किन आउँदै छ चिनियाँ टोली नेपाल ?

नेपालमा असहज वा असमान्य स्थिति हुँदा बिदेशी कुटनितिज्ञ र गुप्तचरको भिड लाग्नु त नियतिनै हो। खुल्लमखुल्ला बिदेशी राजदूतावासमा देशका नेता र दलले बैठक गर्न थालेपछि त्यो त झन सामान्यनै हुने भयो। खासगरि भारत र अमेरिका त्यो विषयमा सधै अगाडि हुने गरेका हुन। नेता र दलका कान फुक्ने देखि धम्क्याउने गर्दै आएका हुन अमेरिका र भारतले। चिनको भूमिका भने अलि भिन्न हो । उसले तुलनात्मक रुपमा अहस्तक्षेपकारी भूमिका खेल्दै आएको थियो। माओवादी जनयुद्द चरमोत्कर्षमा पुग्दापनि उसले नेपालको आन्तरिक मामिला भनेर टाढै बस्यो। बरु माओवादीका नेताहरुलाई नेपाल-चिनियाँ सिमा क्षेत्रमा पक्रने काम गर्‍यो।  तर माओवादीहरु शान्तिवार्तामा आएपछि भने उसको भूमिका अली बदलिएको देखिएको छ। कहिले नेपाल ज्ञाता भनेर चिनिने उपल्लो श्रेणीका प्राध्यापक सोझै माओवादी सैन्य शिविरमा गएर वार्ता गर्ने त कहिले माओवादी नेताहरुलाई आफ्नो देशमा भ्रमणको निम्तो दिएर राजनितिक संवाद गर्ने गर्‍यो। पछिल्लो समयमा त चिनियाँ राजदूतले ठाडै भने-नेपालमाथि हुने कुनैपनि हस्तक्षेप चिनलाई मान्य हुने छैन र नेपालमा हस्तक्षेप भए चुपलागेर बस्दैन चीन । चीनले आफ्नो सक्रियतालाई बढाउदै लगेको पनि छ। त्यसैको निरन्तरता हुनुपर्छ अहिले फेरि चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउँदै छ।   

नेपालमा भएको संविधान सभाको निर्वाचन र अन्य राजनितिक अवस्थाको मूल्यांकन गर्न आउन लागेको बताईन्छ त्यो प्रतिनिधी मण्डल। त्यसको नेत्रित्व चिनियाँ कम्युनिष्ट पार्टीका एशियाली प्रशान्त क्षेत्रिय महानिर्देशक आई पिङले गर्दैछन। शान्तिवार्तामा आएलगत्तै चिनियाँ कम्युनिष्ट पार्टी माओवादीप्रति लचिलो र निकट देखिएकाले यो भ्रमण अर्थपूर्ण हुनेमा शंका छैन।  पछिल्लो समयमा नेकपा माओवादीले एक चीन नीतिको समर्थन गरि नेपालमा तिब्बती गतिबिधीको बिरोध गरेपछि चीन माओवादीप्रति झन निकट भएको बताईन्छ। माओवादको वकालत गरि चिनियाँ सांस्क्रितिक क्रान्तिको अनुशरण गर्न खोजेको माओवादी संसदिय राजनीतिमा आएपछि चीन उत्साहित भएको बताईन्छ। पछिल्लो राजनितिक गतिबिधिको अध्ययन गर्न भनिएपनि अहिलेको भ्रमण माओवादीसँग हुन सक्ने सहकार्य र सहयोगको खोजिका निम्तिपनि हुन लागेको बताईन्छ। त्यसो त, माओवादीको हालको विजयले चीन उत्साहित भएको तर्क गर्नेहरुपनि उत्तिकै छन।

तपाइँको प्रतिक्रिया