हिन्दी भाषालाई विवादमा राख्ने कि मान्यता दिने ?

“मेरो प्रश्न के हो भने हरेक नेपालीले (चाहे त्यो मधेशी होस् वा पहाडी) आफनो छातीमा हात राखेर भनोस् कि उसलाई हिन्दी भाषा वुझ्न र वोल्न आउँछ कि आउदैन ? विभिन्न समयमा गरिएको अध्ययनले प्रमाणित गरेको छ कि करिब ७०-७८ प्रतिशत नेपालमा वस्ने नेपालीहरु हिन्दी भाषा बुझ्छन् ।”

 -राजेन्द्र कुमार लाल/काठमाडौं 

 PIC_-_RLK[1]नेपाली र हिन्दी दुवै भाषाको जन्म संस्कृतवाट भएको हो । विश्वको तथ्यांक हेर्ने हो भने चिनियाँ भाषा पछि अंग्रेजी विश्वमा दोश्रो सवैभन्दा धेरै मान्छेले (५१० मिलियन) वोल्ने भाषाको रुपमा र हिन्दी विश्वमा तेश्रो सवैभन्दा धेरै मान्छेले (४९० मिलियन) वोल्ने भाषाको रुपमा परिचित छ । विश्वमा यस्ता पनि धेरै देशहरु छन् जहाँ आफ्नो भाषा भन्दा पनि अरु भाषा देशको प्रथम वा द्धितिय सरकारी भाषाका रुपमा स्थापित छन् । उदाहरणको लागि अष्ट्रियामा, जर्मन भाषा सरकारी भाषाको रुपमा स्थापित छ । त्यसै गरी ग्रिसमा फेन्च भाषा सरकारी भाषाका रुपमा स्थापित छ । नेपालको कुरा गर्ने हो भने हिन्दी भाषाले मधेशी र पहाडी समुदायका मानिसहरुलाई संवाद आदानप्रदानको साथै आपसी सदभाव कायम गर्न एउटा पुलको भूमिका निर्वाह गदै आइरहेको छ । किनभने पहाडमा वस्ने प्रायः मानिसहरुलाई मधेशमा वोलीने क्षेत्रीय भाषाहरु आउँदैन । मधेश वा तर्राईमा वस्ने मानिसहरुलाई प्रायः गरी नेपाली वा पहाडमा वोलीने क्षेत्रीय भाषाहरु आउँदैन । तर अचम्म के छ भने यी दुवै समुदायको प्रायः मानिसहरुलाई हिन्दी भाषा बुझ्छन् । बोल्न आउँछ । यसरी यो भाषिक सद्भाव र आपसी मेलमिलाप शताव्दीदेखी मधेशी र पहाडीमूलका मानिसहरुबिच चली आइरहेको छ । र आउने दिनमा पनि हालमा देखिएका झिना मसिना समस्यालाई समाधान गर्दे निरन्तर रुपमा चलिनैरहनेछ ।

 सम्पूर्ण नेपालीहरुले ध्यान दिनु पर्ने कुरा के हो भने जो आफूलाई नेपाली भाषाको प्राज्ञ र ज्ञाताका रुपमा वुझ्छन् उनीहरुलेनै हिन्दी भाषा नेपालमा राष्ट्रिय आधिकारीक भाषा हुने वितिकै देश समाप्त भई देशमा दक्षिणपन्थीहरु हाबी हुन्छन् कि भनेर गलत प्रचार र भ्रम फैलाइरहेका छन् । दुई तिन वर्षअगाडी सम्म नेपाल एक हिन्दु राष्ट्रको रुपमा परिचित थियो । तर आज नेपाल धर्म निरपेक्ष राष्ट्रमा परिवर्तन भएको छ । तर्सथ नेपालमा भइरहेको आमूल परिवर्तन लाई आत्मसात् गर्न नसक्ने र नेपालमा अग्रगामी परिवर्तन नचाहनेहरुले यस्ता विभिन्न वहाना मार्फत् हिन्दी भाषालाई पनि विवादको विषय वस्तु वनाई भ्रम र गलत प्रचार गरिरहेका छन् । यसै सन्दर्भमा प्रकाशित लेखहरुले पनि आगोमा घ्यु थप्ने काम गरी क्षेत्रीय र भाषिक सद्भाव बिथोल्न खोज्नु दुभार्ग्यपूर्ण रहेको छ । के तलका उदाहरणहरुले प्रमाणित गर्दैनन् नेपालमा हिन्दी भाषाको एउटा आफनै महत्वपूर्ण स्थान छ ?

