टाई लगाउँदा हप्कि खाएँ

-भिम रावल

२० बर्षजति भयो नेपाली नेता र पार्टीहरुको बिदेशमा बस्ने नेपालीहरुलाई हेर्ने नीतिमा परिवर्तन cpn-uml-leader-bhim-rawal-nepalplus.jpgआएको। पहिले उनीहरु बिदेश जाने नेपालीहरुलाई स्वार्थी, देश त्यागेर हिँडेको, पार्टीलाई धोका दिएर हिँडेको भनेर हेपिन्थ्यो। २०४५ साल अगाडी हाम्रो पार्टीमा पनि त्यो अवस्था थियो। पछि बिस्तारै महसुस हुन थाल्यो कि नेपालीहरु विश्वब्यापीकरणको कारणले, ज्ञानलिने हिसाबले, बिदेशमा बस्न मन लागेर, खुला संक्रिति रुचाएरपनि जान्छन भन्ने। स्वार्थी भएर मात्रै होइन भन्ने द्रिष्टिकोण बन्यो। बरु संगठित गर्न थालियो। पहिले त बिदेशमा बस्ने नेपालीहरुको संख्यापनि थोरै भएकोले नेपालबाटै हेर्न सकिन्थ्यो। अहिले नेपालीको संख्या धेरै भएकोले तिनलाई संगठित गर्न बिदेशनै आउनथाले नेताहरु।

  २०४५ सालपछि त्यहाँको शासकमा के छ भनेर हामीले हेर्न थाल्यौं। झण्डै २० बर्षजति पहिलेबाट हामीले तिन तरिकाको संबन्ध राख्न थाल्यौं- पहिलो समान बिचार भएका। समान बिचार नभएपनि मित्रवत संबन्ध राख्ने। अर्को बिदेशमा कूटनितिक संबन्ध राख्ने। यो विदेशीहरुसँगको संबन्धको मामिलामा हो। यो सबै गर्नका लागिपनि नेपालीहरुसँगको सहयोग चाहिने। नेपालीसँग भएपछि बुझ्नपनि सजिलो हुने।   नेपाली नेताहरु कतिसम्म संकिर्ण थिए भन्ने कुरा त म स्वयंले भोगेको छु। २०३७ सालतिरको एउटा घटना हो।  के भयो भने एक साँझ चिनियाँ दुतावदूतावासबाट  एउटा समारोहमा भाग लिने निम्तो आएको थियो। म बिद्दार्थी नेता थिएँ। दुतावासमा बिभिन्न देशका कूटनितिज्ञहरु आउलान, केहि भन्नु पर्ला, राम्रोसँग प्रस्तुत हुनुपर्ला भनेर म टाई लगाएर गएको थिएँ। साथीहरुलाई त पचेनछ। मलाई ट्वाँ परेर हेर्न थाले। प्ल्याक र पुलुक गरे। त्यतिबेला अहिलेका बरिष्ठ भनिने कमरेडपनि हुनुहुन्थ्यो। म मानिस चाहिँ खुला थिएँ तर पार्टीगत हिसाबले भने भूमिगत। साथीहरुले तपाई टाई लगाएर आउने ? यत्रो टाईफाई भनेर गाली गर्नु भयो। मैले समारोहमा औपचारिक पहिरन भनेकोले लगाएको हुँ भने। तर साथीहरु भने कराइरहे।   २०४७ सालपछि मैले तिनै साथीहरुलाई भने-हेर्नुस त मैले किन लगाएको रहेछु टाई भनेर। त्यतिबेला निकै संकिर्ण थिए। हिजो कोकाकोला खाँदा बिरोध गर्नेहरु आज ब्ल्याक लेभल खान्छन। तर म चाहिँ हिजो टाई लगाउँदा बिरोध गर्ने र आज ब्लाक लेभल खाने दुबैको बिरोधी हुँ।  रित पुर्‍याएर हैसियत अनुसारको कुरा खानै नहुने भने होइन। कम्युनिष्टहरुले नांगै हिड्नुपर्छ, नमिठै खानुपर्छ भन्ने कुराको म समर्थन गर्दिन। मुल कुरा जनतालाई सक्षम बनाउ भनेर लाग्नु पर्‍यो। जनताको पक्षमा लाग्नु पर्‍यो। हैसियत अनुसारको जीवन जिउनु पर्‍यो। (नेकपा (एमाले बिदेश बिभाग प्रमुख उनले गत साल पेरिस आएका बेला ब्यक्त गरेका बिचार-नेपालप्लस)।

तपाइँको प्रतिक्रिया