युरोपका नेपाली दूतावास बन्द, घरबाटै सेवा

चैत्र ६, २०७६ ददी सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमण युरोपभरि तीव्र बन्दै गएपछि युरोपस्थित नेपाली दूतावासहरु बन्द भएका छन् ।

चैत्र ६, २०७६ ददी सापकोटा

पेरिस — कोरोना भाइरसको संक्रमण युरोपभरि तीव्र बन्दै गएपछि युरोपस्थित नेपाली दूतावासहरु बन्द भएका छन् ।

दूतावासहरु खुला राख्दा आफ्नै कर्मचारीहरुबीच संक्रमण हुनसक्ने त्रासले दूतावासहरु बन्द गरिएको हो । तीनले सेवाग्राहीहरुलाई अत्यावश्यक सेवा टेलेवर्क (इन्टरनेट, टेलिफोन) मार्फत् दिन थालेका छन् ।
युरोपेली देशका सबैजसो सरकारले एक अर्को देशका सिमा बन्द गरेको, नागरिकहरुलाई सव-क्‍वारेन्टाइनमा राखेको, हिँडडुलमा कडाइ गरेकोले सेवाग्राहीहरुको संख्या लगभग शून्य छ। दूतावास आउने सेवाग्राहीबाट कर्मचारीहरुमा संक्रमण हुनसक्ने त्रासले पनि दूतावास बन्दगरी टेली-वर्क थालेको पेरिसस्थित नेपाली दूतावासका राजदूत दीपक धितालले बताए ।
‘आफ्नै कर्माचारी मध्ये एक जनालाई मात्रै लाग्यो भने बाँकी सबैलाई क्वारेन्टाईना लगेर राख्दिन्छ । त्यसो भयो भने परिवारले त दुःख पाउँछन् नै आपतकालीन् सेवा दिने कर्मचारी पनि दूतावासमा कोही हुन्‍न । त्यस्तो अवस्था सिर्जना नहोस् भनेर टेलीवर्क थालेका छौं,’ उनले भने ।

बेल्जियमको ब्रसेल्स्, स्विजरल्याण्डको जेनेभा र फ्रान्सको पेरिसलगायतका नेपाली दूतावासहरुमा सूचना टाँसेर छोडिएको छ । पेरिसस्थितनेपाली दूतावासमा टाँसिएको सूचनामा भने ‘कोरोना भाईरस संक्रमणको कारण उत्पन्न आपतकालिन अवस्थाका संवन्धमा फ्रान्सका महामहिम राष्ट्रप्तीज्यूले १६ मार्च २०२० का दिन साँझ ८ बजे राष्ट्रलाई गर्नुभएको सम्बोधनमा भाईरस फैलिन नदिन सबैले पालना गर्नकालागि जारि गर्नुभएको आदेशको पालना गर्दै अर्को सूचना नभएसम्म नेपाली दुतावास बन्द रहने ब्यहोरा संवन्धित सबैकोलागि सूचना गरिएको छ ।’
दूतावासले आपतकालीन सेवाका लागि दूतावासका कर्मचारीको सम्पर्क नम्बर राखिदिएको छ ।

प्रकाशित : चैत्र ६, २०७६ १५:५७

(साभार – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया