हामीपनि सुबिधाभोगी- प्रचण्ड

prachanda.jpgपहिलो शान्ति वार्तामा आउँदा माओवादी वार्ता समितीका तिन मध्ये एक थिए क्रिष्ण बहादुर महरा । उनी त्यति बेला भक्कु चप्पल पटक्क पटक्क पड्काउँदै जेल जान्थे आफ्ना बन्दि कार्यकर्ता भेट्न । वार्तास्थलमा त्यहि चप्पल पड्काउँदै पुग्थे । तर अहिले उनको दैनिकी बदलिएको छ । देश त्यो भन्दापनि गरिब भएको छ । जनताका आकांक्षा माओवादी प्रति झन बढेका छन् र त जनताले सबैभन्दा बढि विश्वास गत संबिधान सभाको निर्वाचनमा माओवादीलाई गरे । तर माओवादीका आकांक्षा भने बदलिएका छन् । त्यहि भएर त्यति बेला भक्कु चप्पल पड्काउने महरा अहिले चिल्लो गाडीमा हुइँकिन्छन् ।

 हिजोको आजै माओवादी नेता सुबिधा भोगी भए भन्ने गुनासा जनस्तरबाट सुनिने गरेको हो । प्रत्यक्ष देखिने गरेकोपनि हो । तर माओवादीहरुले त्यसलाई आफ्नो पार्टी र नेताको बदनाम गरेको । माओवादीलाई कमजोर बनाउने षडयन्त्र गरेको यस्तै यस्तै भनेर उल्टो ढाकछोप गर्दै आए । तर अहिले अरुले त के स्वयं माओवादीलेनै आफुहरु सुबिधाभोगि भएको स्विकार गरेका छन् । आर्थिक मामिलामा नेता र कार्यकर्ता लोभी भएको भन्दै एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चिन्तानै ब्यक्त गरेका छन् ।

 राजधानीमा माओवादीको केन्द्रिय समितिको बैठक बसिरहेको छ । बैठकमा केहि केन्द्रिय सदस्यहरुले सरकारमा गएका र शहरमुखि नेताहरु सुबिधा भोगि भएको भएर ब्यापक आलोचना गरेका थिए । दुखि जनता, तल्लो स्तरका पार्टी कार्यकर्ता, शहिद परिवार र आम गरिब जनताको आर्थिक हैसियत यथावत र नाजुक रहँदा रहँदै पार्टीका केहि नेता भने सुबिधाभोगि भएको, आर्थिक मामिलामा लोभी भएको भन्दै नेत्रित्व तहमा रहेकाहरुको खुब आलोचना गरेका थिए ।

 केहि केन्द्रिय सदस्यहरुले जनताले झाडा पखालाको औषधी नपाएका बेला हाम्रा नेता महँगो कारमा हुइँकिन्छन् भन्दै तितो पोखेका थिए । केहि नेताको सुबिधाभोग देखेर ‘जनताको सुख दुखमा साथ दिन्छु भनेको यहि हो ? खोइ त हिजोका बाचा पुरा गरेको ?’ भन्नेहरुपनि थिए बैठकमा । केहिले चाहिँ आफ्नो पार्टी सर्वहाराहरुको मुक्तिका लागि भनेपनि नेताहरुमा सर्वहारा आचरण गुम्दै गएको भनेर चिन्ता ब्यक्त गरे । संगठन र क्रान्तिप्रति सामूहिक चिन्ता नभएर ब्यक्तिगत लाभ, निजि स्वार्थ, पारिवारिक र निजि फाईदाको लागि मरिमेट्ने प्रब्रित्ति बढेको भनेर केहि सदस्यहरुले हाकै बताएका थिए । पार्टीमा हजारौं कार्यकर्ताको अवस्था एक छाकपनि गतिलोसित टार्न नसक्ने रहँदा रहँदै कतिपय नेतामा आर्थिक अराजकता बढेको भन्दै तिब्र बिरोध भएको थियो ।

 नेताहरुले आफ्नै सुख सुबिधा र आर्थिक हैसियत बढाउन अहिलेकै अवस्थामा मरिमेटे जनतामा माओवादीप्रति ब्यापक बित्रिष्णा जाग्ने भन्दै केन्द्रिय सदस्यहरुले कडिकडाउ गरेपछि अध्यक्ष प्रचण्डले मुख खोलेका थिए । प्रचण्डले केन्द्रिय सदस्यहरुलाई सम्बोधन गर्दै नेतादेखि तल्लो स्तरका कार्यकर्ता सम्म कार्यशैली बिग्रिएको र त्यसलाइ सुधारेर जानुपर्ने खाँचो रहेको बताए ।

तपाइँको प्रतिक्रिया