पाकिस्तानी प्रधानमन्त्रीको भारतभरि जयजयकार

(आफ्नो छोरो रिहाई हुने घोषणा सुनेपछि टिभीमा देखिएका पाकिस्तानी प्रधानमन्त्रीलाई नमस्कार गरेर आँसु झार्दै अभिनन्दन् वर्थमनकि आमा)

भारतीय वायुसेनाका पाईलट अभिनन्दन् वर्थमनलाई पाकिस्तानका प्रधानमन्त्रि इम्रान खानले ससम्मान रिहा गर्ने घोषणा गरेपछि यतिखेर भारतभरि उनको जयजयकार गरिएको छ । भारतीय सरकार र जनताले सोचेभन्दा फरक ढंगले खानले भारतीय पाईलटलाई रिहा गर्ने घोषणा गरिदिए । आफ्नो संसदलाई सम्बोधन गर्ने क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले अभिनन्दन् वर्थमनलाई ससम्मान भोली शुक्रबार रिहा गरिदिने घोषणा गरेका हुन् ।

   (भारतीय पाईलट वर्थमन)

पाकिस्तानले भारतीय पाईलट वर्थमनलाई बुधबार पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । वर्थमान रिहा हुने घोषणालाई भारतका मेडियालेपनि ठूलो स्थान दिएर प्रचारप्रसार गरेका छन् । आफ्नो छोराको रिहाई हुने खबर टिभीमा देखे लगत्तै पाकिस्तानी प्रधानमन्त्रीको तस्वीरलाई ढोग्दै भारतीय पाईलट कि आमा रोएकि छन् । यसलाईपनि भारतीय र पाकिस्तानी मेडियाले प्रचार गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको निर्णय सुने लगत्तै भारतमा पाकिस्तानी प्रधानमन्त्रीको प्रशंसा गर्नेको भिड बढेको छ । भारत र पाकिस्तानबिचको द्वन्दलाई अन्त्य गर्न भारतले भोमिका खेल्नुपर्ने भन्दै भारतीय जनताले अवाज उठाएका छन् ।

(भारतीय वायुसेनाका पाईलट अभिनन्दन् वर्थमनलाई कब्जामा लिएपछि भारतको बिरोधमा पाकिस्तानमा उत्रिएका जनता। उनीहरुले वर्थमानको कार्टून बनाएर भारतको बिरोध गरेका हुन्)

भारतीय पाईलट अभिनन्दन् वर्थमनकि आमाले टिभीमा आएको आफ्नो छोरो र पाकिस्तानका प्रधानमन्त्रीको निर्णय सुने लगत्तै रोएको तस्विर सार्वजनिक भएपछि पाकिस्तानी प्रधानमन्त्रीको प्रशंसा भारतमा झन चुलिएको हो । अभिनन्दन् वर्थमनकि आमा चिकित्सक हुन् र उनका बाबुपनि भारतीय वायुसेनाकै सेवा निब्रित्त पाईलट हुन् । वर्थमानले भारतीय वायुसेनामा १६ वर्षको अनुभव लिएका छन् र उनी भारतको चेन्नाई (पहिलेको मद्रास) का हुन् । हाल उनका बुवा एयर मार्शल सिम्हाकुट्टि वर्थमन त्यहिँ बस्छन् ।

 (राहुल गान्धीको ट्विट)

बर्थमान पक्राउ परेपछि भारतिय वायु सेवाको क्षमता र कार्यशैलीमाथि ठूलो प्रश्न उठाईएको थियो। भारतीय सरकार, प्रतिपक्षी दल र आम समूदायबाट वर्थमानलाई सकुशल रिहाईका लागि पहल गर्नुपर्ने भन्दै चौतर्फी आवाज उठेको थियो । भारतीय सरकारमाथि सामाजिक सन्जालबाट ठूलो दबाब दिईएको थियो । पाकिस्तानी प्रधानमन्त्रीले सकुसल रिहा गर्ने निर्णय गरेलगत्तै युद्दतर्फ अग्रसर भारतीय सरकारलाई शान्ति र वार्ताकालागि दबाब बढेको छ । भारतमा भारत-पाकिस्तान तनाबका बारेमा बहसको विषयपनि मोडिएको छ ।

(पहिलो फोटो अभाब बाजुरेलीको फेसबूक र बाँकि ईन्टरनेट स्रोत)

तपाइँको प्रतिक्रिया