कस्तो हुन्छ जेलभित्रको यौन जिवन ?
[यो एकिक्रित नेकपा माओवादीका केन्द्रिय सदस्य अनील शर्मा भारतको पटनामा जेल बस्दाको दैनिकी हो । उनको दैनिकी संझनामा भारतीय जेल नाममा पुस्तकका रुपमा प्रकाशित थियो। यसमा माओवादी भित्रका थुप्रै गोप्यताहरु खोलेको भन्दै निकै आलोचना,चर्चा, परिचर्चा र विवाद पनि ल्याएको थियो । यस अंकमा जेल भित्र बन्दीहरुले के कस्ता यौन गतिबिधी भोग्छन् भन्ने उल्लेख छ । यस पुस्तकका केहि मुख्य चाखलाग्दा पक्ष मात्र यहाँ राखिएको छ । यसभन्दा अगाडि प्रकाशित भागहरु पहिलो, दोर्सो र तेस्रो लेखेको ठाउँमा क्लिक गरेर क्रमैसँग हेर्न सक्नुहुन्छ ।]
चिठी-पत्र र दैनिकीहरु
● शोभा, गीता र अभ्यासजीका साथी मकवानपुर र काभ्रेमा थिए । उहाँहरुलाई गुटबन्दीको कारण हैरान पारेका खबरहरु आउँथे । मकवानपुरमा कुमार पौडेल ईन्चार्ज हुनुहुँदोरहेछ । चिठीहरु उहाँलाई देखाएर मात्र पठाउन र लिन सक्ने आदेश गर्नुभएछ । श्रीमान-श्रीमतीका पत्रहरु सेन्सर हुने भएपछि कस्तो होलान चिठीहरु । पुँजीवादी व्यवस्थामा समेत ब्यक्तिगत गोपनियताको सुनिश्चितताको हक सुरक्षित गरिन्छ । तर हाम्रो लालफिताशाहीमा व्यक्तिगत चिठीहरु सेन्सर हुन्छन।
● म मकवानपुर हुँदा गुटबन्दी गर्नेहरुका चिठी खोलेर हेर्ने साथीहरु थिए । मैले भने त्यसो गर्न दिन्नथें । भिन्न बिचारलाई निषेध गरेर गुटबन्धी रोकिन्न । बन्दीबाहेक अरुका चिठी, डायरी, झोला, खल्ती जाँच गर्ने कुराप्रति त मलाई घ्रिणा लाग्छ । चिठी सिफारिस गराएर मात्र पठाउनुपर्ने भएपछि शोभा र गीताले चिठीनै नपठाउने गरेको खबर गरे । त्यस्तो स्थितिमा मैलेपनि शोभा लाई चिठी लेख्न छाडें । जेल भित्र र बाहिर फरक रुपका तानाशाहहरुको अनुभूति हुन्थ्यो ।
● जेलबाट पठाएका चिठीहरु मकवानपुरमा मात्र होइन, बारातिरै खोलिन, चिरहरण गरिन, थिचिन-थेप्चिन थालेछन । त्यसैले जेलबाट चिठीहरु लेख्न छोडें । बुर्जुवा नैतिकताभन्दा तलको ब्यवहार भइरहेको थियो ।
दैनिकीहरु
● हाम्रो केन्द्रिय समितिको बैठकमा गोपाल खम्बूले सगरमाथाको नाम चोमोलोङमा राख्नुपर्ने प्रस्ताब राख्नु भएको थियो ।
● ब्राम्हणबादी इतिहासकार बाबुराम आचार्यले जनजातिले हजारौं वर्षदेखिप्रयोग गर्दै आएको चोमोलोङमा नाम बदलेर सगरमाथा राखेका थिए । त्यो कार्य नाम बदल्ने विषय मात्रै नभएर इतिहास र संस्क्रितिमाथिकै हमला थियो । त्यो छलफल भएको दिनदेखि मैले मेरा लेख र कवितामा चोमोलोङमा लेख्न थालें ।
जेलको यौन जिवन
● हरेक वर्ष जेलमा छठपूजा हुन्थ्यो । जेलको सानो क्रित्रिम पोखरीमा पानी भरिदिन्थे । महिलाहरुले स्नान पूजा गरेको त्यो द्रिश्य हेर्न पुरै जेल ओ इरिन्थ्यो । महिलाका विषयमा अनेक टिप्पणी गरेर मनोरञ्जन गर्थे । छठ पूजा हेर्ने भनेर महिलाहरु हेर्न पुग्थे पोखरीको डिलमा बन्दीहरु । अखबारहरुमा चलचित्रका नायिका, मोडेल र खेलाडीका तस्बिरहरु छापिन्थे । बन्दीहरु ति फोटोहरु हेरेर सन्तुष्टि लिन्थे । महिला बन्दीहरुको स्थितिपनि पुरुषहरुको भन्दा फरक हुँदैनथ्यो । बेउर जेलको महिलाखण्डमा क अञ्जली हुनुहुन्थ्यो । भारतीय महिला बन्दीहरुले अञ्जलीमार्फत हाम्रा कतिपय साथीहरुलाई प्रेमप्रस्ताब पठाउँथे । प्रेमपत्र लगिदिन बारम्बार अनुरोध गर्थे । उनीहरु हामीलाईपनि अरु सामान्य बन्दीक रुपमा बुझ्थे । अदालत जाँदा-आ उँदा देखादेख भएकै भरमा बन्दीहरु प्रेम गर्थे ।
