एक फ्रान्सेलीका आँखामा अहिलेको नेपाल

 jean-pierre-mercier-nepal-et-vous-nepalplus.jpgजँ पियर मेर्सिए
नमस्कार
मेरो केहि हप्ते भ्रमणपछि सोमबार काठमाडौबाट आफ्नो देश फ्रान्स फर्किँदै छु। मैले भ्रमणका अधिकांश समय हिमालमा बिताउँछु। नेपालका डाँडाकाँडामा बिताउँछु। गाउलेहरुसित बसेर रमाईला क्षण कटाउँछु, रमाउँछु। मेरा महत्वपूर्ण क्षण भन्नुनै त्यहिँ बित्छन विश्वका उच्च हिमाली श्रिङ्खलामा।

 
काठमाडौ भनेको अली फरक कुरा हो मेरो लागि। मेरा साथिहरुले मलाई जिवन असाध्यै कठिन भएको बताउँछन नेपालमा अहिले। म केही उदाहरण दिन चाहन्छु। दुखले एकदम नमजा र आश्चर्य लाग्ने कुरा के भने सडक वालवालिकाहरुले एकदम विकारी चिज, खराब पदार्थहरु प्लाष्टिकका थैलामा खासाल्छन। नाकबाट त्यस्ता चिज बगाउँदै थैलामा चुहाएको देखिन्छ बिहानदेखि साँझसम्मै। नाटकिय कुरा त के लाग्छ भने सडक वालवालिकाहरु असाध्यै धेरै छन। ठमेलका गल्लीमा देखिन्छन करिब एक सय जनाजति। पहिले मैले त्यति धेरै देखेको थिईन।

 
काठमाडौ असाध्यै धेरै प्रदुषित भएछ। विश्वकै उच्च प्रदुषित एक ठाउँको रुपमा यसको स्थान अझै रहेछ।  प्रदुषणले घाँटी र फोक्सो दुख्ने भएकोले मास्क (मुख छोप्ने) नलगाई हिँड्नै नसकिने रहेछ।
हप्तामा ४० जतिमात्रै आउने भएछ बिजुली। हामी बिदेशीले त शुद्द पानी नपाइने र धाराको पानी खानै नसकिने रहेछ। गाडीहरुले प्रदुषणका कुनैपनि तरिका नअपनाई मजाले गुड्न पाएका छन। कुनैपनि खालको निगरानी छैन तिनमाथि। यातायातका साधनहरु अचम्मैसित बढेका छन। साईकलमा हिंडौला भनेर त चिताउनै सकिन्न सडन दुर्घटनाको जोखिमलेगर्दा।

 
भवन र घर बनाउँदा कुनै सुरक्षा अपनाइन्न
नत मददूरको न बाटो हिँड्ने पदयात्रीको। हाम्रो देशमा बाँस र धातुका घोचाहरु राखेर जसरि काम गरिन्छ भवन बनाउँदा त्यसो गरिँदैन।
काम गर्ने मानिसहरुको अवस्थाका बारे त झन म केहि भन्न सक्ने अवस्थामै छैन। किनभने तिनले बिहान ७ बजेदेखि राति मध्येरातसम्मपनि गरिरहेका हुन्छन। हप्तामा सातै दिन काम गर्छन।

 
फ्रान्समा सबै कागजपत्र भएर कानुन सम्मत ढंगले करिब १० वर्ष फ्रान्स बसेर नेपाल फर्किएका एकजना नेपाली साथीलाई मैले हिजो भेटे। उनीसँग खाना खाँदै गफ गरियो। नेपालको दुरावस्थाका बारेमा
, कठिनाई र कष्टका बारेमा उनले मलाई धेरै कुरा सुनाए। फ्रान्समा हामीले लिने आधुनिक सुख र सुबिधाको प्रशंसा र चर्चा गर्दै थिए उनले। फ्रान्समा बसेर नेपाल फर्किएकालाई निकै कठिनाई हुन्छ जिउनकालागि भन्ने मैले महसुस गरे।

 
तर मेरो आफ्नो कुरा गर्दा चाहिँ मंगलबार मैले धाराकै पानी पिएको हुनेछु। २४ घण्टा बिजुलीबत्ति पाउनेछु। प्रदुषण निगरानी गरिएको ठाउँमा हुनेछु। चाहिने र हुनुपर्ने चिजले नियमित काम काम गर्नेछन त्यो ठाउँमा । तोकिएको घण्टा भन्दा बढि काम गर्नु नपर्ने ठाउँमा पुग्ने छु। फोहोरहरु उठाएर सफा गरिएको ठाउँमा रहने छु। सबै कुरा नियन्त्रण गरिएको हुनेछ म पुगेको ठाउँ। तर मेरो मन
, चिन्तन चिन्ता र चासो भने यतै फर्किएको हुनेछ। त्यसले मलाई यो देशमा सहयोग गर्न प्रेरित गरिरहने छ जहाँ विश्वकै सबैभन्दा गरिब मानिसहरु बस्छन। नेपालको लागि सहयोग गर्न मलाई सहयोग दिने तपाईहरु सबैलाई धन्यावाद।

२० अप्रिल २००८,

काठमाडौं

 (जँ पियर मेर्सिए एक नेपालप्रेमी हुन। उनले सोलुखुम्बुका केही गाउँमा स्कूलहरु बनाएका छन। खानीपानीको ब्यवस्था गरिदिएका छन फ्रान्समा बिभिन्न सहयोग बटुलेर। उनको नेपाल ए भु (नेपाल र तपाई) भन्ने संस्थानै छ नेपाल र नेपालीलाई सहयोग गर्न भनेर स्थापित। उनले मलाई नेपालबाट फ्रान्सेली भाषामा पठाएको ईमेलको अनुवाद मात्रै हो यो) ।

तपाइँको प्रतिक्रिया