नेताहरुको बिदेश भ्रमण आफैंले सिक्न कि कार्यकार्तालाई सिकाउन ?

-प्रभात किरण / डेनमार्क

डेनिश ईस्टिच्युट अप पार्टि एन्ड डेमोक्रेसी (डिप्ड्) ले प्रजातन्त्रिक अभ्यासमा बामे सर्दै गरेका विकासोन्मुख देशका राजनीतिज्ञहरुलाई आफ्नो देशको निर्वाचन अवलोकन भ्रमण गराउँछ । सोही अवसरमा जुन ५ को डेनिस निर्वाचन अवलोकन गर्न नेपाली कांग्रेश र नेकपाका नेताहरु विमलेन्द्र निधी, दिनानाथ शर्मा लगायतका नेताहरु  डेनमार्क आईपुगे । नेताहरुले देश हेरे । मुख फेरे । कार्यकर्ताको स्वागत सत्कारमा रमाए । तर के सिकेर गए त ?

२०१५ को डेनिस नीर्वाचनमा पनि नेपालवाट एक दर्जन नेताहरु आएका थिए चुनावी अललोकनमा । डेनमार्कवासी एक नेपालीले नेताहरुलाई कटाक्ष गर्न भ्याईहाले ‘यहाँको अवलोकनको ज्ञान भरतपुर महानगर पालिकाको चुनावमा प्रयोग गर्नु भएको हो नेता ज्यू ?’ नेताहरु वोल्ती वस्यो, वुझ्नेहरुले वुझे होलान, अन्धभक्त कार्यकर्ताहरुले प्रश्न असान्दर्भिक भयो भनेर नेताको चाकरी गर्न भ्याए ।

विमलेन्द्र निधी नेपाल फर्किए र तुरुन्तै एऊटा जम्वो टोलीका साथ कोपनहेग आईसकेका छन । कति नेता आईसकेका छन कति आऊने तरखरमा छन । कांग्रेशको प्रवासको भातृ संगठन नेपाली जनसम्पर्क समितीका विभिन्न ३३ देशका प्रतिनिधीहरु ऊपस्थित हुने भनेको ऊक्त जुन २१, २२ र २३ गते हुने आयोजकले जनाएको छ । हुन त यही विचमा जुनको तेश्रो साता नेपालका प्रधानमन्त्री ऊपेन्द्र यादव पनि कोपनहेगन आईपुगे । सुटुक्कै आए , सुटुक्कै फर्किए । ऊनी के का लागि आए, कस्लाई भेटे ? के गरे खोजिकै विषय बनेको छ ।

नेपाली राजनितिज्ञहरुको प्रवासमा वाक्लिँदो यात्रा तथा विशेष नेपाली कांग्रेसले कोपनहेगनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमसँगै त्यहाँका सचेत वर्गमा एऊटा पृथक तर गहन विषयमा वहस शुरु भएको छ । त्यो हो, नेताहरु प्रवास आएर सिक्ने की सिकाऊने ? साधारणत जानेकाले नजानेकालाई सिकाऊने स्थापित मान्यता हो । अब प्रश्न आउँछ, नेताहरुले प्रवासमा कार्यकर्ता तथा समर्थकलाई के सिकाऊने ?

नेताहरुले कार्यकर्ताहरुलाई सिकाऊने भनेको पक्कै पनि राजनिती होला । त्यो डेनमार्कमा कानुनी रुपमा बर्जित छ । नेपालका राजनैतिक पार्टीका भातृ संघठनहरु कि दर्तानै छैनन र दर्ता भएका पनि सामाजिक संस्थास्वयंसेवी संस्थाका रुपमा दर्ता भएका होलान । यसरी दर्ता नै नभएका संस्थाहरुले कार्यक्रम गर्दा धेरै आर्थिक तथा अन्य कुराहरुमा कानुनी जटिलता ऊत्पन्न हुन सक्छ । आयोजक तथा अन्यले सजाएँ भोग्नुपर्ने हुनसक्छ । कानुनी रुपमा सन्चालन गर्न रोक भएका गतिविधी गरे डिपोर्ट सम्मको सजाएँ हुन सक्छ । आई एस एसको आन्दोलनमा सहयोग गरेको आशंकामा धेरै आप्रवासी डेनिसहरु अनुशन्धानमा परेका तथा कतिलाई त अध्यागमनले डेनमार्क प्रवेश गर्न रोक लगाएका समाचारहरु छन । प्रवासका रहेका आफ्नो पार्टीको भोटरहरुलाई समेटी राख्न नेताहरु विदेश आऊनु पर्छ भन्ने दोश्रो तर्क ।

