याहूका मित्रलाई पत्रचार

प्रिय मित्र ढाकमायाजी,

समयले नेटो काटेको कसैलाई थाहा हुँदैन बगिरहन्छ चलिरहन्छ । र उडिरहन्छ आफ्नै नियममा । हामी फगत त्यही नियमको बन्दी हौ । न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने गतिमान समयको पछि पछि हामी एक यात्री । यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने । तर हिंडेर कहिल्यै नथाकिने

 

हेर्नुस् न हामी समयको पछि दौडिदा दौडिदै हाम्रो याहूको मित्रता ५ बर्ष पार गरिसकेछ । थोरै ठट्टा । थोरै सत्यता । अलिकती बैसालु गफ । धेरै रमाइला क्षण । अनी केही पर्खाइ । कहिले कतै अनुरोध त कहिले आदर्शका कुराहरु । हो यस्तै थिए हाम्रा याहूमा मित्रताको पुल । जे थिए जे गरियो त्यो भोली नहुन पनि सक्ला । र अझै दुबो सरी फैलिन पनि सक्ला । अनुमान मात्रै है । तर एउटा कुरा यो याहू नामको सस्था र सन्जाललाई म भने धन्यवाद नै दिन्छु। किन भन्नुस् न ? तपाईं जस्तो मित्र जुराइदिएकोले

 

कता कता केही छुटे जस्तो ठ्याकै यसो त नभनु तर यात्रीको बस छुटे झै । समय पनि कती कमाल छ यो यात्रुबाहक बसलाई रोक्न खोज्दा खोज्दै भागीहाल्यो । मेरो के लाग्नु ? सर्बशक्तिमान न हो जितिहाल्यो । तैपनी म पनि कहाँ हरुवा हुँ र ? नथाकेरै हिंड्ने यात्री न हुँ । कतै भेटी पो हाल्छु कि ? कोशीश जारी छ ।

 

हजुर तपाईंका सम्झनाका कोसेली स्वरुप अफ्लाइन समाचार पाएको थिए । तर कोहिलाई नपर्खिने समयले यसो एक छिन थकाई मारु भनेको टाप ठोकिसकेछ । म भने सधैं पछि को पछि । यसपाली अलिकती बढी नै ब्यस्त भईयो । याहूमा खटर पटर गर्ने मौका जुरेन । त्यसैले तपाईंको जवाफ अली ढिला दिन पर्‍यो । ढिलाराम न परें । तर खुशी साथ स्विकारी दिनु होला है त । आरमको कुरा पनि कती गर्नु ? जती गरे पनि उही हो आत्मारामको आराम भने जस्तै । प्रबासीको ताल न हो नोकरी नगरि ठग्न नमिल्ने । तब न मार खायो यो बदमाशले । लु जा यसो अतिरिक्त केही सिकौ भनेको सेन्टीफ्ल्याट मान्छे त

 

जे होस् सकेको प्रगती गर्दै छु यती नै हो नयाँ खबर । अनी तपाईंको बारेमा लेख्नुस् है सकेको। कर त के गरौ र हैन ?आफ्नो मित्रलाई पनि धेरै पोलिस किन गर्ने ? बस् सकेको लेख्दै राख्नु होला । राजनैतीक घटनाका बारेमा अन्लाईन न्युज काफी छन । तर अरु रमाइला गफ दिन नभुल्नु होला । नत्र यात्रामा थकाई धेरै हुन बेर लाग्दैन । ओह ! म बिसोरीले सोधनी गर्नै झन्डै भुलेको पढाई कहाँ पुग्दै छ ? जारी राख्नु होला है। बिच बाटैमा पुर्णबिराम लाउने होइन नि फेरी । मलाई हेर्नुस् न हिरो पुत्र सँगै झोला बोकी स्कुल लुखुर लुखुर । अँ तपाईंको जन्ती जाने बेलामा भने मलाई अनिबार्य बोलावत हुनुपर्छ। तपाईंको जन्तीको फोटोग्राफी मैले नै गर्ने अधिकार चाँही सुरुक्षित हुनुपर्छ । मैले पहिले नै बूकिङ गरेको छु ल ल त मैसाब (लास्टाँ उही त हो) बिदा पाउ । फेरी अर्को पटक भेट्ने बाचा गर्दै।

उही छट्टुराम छन्त्याल

बेल्जियम

(किन किन दिन धल्किन्छ थाहा नै नपाइ साँझ पर्छ उज्यालोलाई बिदाइ गर्दै । र भोलीको सुनौलो बिहानीको स्वागतार्थ….. सम्झनामा मेरो सबै भन्दा पुरानो र असल याहू मित्र ढाकमाया जीलाई यी केही हरफ मनका दायरीबाट)

तपाइँको प्रतिक्रिया