नेपालका उपराष्ट्रपती की हिन्दी भाषा प्रचार गर्ने नेपाल संयोजक ?

[नेपाल र नेपालीको प्रथम उपराष्ट्रपति भए पछि देश र जनतासामु सपथ लिंदा हिन्दी भाषामा लिने, राष्ट्र र जनतालाई सूचित नै नगरी भारतको भ्रमण गर्ने, सर्बोच्च अदालतले हिन्दी भाषामा सपथ लिने कार्यलाई गलत साबित गर्दा राष्ट्र, जनता र अदालतलाई नै हिन्दी भाषाको हबला दिदै ठाडो चुनौती दिने परमानन्द झा नेपालका उपराष्ट्रपति हुन् कि भारतीय हिन्दी भाषालाई प्रचार-प्रसार गर्ने नेपाल नियोगका संयोजक प्रमुख हुन भन्ने शंका उठेको छ ।]

बलराम गिरी

 Balram-Giri-Saudi-Arbia-02130आज बिहान (अगस्ट ५) पनि सदा झैं नियमित समयमा नै अफिसमा पुगें । सँधै रंगिचंगी पहिरनमा आउने फिलिपिनो कामदारहरु आज त प्रायःलाई पहेंलो टि सर्ट तथा सर्टमा देखें । उनीहरुको यो पहिरनले मलाई हदै कौतुहल बनायो । र केही प्रष्ट हुने हेतुले एक फिलिपिनो मित्रलाई सोधें । यही हप्ता निधन भएकी फिलिपिन्सकी पूर्व एवं प्रथम महिला राष्ट्रपति (सन् १९८६-१९९२) कोराजोन सी. अकुइनो को आज अन्त्यष्टि गर्ने दिन रहेछ । फिलिपिन्समा पहेंलो रंगले कुनै पनि ब्यक्तिको मृत्युप्रति समबेदना तथा शोकलाई इंगित गर्दोरहेछ । त्यही समबेदना र शोकको प्रतिक सात समुद्रपारीबाट पनि पूर्व राष्ट्रपतिको सम्झनामा उनीहरुले दर्शाएको भावना कदर योग्य लाग्यो ।

 बास्तवमै स्वर्गीय कोराजोन केबल फिलिपिनस्की प्रथम महिला राष्ट्रपति मात्रै थिइनन्, उनी त एक सच्चा प्रजातन्त्रवादी नेतृ थिइन् । कुनै जमनामा गणित शिक्षिका भएकी उनी राष्ट्रपति भएपछि र सम्पूर्ण जीवनमा सदा राष्ट्र र जनता प्रति उत्तरदायी थिइन् । भ्रष्टचारले हदै जरा गाडेको फिलिपिन्सको लामै इतिहासमा पनि उनी एकदमै निश्कलंकित थिइन् । शायद त्यही असल नेतृको गुणले होला उनको अन्त्यष्टिमा लामबद्ध भएका फिलिपिनी जनता तथा प्रवासको रोजगारमा भएका कामदारहरुले नै समबेदना प्रकट गरिरहेका थिए ।

 केही कालो, रातो, निलो तथा मिश्रण रंगका कपडा लगाउनेहरुलाई मैले नेपाली मनस्थितिमा सोधें, “के तपाईंहरु चाहीँ स्वर्गीय कोराजोनको बिरोधी हुनुहुन्छ ?” होइन, हामीले जस्तो रंगको कपडा लगाएपनि र जुनसकै बिचार मानेपनि उनी प्रतिको हाम्रो श्रद्धा र सम्मान उत्तिकै छ । मेरो जिज्ञासालाई मेट्दै उनै मित्रले मलाई जिज्ञासा राखे, “तपाईंको राष्ट्रमा त भर्खर गणतन्त्र आएको छ, शायद तपाईंहरुका प्रथम राष्ट्रपतिको अन्त्यष्टिमा त सारा जनता नै आँशुमा डुब्छन् होला हगि !” म मित्रको जवाफ दिन अक्मकाएँ । मसँग मात्रै होइन सम्पूर्ण नेपाली जनतासँग नै यसको प्रष्ट उत्तर छैन । यो उत्तर केबल राष्ट्रपतिको हकमा मात्रै होइन नेपालका कुनै पनि नेताहरुको हकमा प्रष्ट हुने सम्भावना निकै न्युन छ । त्यसैले मैले  राष्ट्रको नाक राख्दै छोटो र अमूर्त जवाफ दिएँ, “शायद” ।

