जातिय तथा क्षेत्रिय मुद्धा : ‘मियाका जुती मियाके सर पर’

– रामवहादुर गुरुंग / बेल्जियम

जनयुद्धको मध्यकालतिर माओवादीले राजनीतिक,सामाजिक तथा आर्थिक मुद्धाहरुमा निक्कै गहन विश्लेषण गर्नथाल्यो । ति मध्ये निरंकुश राजतन्त्रात्मक देशको सामाजिक संरचनाको ऐतिहाँसिकतालाइ मध्यनजर राख्दै वर्गिय अन्तरविरोधको साथसाथै नेपालमा उत्पिडित जाती तथा क्षेत्रको शासक जातीबिच अन्तरविरोध पनि चर्कै छ र यसले नयाँ जनवादी क्रान्तीमा दुरगामी महत्व राख्छ भन्ने निष्कर्ष निकाल्यो । त्यस स्वरुप स्वायत्त जातिय राज्यहरुको अवधारणा विकास भयो । यो जातिय तथा क्षेत्रिय अन्तरविरोध पनि वस्तुत वर्गिय अन्तरविरोधनै हो भन्ने निष्कर्ष रह्यो । वर्गिय अन्तरविरोधको धरातलमा टेकेरनै यस सम्वन्धी नीतीहरुको अवलम्वन पनि गरियो । त्यतिखेर त्यो कती सही थियो वा गलत निरक्यौल हुन नपाउँदै जनयुद्धको अवशान भयो । यद्दपी एकांगी भनौं वा निरीपेक्ष किसिमले यो मुद्धालाइ केही जातीवादी अभियन्ताहरुले जनयुद्ध पूर्वनै आफ्नो ढंगले उठाएका पनि थिए । यसको विकासको श्रेय भने माओवादीहरुलाइनै दिनुपर्छ ।

तर आज यो मुद्धा माओवादीहरुले छाडे पनि संघिय समाजवादी फोरमको मुल मुद्धा वनेकै छ । मधेश आन्दोलनको समर्थक रहेका वावुरामले आफ्नो पार्टी नयां शक्तीलाइ संघिय समाजवादी फोरममा मिसाएर उनीहरुले समाजवादी पार्टी वनाएका छन । मधेश आन्दोलनलाइ समथर्न गर्नुको कारण पनि अन्तत मधेशी वहुल पार्टीमा समावेश हुनु रहेछ भन्ने प्रमाणित भएको छ । वावुरामजीको नयां राजजनीतीक चालवाजी अनुशार । नयां शक्तीलाइ किन उपेन्द्र यादवको पार्टीमा मिसाए यसवारे राजनीतिक विश्लेषकहरुले अनेक अटकल काटेका छन । धेरै भनाइ केछ भने उनी पश्चिामाहरुको मोहरा हुन । पश्चिमीहरुकै डिजाइनमा काम गर्छन । फलस्वरुप अहिले  दुइ तिहाइको अलोकप्रिय सरकार भीत्रैको अन्तरविरोधको फाइदा उठाएर दुइ तिहाइलाइ तितरवितर पारेर केपीको सरकार गिराइ वावुरामलाइ प्रधानमन्त्री वनाउँदै छन भन्नेपनि छन् । यो तर्कमा कती दम छ भविष्यलेनै देखाउला । तर तत्काल त्यस्तो देखिँदैन । तर वावुराम उपेन्द्रहरुसँग त्यतीकै मिस्सीन गएका भने छैनन् । पक्कै पनि केही योजना त होला ।

विश्लेषकहरु भन्छन, यतीवेला नेपालमा विदेशी शक्तिहरुको चलखेल चरम उत्कर्षमा छ । सवै विदेशी शक्तिको आआफ्नै स्वार्थ छ । भारतको सिधै नेपालमाथी आर्थिक दवाव दिएर राजनीतिक अशुली गरिहेका छन । भारत मार्फत तिव्वती कार्ड खेलिरहेका अमेरिकीहरु नेपालमा आफ्ना दलालहरुको संख्या वढाउंदै चिनलाइ घेर्ने नीतीलाइ विस्तार गरिरहेका छन भने युरोपियनहरु पनि अमेरिकी नीतीलाइ सघाउने हिसावले नेपालमा आफ्नो पकडलाइ मजवुद बनाउन चाहन्छन । यी सवैको गठजोड नेपाल अहिले विदेशी चलखेलको लागी उर्वर भूमी रहेको विश्लेषकहरु वताउँछन । विशेष गरि युरोपियनहरु जातिय र क्रिश्चीयनीटीका विभन्न मिशनहरु मार्फत नेपालमा आफ्नो राजनीतिक खेती गरिरहेको देखिन्छ । होली वाइन प्रकरणलाइ त्यसरीनै हेरिने गरिएको छ ।

