बेल्जियममा नेपाली कांग्रेसको भाँडभैलो, केन्द्रिय प्रतिनिधीकै कारण बिभाजनको संकेत

निलम घिमिरे सापकोटा / बेल्जियम

नेपाली कांग्रेसको भात्रि संगठन जनसम्पर्क समिति (जसस) बेल्जियममा फेरि भाँडभैलो मच्चिएको छ । यो भाँडभैलोले फेरि दुई गूटमा बिभाजन हुने देखिएको छ । जसस वेल्जियमकी अध्यक्ष सिता सापकोटालाई विवाद मिलाउन आएका केन्द्रिय प्रतिनिधि किरण पौडेललेनै अबैधानिक शक्ति प्रयोग गरि पदच्युत गराएर बिवाद चर्काएको आरोप लागेको छ । कांग्रेसका दुई खेमा मध्ये बिवाद मिलाउन भनेर आएका केन्द्रिय प्रतिनिधी पौडेल देउवा पक्षघर हुन् भने सिता सापकोटा कोइराला पक्षघर हुन् । बिवाद मिलाउन खटिनुपर्नेमा आफ्नो खेमाका ब्यक्तिहहरुसँग मात्र वैठक बस्ने र बेलुका भएपनि रक्सि चाख्दै रातभरी वारमा बसेर त्यहिँ आफ्नो पक्षमा छलफल गर्ने गरेको त्यहाँका नेपालीले बताएका छन् । ‘उनको पारा हेर्दा विवाद मिलाउन आएका हुन् या युरोपमा मनोरन्जन गर्न आएका हुन् पत्तो पाउन सकिएन’ जससका एक सदस्यले भने ।

त्यसो त, किरण पौडेलको स्वभावनै सामन्तिपारा देखिएको थियो । छ्लफलका बेला पत्रकारलाई समेत प्रश्न गर्न नदिएर ‘तिमी भन्दा बढि मैले भोटो फटालेको छु । त्यसकारण तिमी सुनमात्र’ भन्दै उनले थर्काउने कोसिस गरेका थिए । यता उनको स्वभाव र व्यवहारले दुखि भएर फेसवुकमा जनसम्पर्क समितिका आधिकारिक ब्यक्तिहरुले केहि बिचार सार्वजनिक गरेका थिए । वैचारिक विरोध स्वरुप राखेका भनाईलाई नपचाएर किरण पौडेलले नेपाल फर्कनु अघिल्लो दिन बेलुका माफी मगाएर फेसवुकमासमेत सार्वजनिक गर्नुपर्छ भन्दै दबाब दिएका थिए । माफी मागे पछि “अव के गर्ने ? निकास के त ? भोली तपाइहरुको फर्कने दिन हो ।” केन्द्रिय प्रतिनिधी पौडेल नेपाल फर्कनु अघिल्लो दिन सिता सापकोटाले प्रश्न राखेकि थिईन । उनको प्रश्नको जवाफ नदिएका पौडेलले देउवा खेमाका ब्यक्तिहरुसित रात बिताएर भोलिपल्ट एरपोर्टभित्रबाट आफ्नो निर्णय सार्वजनिक गरेका थिए ।

उनले प्रजातान्त्रिक पद्धतिवाट वहुमतले बिजय भएर आएका सम्पुर्ण कार्यसमितीलाई खारेज गरि अघिल्लो सभापतिको हरुवा उम्मेदवारलाई टिको टाँसेर निर्वाचनकालागि सम्पुर्ण कार्यभार सुम्पने निर्णय गरेका छन् । यो निर्णयलेनै नेपाली जनसंपर्क समितिलाई झन बिवाद र चिरा पार्ने दिशामा पुर्याएको हो । ‘केन्द्रको कस्तो नितिनियम हुन्छ र ? प्रजातान्त्रिक पद्धतिको परिभाषा के हो ? यदि यो लागू भयो भने नेपाली काँग्रेसले एकपटक पार्टिलाई सुद्धिकरण गर्नुपर्ने बेला आएको छ’ जसस बेल्जियमका पूर्व सभापति ईन्द्र पकवानले बताए । युरोपको जससमा विशेष त बेल्जियममा व्यत्तिगत इगो भएका कार्यकर्ताकै कारण केन्द्रमा जसको बढि पहुँच छ त्यसले अर्को पक्षलाई गिराउने र समाजमा रमिता वनाउने प्रवृत्ति वढेको जससको यो घटनाले झन प्रमाणित गरेको छ ।