 वास्तबमा भन्ने नै हो भने भैंसी गोठालोबाट डाक्टर साहेब हुँदै नेपालका प्रथम राष्ट्रपति बन्ने अबसर पाएका डा. रामवरण यादव हुन् या दशकौंसम्म नेपाली न्यायलयमा काम गरेर सर्बोच्च अदालतको अपमान गर्ने, नेपाल र नेपालीको उपराष्ट्रपति भएर हिन्दीमा सपथ लिने, र सर्बोच्चको सही निर्णय बिरुद्ध मलाई नेपाली बोल्न नै आउँदैन भनेर नेपालीमा नै प्रतिकार गर्ने परमानन्द झा हुन्, स्वयंमा राष्ट्रिय नेता मान्नु पर्ने इतिहास, बर्तमान र भविष्य भएका पात्र होइनन् । यी त केबल जनताको आन्दोलन र राष्ट्रपति तथा उपराष्ट्रपतिको भागभण्डामा कागताली परेर पदीय मर्यादामा पुगेका भिन्न-भिन्न राजनीतिक दलका सामान्य नेता मात्रै हुन् । क्रमता र पदीय हिसाबले अति नै सम्माननीय ब्यक्तिहरुबाट भएका गतिबिधि सम्पूर्ण नेपालीले सम्मान गर्न योग्य छैनन् । उनीहरु राष्ट्रले दिएको पदीय जिम्मेवारीभन्दा दलीय एवं भारतीय मार्गनिर्देशनको पालनाकर्तामा परिणत हुन हर प्रयास गरिरहेका छन् ।

 सर्बोच्च अदालतले निर्णय गर्न सक्ने कानुनी प्राबधान र समय हुँदा-हुँदै भद्र र अति शालिन देखिने नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवले सेनापति प्रकरणमा अबलम्बन गरेको हुकुमीशैलीको निर्णय आफ्नो संबैधानिक अधिकारभन्दा बाहिरको बल मिच्याईं हो भन्नेहरुको जमात नै ठूलो छ । हुनसक्छ राजनीनितक हिसाबले उक्त निर्णय सही थियो होला तर कानुनतः गल्ति नै हो भन्ने कुरा चाहीँ पष्टि हुन बाँकी नै छ । त्यसैले डा.साहेब प्रति देश र जनताले दिने सम्मान र गरेको आशामा आफैले खाल्डो खन्ने काम गरेर बसेका छन् ।

 त्यस्तै नेपाल र नेपालीको प्रथम उपराष्ट्रपति भए पछि देश र जनतासामु सपथ लिंदा हिन्दी भाषामा लिने, राष्ट्र र जनतालाई सूचित नै नगरी भारतको भ्रमण गर्ने, सर्बोच्च अदालतले हिन्दी भाषामा सपथ लिने कार्यलाई गलत साबित गर्दा राष्ट्र, जनता र अदालतलाई नै हिन्दी भाषाको हबला दिदै ठाडो चुनौती दिने परमानन्द झा नेपालका उपराष्ट्रपति हुन् कि भारतीय हिन्दी भाषालाई प्रचार-प्रसार गर्ने नेपाल नियोगका संयोजक प्रमुख हुन भन्ने शंका उठेको छ । अतः उनको अन्त्यष्टिमा सच्चा नेपाली जनता रुनु पर्ने खासै कारण नै छैन ।

 म क्रमशः अन्य नेताहरुको बारेमा गम खाँदै थिएँ मोबाइल सेटमा बजेको घण्टीको आवाजले बिकेन्द्रित भएँ । एकजना पुराना मित्रले फोन गरेका रहेछन् । मित्रले के हो बलरामजी नेपालमा त फेरि आन्दोलन शुरु हुँदै छ भन्छन् नि भनेर सोध्दै थिए । मैले कार्य व्यस्तताको कारण छोटो जवाफ दिएँ, “हो, तपाईंले सुनेको सही हो ।” फेरि फिलिपिनो मित्रले आएर एउटा जिज्ञासा राखे, “तपाईंको राष्ट्रमा कुन रंगले समबेदना प्रकट गर्छ ?” म नाजवाफ भएँ । उनको जिज्ञासालाई अपूर्ण जवाफ दिने साहासले भनें “हामी प्रायः नेपालीहरु सेतो प्राप्ति गर्न रातो रंग रोज्ने गर्र्छौं । तर अब हामी कालो रंग (कपडा) रोज्ने छौं । किन कि हाम्रा नेताहरुको शोकमा पनि बिरोध नै गर्न पर्ने अबस्था आइरहेको छ ।”

 काम सकी कोठामा आएर पहिलो पटक साउदी आउँदा (बिरेन्द्रको वंशनाश भएको एघारौं दिनमा) भिरेर आएको पुरानो झोलामा कोचेको कालो कमिजको खोजी गरें र भेटें पनि । रंग त अझै निख्खर कालै रहेछ । फाटेको पनि रहेनछ । यसो तन्काएर एउटा डण्डीमा उने । कालो झण्डा जस्तै देखियो । मैले मन-मनै निधो गरें स्वदेश फर्किंदा यो झण्डा एअरपोर्टबाटै बोक्नु पर्छ । तर म अन्योलमा छु । म यो कालो झण्डा बोकेर पहिला राष्ट्रपति भवन जाने कि उपरासट्रपति भवन ! वालुवाटार जाने कि सिंहदरबार ! अर्थात् राजनीतिक पार्टीका कार्यलय जाने कि भन्सार कार्यलय ! केही समय पछि एउटा सोच फिरेको छ सबैको अन्तिम मिलन हुने ठाउँ त आर्यघाट नै  हो । उतै

 पालुण्टार, गोरखा

 हाल: साउदी अरब, अलखोबर

 [email protected]

 

तपाइँको प्रतिक्रिया