 नेपालका प्रायः सिनेमा घरमा हिन्दी फिल्म नै धेरै चल्छ । हामी नेपाली फिल्मको तुलनामा हिन्दी फिल्म नै वढी हर्ने गछौं । हिन्दी टि.भी. कार्यक्रमहरु प्राय:जसो हरेक घर परिवारमा हेर्ने गरिन्छ । राष्ट्रभक्त कर्मचारी देखी राष्ट्रभक्त नेताहरु भारत भ्रमणमा जाँदा नेपाली वा अंग्रेजी भाषा प्रयोग गर्दैन् हिन्दीभाषामै कुराकानी, छलफल गर्ने गरेको तथ्य सवैलाई थाहा छदैछ । त्यसै गरी भारतीय पर्यटकहरु नेपाल आँउदा नेपालीहरुले उनीहरुसँग अंग्रेजी वा नेपालीमा कुराकानी नगरी हिन्दी भाषा प्रयोग गर्नै गरेका छन् । आज भोलि त काठमाडौंमा पनि हिन्दीभाषाको प्रयोग प्रायः जसो हरेक पसल, होटल र विशेष गरी संविधानसभा कक्षमा हुने गरेको छ । २० लाख भन्दा बढी नेपाली दाजुभाई दिदीवहिनीहरु भारतमै वर्षोनी आफ्नो जिविका निर्वाह गर्ने गरिरहेका छन् । यी लाखौं नेपाली दाजुभाई दिदी बहिनीहरुले भारतमा हिन्दी र नेपाली भाषा सहज रुपमै वोलीचाली गर्छन् । हजारौं नेपालीहरु भारतमा उपचारकोलागि दिनहुँ जान्छन् । त्यहाँ उनीहरु नेपाली वा अंग्रेजी भन्दा पनि हिन्दी भाषानै वोल्नमा प्रयोग गर्छन् ।

 हिन्दी भाषाको प्रयोग संविधान सभामा हुँदा कुनै पनि अवरोध देखिएन् । नेपालका मन्त्रीहरुले पनि शपथग्रहण हिन्दी भाषामा गर्दा त्यसमा धेरै विरोध देखिएको छैन् । तर उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथग्रहण गर्दा राजनितिक विवाद सिर्जना भएको छ । एक प्रकारको भाषिक लडाईको वातावरण सिर्जना गरिँदै छ । र मूलतः फेरी मधेसी र पहाडी समुदाय वीच भ्रम र आरोप प्रत्यारोषको वातावरण सिर्जना हुनु दुर्भाग्यपूर्ण छ । भाषिक विवादलाई राजनैतिक रुपमै समाधान गरिनुभन्दा त्यसको फैसला अदालतले गर्नु दुर्भाग्यपूर्ण हो । कुनै भाषा प्रति पूर्वाग्रही भई निर्णय गर्दा देशको भलो भन्दा कुभलो वढी हुन्छ भने सत्यलाई हामी सवैले वुझ्नै पर्छ ।

 कतिपय पत्र पत्रिकाले लेखेका छन् कि ०.५ प्रतिशत (२००१ को जनगणना अनुसार) नेपाली जनताले मात्र मातृभाषाका रुपमा हिन्दी वोल्छन् । तर मेरो प्रश्न के हो भने हरेक नेपालीले (चाहे त्यो मधेशी होस् वा पहाडी) आफनो छातीमा हात राखेर भनोस् कि उसलाई हिन्दी भाषा वुझ्न र वोल्न आउँछ कि आउदैन ? विभिन्न समयमा गरिएको अध्ययनले प्रमाणित गरेको छ कि करिब ७०-७८ प्रतिशत नेपालमा वस्ने नेपालीहरु हिन्दी भाषा बुझ्छन् । बोल्न आउँछ । स्मरण रहोस् कि २००१ जननगणना अनुसार जम्मा ४८.६१ प्रतिशत नेपालीले मात्र नेपालमा नेपाली भाषा वोल्छन् । वाकि ५१.३९ प्रतिशतले अन्य विभिन्न भाषा वोल्ने गरेका छन् । तसर्थ, नेपाली भाषा पनि वहुमत नेपालीको भाषा त होइन रहेनछ भन्दा अत्युक्ति नहोला । राष्ट्रिय भाषा त्यस्तो भाषा हुनु पर्दछ जसलाई धेरै जसो नेपालीहरुले बुझ्ने र बोल्ने हुनुपर्छ । जहाँ सम्म हिन्दी भाषा नेपालमा राष्ट्रिय भाषाको रुपमा पहिचानको कुरा हो, माथिको तथ्यांक लाई आधार मान्ने हो भने मेरो विचारमा नेपाल एक वहु भाषिक देश भएको हुनाले र हिन्दी भाषा वहुसंख्यक नेपालीले बुझ्ने र वोल्ने हुनाले यसले दोश्रो आधिकारीक भाषाका रुपमा उचित स्थान पाउनु पर्छ । आशा गरौं देशको सर्वशक्तिशाली संविधान सभाले छिटै यस विषयको टुंगो लगाउनेछ । 

