निर्वाचनमा यस्ता थिए घोषणा, कति पुरा गर्‍यो त नेकपाको सरकारले ?

गत संसदिय निर्वाचनमा नेकपा (माओवादी) र नेकपा (एमाले) मिलेर निकै आकर्षक घोषणापत्र जारि गरेका थिए । यति सम्मकि एमाले र माओवादीको संयुक्त घोषणापत्रले ‘पाँच वर्षभित्रै उपत्यकाका चक्रपथहरुमा रेल कुदाउने’ आस्वाशन बाँडेको थियो । रेल त के कुद्थ्यो । काठमाडौंबाट बरु धुलो हटाउन बल्ल प्रधानमन्त्रीले निर्देशन दिँदै छन् । उनीहरुले चुनावमा जनतालाई दिएका आस्वाशन कुनैपनि पुरा हुने देखिन्न ।

उनीहरुले आफ्नो संयुक्त घोषणापत्रबाट केहि आकर्षक बुँदा झिकेर पोष्टर बनाएका थिए । तिनले जनताको मत तान्न, जनतालाई आस्वस्त पार्न केहि लोभलाग्दा आस्वासन निकालेर खुब प्रचार गरे । ति मध्ये नेपाली ध्वजाबाहक पानी जहाज सन्चालनपनि उल्लेख थियो । प्रधानमन्त्री केपी ओलीले पानी जहाज चलाउने कुरो गर्न छोडेका त छैनन् तर आस्वाशन दिएझैं त्योपनि चल्ने देखिन्न ।

त्यस्तै २०७६ मा भूकपपछिको पूनर्निर्माण गर्ने आस्वाशन दिएर भूकम्प पिडितका भोटपनि लिए । तर अहिलेसम्म भूकप पिडितले राम्रोसित राहतसम्म पाएका छैनन् । भूकम्पले ढलेका घर अधिकांश ठाउँमा उस्तै छन् । पिडितहरु टेन्टमा बस्न बाध्य छन् ।

दश वर्षमा ५० लाख पर्यटक भित्र्याइने तिनको आस्वाशन झनै हाँस्यास्पद लाग्छ । किनभने दश वर्षमा भित्र्याइने ५० लाख पर्यटककालागि चाहिने न्युनतम आधारभुत सुविधाकालागि काम भएकै छैन । बरु देशमा भएको एक मात्र अनतर्राष्ट्रिय विमानस्थलपनि विश्वका सबैभन्दा काम नलाग्ने १५ विमानस्थल मध्ये पहिलोमा परेको रिपोर्ट सिएनएन जस्ता विश्व प्रसिद्द मेडियाले सार्वजनिक गरेका छन् । यसले  पर्यटक भित्र्याउने हैसियत कति छ नेपालको भन्ने अन्तर्राष्ट्रिय जगतमा देखाउँछ ।

दश वर्षमा प्रति ब्यक्ति आय पाँच हजार डलर पुर्‍याउने योजनापनि हावादारी लाग्छ । किनभने अहिलेपनि मुलुक बिदेशी उत्पादनमै निर्भर छ । देशमा कलकारखाना खोल्ने काम शुन्य छ । क्रिष उत्पादन बढ्दो छैन । सुधारिएको छैन । बिदेशी सामान भित्रिने क्रम झन बढेको छ । बजेटघाटा बिगतमा भन्दा झनै बढेको छ ।

अहिले माओवादी र एमाले मिलेर बनेको नेकपाको सरकारले साँढे दुई वर्ष कटायो । तर तिनले दिएका आस्वाशन कुनैपनि पुरा हुने देखिन्न । एमाले र माओवादी मिलेर आकर्षक घोषणापत्र जारि गरेपछि जनताले पत्याए । भोट दिएर सरकार बनाउन पठाए । तर त्यस अनुरुपको काम र दिएको बचन कहिँकतै पुरा हुने देखिन्न ।

तपाइँको प्रतिक्रिया