आप्रवासनकै ऊद्देश्य राखेर विदेश आएर दशकौं विदेशमा विताएकाहरु भोट हाल्नकै लागि स्वदेश जाने २,४ होलान। प्रवासमै वसेर आम निर्वाचनमा भाग लिने व्यवस्था निर्वाचनले आयोगले अहिलेसम्म गरेको छैन । “नोट चल्ने, भोट किन नचल्ने” भनेर प्रवासी नेपालीहरुको भोटिङ राईटको लागि वर्षौ देखि अभियान चलिरहेको छ । आवश्यक व्यवस्थाको लागि सर्वोच्च अदालतले आदेश दिईसकेको छ । कानुनी जटिलताले विदेशमा रहेका नेपालीलाई मतदान गर्न रोकिएको हो भने नेकपा र कांग्रेशले विधेयक मार्फत बाटो खोल्न सक्छन । गुह्य कुरो के हो भने विदेशमा भएका नेपालीहरुलाई भोटिङ राईट दिनु पर्छ भन्नेमा मुख्य वाधक नै ठूला पार्टीहरु हुन । ऊनीहरुको ढीला सुस्तीले यो प्रस्टै झल्काउँछ । यसको मतलव नेताहरु विदेश आऊनुको मुख्य ऊद्देश्य भोटरहरु समेट्नु हुँदै होईन । वा त्यो सोचेका छन भने पनि निरर्थक हो ।

अर्को गहन पक्ष, प्रवासमा आएर दलगत भातृसंघठनको राजनिती गर्नेहरु बहुसंख्यक चोर बाटोवाट विदेशमा आएका छन । प्रवासमा हुने अन्तराष्ट्रिय सभा, सम्मेलन, सेमिनार गोष्टी बनेर विदेश छिरेका छन् । धेरै वसोवास अनुमतिका विभिन्न चरणहरु पार गरेर स्थायी आवासको अनुमति लिएकाहरु छन । अझ लाजमर्दो तथ्य के छ भने अर्को देशको नागरिकता ग्रहण गरि सकेकाहरु पनि म भातृसंघठनको जिम्वेवार पदमा छन । जव की अधिकांश पार्टीहरुले पार्टीको विधानमा पार्टीको सदस्य वन्नका लागि नेपाली नागरिक हुनुपर्छ भनेर स्पस्ट ऊल्लेख गरेका हुन्छन । ऊनीहरुले विदेशमा कार्ड वनाऊने शिलाशिलामा जे गर्दा कार्ड बन्छ त्यही हिसावमा आफ्नो मातृभूमीलाई गिराऊन सम्म गिराएर फ्रड डकुमेन्टहरु पेश गरेका हुन्छन । जस्तो, मेरो देशमा मेरो ज्यान धनको शुरुक्षा छैन, खतरा छ आदि आदि ।

ति नेताहरु जस्ले देशको राज्यसत्ता दशकौं वर्ष हातमा लिएर पनि देशको आर्थिक, सामाजिक र राजनैतिक अवस्था जर्जर स्थीतीमा पुर्यायो, ऊनै नेतालाई स्वागत गर्न खदा वोकेर एयरपोर्ट पुग्छन । सुन्दर ठाँऊहरु घुमाउँछन, महंगा महंगा रेष्टुरेन्टमा पार्टी दिन्छन । महंगा ऊपहार दिन्छन । अव प्रश्न ऊठ्छ नेपालवाट प्रवासमा सिकउन आऊनेले के सिकाउँछन ? जुन प्रवृतीमा मानिसहरुको भीड नेताहरुका अघि पछि घुम्छन तिनीहरुले के सिक्छन ? देशको माहौल आफ्नो भविश्यको सुनिश्चताका लागि प्रतिकुल भएर प्रवासिन वाध्य भएको अथवा विदेश वसाई रहरको होइन करको हो भन्न रुचाऊनेहरु त्यो अवस्था सृजना गराऊन जिम्मेवार तिनै नेतालाई प्रवासमा वोलाई वोलाई ऊनीहरुकै कुरा सुन्न तयार छन ?