 अन्तमा, नेपाली भाषालाई प्रथम आधिकारीक राष्ट्रिय भाषा, अंग्रेजी र हिन्दीभाषालाई दोश्रो आधिकारीक राष्ट्रिय भाषा तथा नेपालमा वोलीने विभिन्न क्षेत्रीत्र भाषालाई तेश्रो आधिकारीक राष्ट्रिय भाषाको रुपमा नेपालको संविधानमा परिभाषीत गरिनु पर्छ । विश्व समुदायलाई नेपाल एक धर्म निरपेक्ष वहु भाषिक संधिय गणतन्त्र राष्ट्र हो भन्ने संदेश दिदाँ नेपालको सम्मान विश्व समुदायमा अझ वढ्नेछ ।

 -संबन्धित लेखकका अघिल्ला ब्लगपनि हेर्नुहोस

-यहि हो त हामीले खोजेको नयाँ नेपाल ?

-जाग हे नेपाली नारी

-कस्तो छ नेपालमा महिलाको स्थिति ?

सुदूरपश्चिममा महिलाको अवस्था

 

प्रतिक्रिया लेख्नु पहिले यो पढ्नुस-

 

(बहसमा उत्रने सबै साथीहरुलाई धन्याबाद नेपालप्लसको तर्फबाट । तर केहि साथीहरुले नितान्त असभ्य भाषामा प्रतिक्रिया ब्यक्त गर्नु भएको छ । प्रतिक्रिया ब्यक्त गर्न र बहस गर्नकै लागि राखिएको हो यो लेख । गाली र ताली दुबै स्विकार्न लेखक तयार छन् । नेपालमा भाषाको मान्यतबारे अहिले बहस, छलफल, चर्चा, बिरोध चलिरहेको छ पक्ष र बिपक्षमा । त्यसैले यो विषय नितान्त उठाउनुपर्ने थियो । र राजेन्द्रजीले उठाए । यसमा तपाईहरुको बिरोध, समर्थन, सुझाव जे पनि हुनसक्छ । र आफ्नो पक्षमा कसैलाई पार्नको लागि गाली, बेइज्जती, धम्की, अपशब्द प्रयोग गरेर वा नितान्त असभ्य भाषा प्रयोग गरेर होइन कि तर्कले हो । त्यसैले आफु र आफ्नो मान मर्यादाको लागि पनि क्रिपया सभ्य र बुझ्ने भाषामा तर्कहरु राख्नुहोस्, बहस चलाउनुहोस । आफ्ना तर्क राख्न तपाई विद्वान पाठकहरुलाई जतिपनि ठाउँ उपलब्ध गराउने छ नेपालप्लसले । देशमा चलिरहेको ज्वलन्त विषयलाई बहसमा ल्याएर आफ्ना तर्क राख्दैमा उस्लाई राष्ट्र बिरोधी, राष्ट्रियता बिरोधी, आफ्नो भाषा बिरोधी भनेर तथानाम गाली गर्न के सुहाउला ? म फेरिपनि जोड दिन्छु क्रिपया सभ्य भाषामा आफ्ना तर्कहरु राखेर लेखकलाई पाठ सिकाउनुहोस। सोच्नु पर्ने बाध्य पार्नुहोस । बौद्दिक खुराक दिएर हायलकायल पार्नुहोस । कलम चलाइरहेको ब्यक्तिलाई हौसला दिनुहोस ।  कम्सेकम उनले हाम्रा नेतालेझैं लुकि छिपी बिदेशीको चाकरी त गरेनन् । आफुलाई लागेको विषय र तर्कलाई स्पष्ठसित बहसकालागि राखे । के यो सकारात्मक पक्ष होइन ? त्यसैले साथीहरु म फेरि आग्रह गर्छु कम्सेकम सभ्य भाषा प्रयोग गरेर बहस चलाउनुहोला । हौसला दिनुहोला । अन्यथा तपाईले महत्वपूर्ण समय खर्च गरेर लेखेको प्रतिक्रिया रद्द गर्नुको बिकल्प रहने छैन-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया