गुठिमाथि हमला गर्ने किटाणुहरुकाे संपत्तिको श्रोत के ?

-भरत दहाल

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा धर्मनिरपेक्षताका आडमा कुमारी जात्रा लगायतका काठमाडौंका नेपाली पर्वहरुमा सरकारी सहयोग रोक्ने निर्णय गरे। उनैका पालामा इतिहासमा पहिलो पटक पशुपतिनाथ मन्दिरको मूल भट्टका रुपमा दक्षिण ईण्डियाको त्रिलि..गा द्रविड बाहुन बाहेक अरु कुनै पनि व्यक्ति रहन नपाउने अनौठो नियम बन्योे। नेपाली पर्वहरुलाई धर्मनिरपेक्षताका आडमा बन्द गर्ने र पशुपति मन्दिरलाई ईण्डियन प्रभूत्व सापेक्ष बनाउने उनका निर्णयहरु नेपाल विरुद्धका विदेशी षडयन्त्र हुन भन्ने बुझ्न कुनै कठिनाई छैन।

पशुपतिनाथमा मूल भट्ट नियुक्त भएका पहिलो नेपाली बिष्णु दाहाललाई निष्काशन गरेर इृण्डियनलनई कायम गर्र्न त्यसबेला कांग्रेस र एमालेले सडकमा आगो बालेका थिए। यसको कारण ईण्डियन दलाली मात्र थिएन कि पशुपतिको आम्दानिमाथिको लुट पनि थियो। एकहप्ता अगाडि पशुपतिको ५८ बर्षको कूल आम्दानि ९ किलो सुन र केही लाख नगद देखाईएको थियो जबकि त्हाँ प्रति महिना सरदर बार्षिक ३० करोड नगद र १५ किलो सुन आम्दानि हुने गरेको छ। पशुपतिको संपूर्ण आम्दानि दल र ईण्डियनहरु मिलेर लुटिरहेका छन्।

भर्खरै बाहिर आएको समाचार अनुसार विकास कोषका नाममा छुट्याईएको रकमबाट सांसदहरुलाई १/१ लाखका कम्युटरहरु किन्ने डाँकागिरी निर्णय भएको छ। नेपाली जनताले तिरेको करबाट सांसद विकास कोषका नाममा प्रति सांसद ६ करोड दिने नीति बजेटमा राखेर चुनाव खर्च भर्न गरिएको आपराधिक कृयाकलाप सबैका अगाडि छर्लङ्ग छ। यस्ता अपराधलाई यीनीहरुले भ्रष्टाचार मान्दैनन्। जहाँ लुट्न पाएका हुँदैनन् र जुन क्षेत्र विदेशीका लागि घाँडो हुन्छ त्यसै क्षेत्रमाथि आक्रमण गर्ने यीनीहरुको रणनीति बनेको हुन्छ।

पशुपतिनाथको मन्दिरबाट नेपाली पुजारी निकाल्न आगो बाल्ने ईण्डियन दलालहरु, एनजिओको पैसा खाएर संस्कृतिमाथि हमला गर्ने होली वाईनवादीहरु, देशका सूचना विदेशी दूताबासहरुलाई बेचेर मातृभूमिमाथि बलात्कार गर्ने अपराधिहरु र देश लुटेर निर्लज्जतापूर्वक कारमा शयर गर्ने अन्तर्राष्ट्रिय माफिया सञ्जालका कर्मचारीहरुलाई प्रश्न गरौं कि यी कुकर्महरुको छानबिन हुनु पर्ने कि नपर्ने ? यस्ता अपराधिहरुको सम्पत्ति राष्ट्रका मातहतमा ल्याउनु पर्ने कि नपर्ने ? गुठिमाथि हमला गर्ने किटाणुहरुले पहिले आफ्नो संपत्तिको श्रोत देखाउ ।

(स्रोत- दहालको फेसबूक)

तपाइँको प्रतिक्रिया