जातको नाम फेर्दैमा जातिय बिभेदको अन्त्य हुन्छ र डा साप ?

बिभिन्न पार्टी फेर्दै पछिल्लो चरणमा समाजवादी पार्टीको अध्यक्ष बनेका डा. बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्न सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव गरेका छन् । ब्यक्तिको नाम र थर परिवर्तन गर्दैमा के दलितमाथिको बिभेद, छुवाछुत अन्त्य होला र ?

छुवाछुत र जातिय बिभेद अन्त्यकालागि प्रमुख रुपमा आम नागरिकको सोच, चिन्तन बदलिनुपर्छ । त्यस्तो सोच बदल्ने चिन्ता लिनुपर्छ । पुरातनपन्थि सोचलाई फालेर आम मानव समाज एक हो भन्ने भावनाको स्रिजना हुनुपर्छ ।

नाम र थर बदलेर विश्वकर्मा, परियार, सार्की, दमाई,चमार, सुनुवार, दनुवार भन्ने राख्दैमा जातिय भेदभाव अन्त्य हुन्न । दलितहरुको थर बदलेर उच्च भनिएका थरमा बदलिदिएपनि बिभेदको अन्त्य हुन्न । बिभेद दिमाख, सोच र ब्यवहारमा हुन्छ, थरमा अल्झिएको हुन्न । बरु जातिय भेदभाव बिरुद्द राज्यले कडा कानुन बनाउनुपर्छ । त्यसको पालना हुनुपर्छ र त्यो कानुन उल्लंघन गर्ने बिरुद्द कडा सजाएँको ब्यवस्था हुनुपर्छ ।

दलितका विषयमा उठेका शब्द, शब्दावली र थरहरु उल्लेख गर्न नपाइने ब्यवस्था गर्नु दलिय बिभेद बिरुद्दको एक कदम हुन सक्ला । सामाजिक न्यायका कदमहरु चालिनुपर्छ । दलित भनिएकाहरु बिचमै पनि जातभात र छुवाछुतको बिभेद छ । तिभित्रैपनि यस्तो ब्यवहार र सोच बदलिनुपर्छ ।

अर्को कुरा हामी दलित हौं भन्ने उनीहरु भित्रको सोचपनि बदलिनु पर्छ । यसमा राज्यले उचित निति, नियम, दण्ड र जरिवाना लगाउने र त्यस्तो बिभेद हटाउने कार्यक्रम दिनसक्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी आदि सामाजिक क्षेत्रमा समान पहुँच बनाइदिन सकेपनि त्यसले जातिय बिभेदमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

जातिय भेदभाव बिरुद्द अभियान सन्चालन गर्ने, पाठ्यपुस्तकमै समावेश गर्ने, दलितहरुसँगसँगै संयुक्त कार्यक्रम गर्ने, समाजका प्रभावशाली ब्यक्तिहरुले जातिय बिभेद बिरुद्द बोल्ने, लेख्ने र सामाजिक अभियान चलाउने गरे यो बिभेद अन्त्य हुनसक्छ । तर डा बाबुराम भट्टराईले भने जस्तो थर फेर्दैमा यसको अन्त्य हुन सक्दैन । थर फेरेर जातिय भेदभाव अन्त्य हुन्न भन्ने उनलाई राम्रो जानकारि नभएको होइन । बरु दलिय बिभेद बिरुद्द केहि बोलेर दलितहरुलाई आफ्नो सानो पार्टीतिर तान्न सकिन्छ कि भन्ने राजनितिक स्वार्थ उनले बोलेको हुनसक्छ ।

तपाइँको प्रतिक्रिया