछन नेपालमा। कथंकदाचित माओवादीले धेरै ठाउँमा बिजय हाँसिल गरेपनि उनीहरुलाई लत्याउने अर्को योजना बनाएछन। निर्वाचनको परिणाम नआउन्जेलसम्म चुपचाप बस्ने। कांग्रेस, नेकपा एमाले वा फोरमसोरमले जिते शान्तिपूर्ण र निष्पक्ष भएको हो भन्ने। यदि माओवादीले जित्यो भने सबै धाँधली भएको थियो, बुथ क्याप्चर गरिएको थियो भनेर बखेडा झिक्ने। 

यस्तो योजना माओवादी अध्यक्ष प्रचण्डकहाँ बेलैमा फेरि तिनै केही पर्यवेक्षकहरुले पुर्‍याएछन। प्रचण्डले त्यो थाह पाएपछि के बाँकि राख्थे। उनले पर्यबेक्षकको आवरणमा माओवादीलाई सिध्याउने यस्तो योजना बनाएकाले मतदान हुनासाथ निर्वाचन कसरि भयो भन्ने कुरा तुरुन्तै सार्वजनिक गर्न चुनौति दिएका रहेछन। मतदान गणना हुन थालेपछि आएका प्रतिक्रियालाई आफुले नमान्नेपनि प्रचण्डले बताएका रहेछन। त्यसपछि बिदेशीहरुले निर्वाचन शान्तिपूर्ण भयो, निष्पक्ष भयो भन्न थालिहाले। उनीहरुलाई माओवादीलाई काग्रेस, एमाले र फोरमले जति पनि माओवादीले ल्याउलान भन्नेसम्म नलागेको रहेछ। पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले शान्तिपूर्ण र धाँधलीरहित भयो भनेपछि त झन सबै तिनैका पछि लागेर हो मा हो मिलाईहाले।

तपाइँको प्रतिक्रिया