आज नेपालमा सवै भन्दा वढी संक्रमण धर्मको नाममा भइरहेको छ । हुनत यस्को आधार उच्च अहंकारवादी व्राहमणवादनै हो । जुन नेपालमा अढाइ तिनशय वर्ष पहिले देखीनै व्याप्त थियो । सातसाल देखी यताका क्रान्ती र आन्दोलनले धेरै मात्रामा घटाएपनि जातिय विभेदले सृजना गरेको आर्थीक दरिद्रता अहिले पनि कायमै छ । सामाजिक विभेद र आर्थिक दरिद्रता क्रिश्चीयनीटी मौलाउन मलिलो माटो सिद्ध भएको छ । हिजो वर्गीय आधारमा आधाररित जातिय तथा क्षेत्रिय स्वायत्त शासन पद्धतीको राज्यको खाका कोरेका माओवादीले यो मुद्धालाइ विचमै छाडे पनि अहिले अनेक जातिय संघ संस्था,एनजीओ आइएनजीओको नाममा यो मुद्धा शक्ति राष्टृहरुको गोटीको रुपमा चलीनैरहेका छन । त्यसैले हिजो जो यो मुद्धाका विरोधीहरु थिए तीनीहरुनै अहिले ती संघ संस्था र एनजीओहरुको नेता अभियन्ता वनेका छन । कतिले त त्यसैलाइ भर्यांग वनाएर सांसदसम्म वन्न भ्याए । अहिले यिनै अवशरवादी अभियन्ताहरु विदेशी शक्ति राष्टृको गोटी वन्दै गइरहेका छन । जस्को फलस्वरुप अहिले यो मुद्धाले जातिय तथा क्षेत्रिय विभेदलाइ कसरी मेटन सकिन्छ भन्नेतितर भन्दा पनि नेपालमा कसरी निरीपेक्ष नारा दिएर सामाजिक सदभावलाइ भडकाएर अस्थिरता पैदा गर्न सकिन्छ भन्ने तीर जोड गर्दै गरेको देखिन्छ । सारंसमा भन्दा देशलाइ विखण्डनको भडखालोमा धकेल्न गइरहेको होकी भन्ने देखिन्छ ।

माओवादीहरुले राज्य निर्माणको क्रममा देखीएको त्रुटीलाइ सच्याउने ध्येयले अगाडी वढाइएको यो मुद्धा अहिले माओवादीहरुलेनै टुंगोमा नपुर्याएको हुनाले साम्राज्यवादीहरुलेनै यो मुद्धालाइ प्रयोग गरेर उल्टै उनीहरुको स्वार्थ पूर्ती गर्ने साधन बन्दै गइरहेको छ । हिजो वर्गिय आधारमा अघि वढाइएको जातीय तथा क्षेत्रिय मुक्ती आन्दोलनका मुद्धा अहिले मियाका जुती मियाके सर पर भनेझै प्रत्युतपादक वनेको छ । हिजोका जातिय तथा क्षेत्रिय आन्दोलनका अभियन्ताहरु यतीबेला साक्षी किनाराका भएर बसेका छन । उनीहरु निरीह देखिन्छन । कहीं कतै उनीहरुको उपस्थिती देखिँदैन । यस मुद्धाको पक्षमा विजातिय समुदायवाट वोल्ने खगेन्द्र संग्रौलाहरु पनि गम खाएर बसेको अहिलेको अवस्था हो । यसबाट पार पाउन फेरी पहिलेकै जसरी टुटेको वर्गिय आधारको कडीलाइ समात्दै सही ढंगले जनताको वीचमा गए मात्र यस प्रती आम जनताको भ्रम टुटने छ र साम्राज्यावादीहरुको गोटी बन्नबाट पनि बच्ने छ । साथै यस मुद्धाको पनि सही निकास प्राप्त हुनेछ ।

तपाइँको प्रतिक्रिया