अनौठो लाग्न सक्छ । देशलाई सामाजिक, आर्थिक र राजनैतिक दलदलमा फसाऊन प्रमुख भूमीकामा पटक पटक आलो पालो सरकार चलाएका नेताहरुले एऊटा विकसित मुलुकमा वसेर त्यहाँको सम्पुर्ण भौतिक सुविधाहरु, विकासको चरम अवस्थासँग वर्षौ सम्म साक्षातकार गरिसकेका कार्यकर्ताहरुलाई के सिकाऊने ? संसारभरका सयौं मानिसहरु एकै चोटी अनलाईन मार्फत सुचना आदन प्रदान गर्ने प्रविधीहरु आईसके, केही कुरा सिक्न सिकाऊनको लागि लाखौं खर्च गरेर एकै ठाँऊमा भेला हुने समय छैन अव । हामी विकसित प्रविधीको प्रयोग गर्न किन हिच्किचाई रहेका छौं ? प्रविधी मैत्री, वातावरण मैत्री प्रविधीहरु प्रयोग गर्दा हामीलाई के घाटा छ ? यो एऊटा गहन प्रश्न हो ।

नेताहरुको विदेश भ्रमणले ऊठाईरहने अर्को प्रश्न हो, आर्थिक र मानव ओसार पसार। नेताहरुको विदेश शयरको पैसा कसरी जुट्छ ? कुनै संघ संस्था वा व्यक्तीले प्रायोजन गर्छ भने त्यो प्रायोजनको शर्त के हो ? विना स्वार्थ कसैले किन आर्थिक व्यय वेहोर्न तयार छ ? ऊसको कुनै लुकेको स्वार्थ त छैन ? देश र जनताको लागि त्यो प्रायोजकको लुकेको स्वार्थले कस्तो असर गर्छ ? यदी कार्यकर्तालेनै व्यहोर्ने हो भने किन व्योहोर्ने ? के त्यो व्यवहारिक हुन्छ ? घर परिवार र आफ्नै भविश्यको लागि प्रवासमा रगत पसिना वगाईरहेकाले नेताहरुलाई कहिलेसम्म पाल्ने र घुमाऊने ? के पछि कुनै पद, प्रतिष्ठामा पाऊने लोभमा गर्ने हो ? यसरी पाएको पदमा पुगियो भने देश जनताको लागि काम गर्ने हो की अनुकम्पा गर्ने प्रति वफादार भएर काम गर्ने हो ।

बेलाबेला रातो पासपोर्ट कान्ड, मानव ओसारपसारका कुराहरु व्यापक ऊठ्ने गरेका छन । यदि कोही प्रतिनिधी कार्यक्रममा आएर फर्किएन भने कसले जिम्वेवारी लिन्छ ? कार्यक्रम दौरानमा विभिन्न किसिमले मानिसहरु ल्याऊने र युरोपमा नै लुक्ने लुकाऊने काम भएका छन । यसरी नेपालबाट मानिसहरु आएर नफर्किदा नेपालको ईज्जत बढ्ने हो ? के नेताहरु विदेश आउँदै नआउने हो त ?

स्वन्त्र घुमफिर गर्न पाऊने मानिसको नैशर्गीक अधिकार हो । नेताहरु व्यक्तीगतरुपले रुपमा घुम्न आउँदा कसैको टाऊको दुख्न आवश्यक छैन । तर देशको सरकारको प्रतिनिधित्व गरेर आउँदा, सरकार पक्ष दल वा विपक्षी दलहरुको प्रतिनिधि भएर प्रवासमा आईरहेको अवस्थामा प्रत्येक कुराको औचित्य पुष्टी हुनुपर्छ । आर्थिक पारदर्शीता हुन आवश्यक छ । विदेशमा नेपालका नाम जोडिएर आयोजना भएका कार्यक्रमहरु, आयोजक सो सुकै होस, सफलता असफलता सँगै सिङ्गै नेपाल जोडिएर आएको हुन्छ । त्यसैले विकसित देशको भ्रमण गरिरहेका नेताहरुले मानसिक रुपमा केही सिक्न तयार भएर आऊन आवश्यक छ ।

विदेशमा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेर राम्रो पदमा काम गर्ने धेरै विषेशज्ञहरु छन । ऊनीहरुको ज्ञान सीप नेपालको विकासमा काम लाग्न सक्छ । नेताहरुले त्यस्ता कुराहरु नेपालमा लान सकिन्छ कि सकिँदैन, आर्थिक प्राविधिक रुपमा सम्भव छन कि छैनन भनेर ती विषेशज्ञहरु परामर्श गर्ने हो । सम्भव कुराहरु नेपालमा लागु गर्न निति नीर्माणमा लाग्ने हो ।

(प्राकृतिक स्रोत व्यवस्थापनमा ग्राजुवेट प्रभात किरण समसामयिक राजनितीमा कलम चलाउँछन )

तपाइँको प्रतिक्रिया