● जेलमा तरह तरहका यौनविक्रितिहरु भइरहन्थे । एक दिन चर्पीमा एकजना बन्दी रगताम्मै ढलेको भेटियो । सबै त्यतातिर दगुरे । एक जना बन्दीले यौन असन्तुष्टीका कारण लिङ्ग पत्तीले काटेछ । मध्यरातमा बन्दीहरु झगडा गरिरहन्थे । कारण के हुन्थ्यो भने समलिङ्गीहरुले दुख दिन्थे । तर ति हिजडा भने हुँदैनथे । जेलमा नाबालकहरुको अलग्गै कोठा हुन्थ्यो । २० वर्षभन्दा कम उमेरका बन्दीहरु राख्ने सो कोठालाई ‘जुगल्याण्ड’ भनिन्थ्यो । पैसावालहरु, राईटरहरु तिनै बालकहरुलाई आफैंसित सुताउँथे र राती यौन शोषण गर्थे ।
● जेलमा धेरैजसो प्राय: बन्दीहरु हस्तमैथुन गर्थे । हस्तमैथुनले यौनविक्रिति बढ्छ भन्ने गरिन्छ । अयुर्वेद विज्ञानले त्यसलाई मान्यता दिएको बताइन्छ ।
गाउँघरको संझना
● २०५५ सालमा हामी हनुमानढोका हिरासतमा हुँदा प्रहरीहरु हिरासतमै गाँजाको ब्यापार गर्थे । यो त झन बिहार थियो । फोनबाट मिलाएर जेलको पर्खाल बाहिरबाट गाँजा, दारु, मोबाईल जेलभित्र फालिन्थ्यो । जेलभित्र सतर्क भएर बसेका केटाहरु पोका समातेर बिस्तारै हिँड्थे ।
स्वदेशको मुक्त आकाशमा (रिहाई पछि)
● जेल अधिक्षकले आवश्यक सोधपुछ र प्रक्रिया पूरा गरेपछि १०-१५ तिर साढेलाई डामेझैं पाखुरामा छाप लगाएर छोडे । मूलद्वारमा नाम र पाखुरामा लगाइएको छाप पटक पटक हेरेर छोड्दै गए । जेलबाट निस्कँदा पाखुराको छाप देखाएपछि चौबीसै घण्टाकालागि सरकारी सवारीसाधनका लागि भाडा तिर्नु नपर्ने रहेछ । बस भाडा नभएका बन्दीहरु रिहाईपछि घरसम्म जान सकून बह्नेर त्यसो गरिएको रहेछ । नेपालमा त्यस्तो प्रावधान छैन ।
● २०६३ साउन १३ गते बिहान सावित्री र शोभा हामी बसेको होटेलमा आ इपुगे । बिहानको खाना बजारमै खायौं । पर्साका स्थानिय साथीहरु भेट्न आउन थालेका थिए । उनीहरुले हामीलाई सम्झना होटेलमा लगे । भर्खरै शान्तिवार्ता भएको विद्दुत प्राधिकरणको मोटरमा हामीलाई त्यहाँ लगियो । सरकारी सम्पत्ती निजी काममा प्रयोग गर्ने पुराना सत्ताधारीहरुको कार्यशैली हामीमा पनि सरेको रहेछ ।
झेल्खानाले डामेका खतहरु
● पटनास्थित बेउर जेलबाट रिहा भएर आएपछि पार्टीले उपचार, अध्ययन र आराम गर्ने केहि समय भनेको थियो । कीर्तिपुर नयाँ बजारमा एउटा थोत्रो घर थियो । राजु महर्जनको आफन्तको त्यो घर २०५९ को संकटकालमा कतै बास नपाएको बेला निश्चल, सुचेन्द्र, मसहित पुरै घर लिएर हामी बसेका थियौं । त्यसबेला क बादललाई भयङ्कर अपराधीका रुपमा चित्रण गरिएको थियो । उहाँ एकदिन दुश्मनको घेरामा पर्नुभयो तर संयोगवश बच्नुभयो । अर्को दिन त्यहि कोठामा दिनभरि राखेर अपरान्ह ललितपुरका कमरेड सरोज सिंहले लेलेसम्म पुर्याउनुभएको थियो । त्यसको केहि समय अघि मुमारम खनाल र उनकी श्रीमती गिरफ्तार भए । उनीहरु दुबै जना दुश्मनका दलाल बने । वार्ताकालमा रेखा शर्मा र मिनु बुढाथोकी नैकापस्थित शोभाको जन्मघरमा महिला संगठनको अभियानका क्रममा गएर खाना खाएका रहेछन । शोभा र मलाई खोज्न अथवा सूचना लिन शाही सेना त्यहाँ पुग्दा मुख छोपेर मिनुपनि गएकि रहिछन । मिनुले ‘माओवादीको अभियानमा हिँड्ने, रेखालाई पाल्ने अझ चिनेको छैन भन्ने’ भन्दै पिटेकि थिइन । राजु महर्जनको घरमा शाही सेनाले हेरेर छोडेका सामानसमेत फर्की फर्की कहाँ कहाँ सामान लुकएको हुनसक्छ बनेर हेर्न लगाउँथिन रे । मान्छे यति धेरै तल झर्न सक्दो रहेछ ।




