कालापानी संवन्धमा परराष्ट्र मन्त्रालयको लुते बिज्ञप्ती

भारतीय सरकारले नेपालको कालापानीलाई आफ्नो नक्शामा राखेपछि कसलाई सम्बोधन गर्नुपर्ने हो ? भारतीय सरकारलाई कि नेपाली मेडियालाई ? चासो भारतीय सरकारप्रति कि हाम्रो भूभाग भारतले आफ्नो नाक्शामा राख्यो भनेर सप्रमाण लेख्ने नेपाली मेडियाप्रति ? नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली मेडियामा आएको खबरप्रति प्रेस बिज्ञप्ती जारि गरेर हुतिहारा पारा देखाएको छ ।

नेपाल सरकार बलियो, देशको खण्डप्रति द्रिढ र गम्भिर छ भने उसले भारतीय सरकारलाई तुरुन्तै नक्शा सच्याउन लगाउनुपर्छ । नेपालको भूमी आफ्नो नक्शामा राखेकामा माफि माग्न लगाउन सक्नुपर्छ । तर नेपाल सरकारले भारतीय सरकारसित यो गल्ति वा नेपालप्रतिको गिद्दे आँखा सुधार्न दह्रो पाइला चालेको देखिएन । बरु भारतीय सरकारले नेपालको राष्ट्रिय अखण्डामाथि हस्तक्षेप गरेको कदमको सप्रमाण समाचार लेख्ने मेडियाप्रति लक्षित गरेर लुते पारा देखाएको छ ।

यहि बेला आम जनसमूदायबाट नेपाली सेनाप्रतिपनि प्रश्न उठेको छ, नेपाली सेना आफ्नो राष्ट्रिय अखण्डा जोगाउन भन्दै बसेको छ । तर हाम्रा सिमा मिचिँदा बोल्न सक्दैन, आफ्नो देशको राष्ट्रिय अखण्डता जोगाउन सक्दैन भने यस्तो सेनालाई किन राष्ट्रिय ढुकुटी खर्च गरेर नेपाली जनताले पाल्ने ? किन देशको आर्थिक भार मात्रै बोक्ने बेकामे नेपाली सेना पालेर ?

तपाइँको प्रतिक्रिया