विसं २०४४ साल देखि दौंतरी रहेका सिता सापकोटा र गंगाधर गौतमले आफ्ना विध्यार्थिकालदेखि आजसम्म लामो समय नेपाली कांग्रेसकालागि खर्चेकाब्छन् । दुवैको नसा नसामा रगत नवगेर नेपाली कांग्रेस बगेको छ । तर सित सापकोटा कोइराला पक्षधर त गंगाधर गौता देउवा पक्ष । शुरुका दिनमा दुवैले वेल्जियममा कांग्रेसको जन्म र हुर्काइमा संगै निकै मेहनत गरेर हुर्काए । तर जव कांग्रेस झ्याङ्गिँडै गयो समस्या बढ्दै गयो । मूल समस्या केन्द्रको १३ औं महाधिवेशनबाट देखियो । देउवालाई मत दिनुपर्ने भन्ने विषयमा सिताले अस्वीकार गरेपछि दुई जनामा केहि दरार आएको सिता सापकोटाले बताईन् । दोस्रो दरार गंगाघर गौतमले स्थापना गरेको युरोपियन जन संपर्क समितिलाई विधान अनुरुप अवैधानिक भनेर सिता सापकोटाले अस्विकार गर्दै आएको इन्द्र पक्वानको अनुभव छ ।

त्यस्तै, केन्द्रवाट आएका केन्द्रिय नेता रामचन्द्र पौडेललाई पनि अपमान गर्ने गरि उनी वेल्जियममै भएका वेला १२ वर्ष देखि असम्वैधानिक जसस युरोपको एकल महामन्त्री मान्दै आएका गंगाधरले प्रतिनिधी गर्ने भनि केन्द्रका विमलेन्द्र निधिले निर्णय दिएका थिए । निधीको गलत पत्रकों सहारामा लक्जम्वर्गको अधिवेशनमा गएका गौतमलाई अवैधानिक संस्था भनेर र अर्को केन्द्रिय नेतालाई नै अपमान गरेकाले विवाद चरम विन्दुमा पुगेको हो । विमलेन्द्र निधिको पनि यस कार्यमा हात हुन सक्ने आशंका कांग्रेसका सदस्यहरुको  छ ।

दुई वर्ष अघिको चुनाव देखिनै सुनियोजित तवरले सिता सापकोटालाई सिध्याउने खेलमा जुटेका गंगाधर गौतमको केन्द्रमापनि पकड भएकोले घटनालाई अतिरन्जित तवरले केन्द्रिय प्रतिनिधि र केन्द्र समक्ष राखेकाले समस्याले उग्र रुप लिएको भनाई आधिकारिक पक्षको छ ।

त्यसो त,केहि कांग्रेस निकटका अनुसार गौतम विमलेन्द निधिका आर्शिवादप्राप्त भएकाले र अहिले निवर्तमान अध्यक्ष गंगाधर गौतमको अनुरोघमा वर्तमान अध्यक्ष सिता सापकोटालाई सिध्याउने उनको पुर्व योजना अनुरुप ग्राण्ड डिजाइन पुरा गर्न किरण पौडेललाई आदेश दिइएकोले उनले आफ्नो नुनको सोझो गरेका हुन् भन्नेहरु पनि कम छैनन् ।

आधिकारिक पक्षका अनुसार जससको गत निर्वाचनमा गंगाधर पक्षले सितालाई हराउन निकै मेहनत गरेपनि उनले अत्याधिक मत ल्याएर विजय भएकि थिइन् । त्यसै दिन सार्वजनिक रुपमै गंगाधर गौतमले अनौपचारिक रुपमा सितालाई कार्यकाल तनावपूर्ण पार्ने र राजनितिक जिवन ध्वस्त पारिदिने कसम खाएकाे प्रत्यक्षदर्शीहरु बताऊँछन् । केन्द्रिय प्रतिनिधिले मेरै सल्लाहमा सबैको नाम प्रस्ताव भयो भनेर यसै साता आईतबार वाग्लुङ समाजको बार्वाक्यु कार्यक्रममा गंगाधर गौतमले अनौपचारिक छलफलमा बताए । त्यस्तै, देउवा पक्षधर गोविन्द अधिकारीले सुनाए ‘एक महिनाको अनिदो वल्ल पुरा गर्दैछु, के गर्नु दिन भरी काम बेलुका किरण दाईले वोलाऊनुहुन्थ्यो । गफ गर्दागर्दै लगभग विहान हुन्थ्यो ।’

वास्तवमा विधि, बिधान र जनमतको कदर हुनुपर्नेमा कांग्रेसको केन्द्रिय समितिलेनै थप बिवादास्पद र जटिल बनाएको छ । यता जससका बरिष्ठ भनिनेहरुपनि एक अर्का बिरुद्दको ‘इगो’ मा हिँडेको देखिन्छ । केन्द्रले समस्या हल गर्नुपर्नेमा केन्द्रिय प्रतिनिधी र नेताहरुले गूट उपगूट स्रिजना गर्ने र त्यसैलाई मलजल गरेकाले जसस बेल्जियम थप जटिलतामा परेको हो ।

तपाइँको प्रतिक्रिया