प्रधानमन्त्री ज्यू म देखाईदिन्छु भष्ट्रचार, कार्बाही गर्ने खुबि छ ?

-अर्जुन बराल

बि.सं.१८६३ देखि बि.सं. २०७५ सम्म आईपुग्दा देशले धेरै प्रधानमन्त्री पाईसकेको छ । बिभिन्न तन्त्र,बाद अनी दलका शिफारिसमा कैयौ मन्त्री बनीसकेका छन् । कैयौंले अरबौ कमाएका छन्। पछिल्लो परिबर्तनपछि हातमा हरियो पार्सपोर्ट बोकेर बिदेशीने नेपाली युवाहरुको जमातसँगै त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा दैनिक आधादर्जन हाराहारीमा ति काठका बाकसमा आउँने मृत शरिर दिनानुदिन बढेको छ । परिबर्तनको नयाँ छलाङ्ग आर्थिक समृद्धिमा हुर्किएको भष्ट्रचार घटेका छैनन् । बरु बढेका छन् । परिबर्तनका नाममा चलेका एकदशक लामो शसस्त्र भुमिगत आन्दोलनबाट उदाएका नेतानै किन नहोउन् भष्ट्रचारमा कहिँ ंन कतै जोडिएका छन् । सायद यसैको आधारमा पनि होला, ट्रान्सपरेन्सी ईन्टरनेशनले सन् २०१३ मा नेपालमा गरेको भष्ट्रचार सम्बन्धी एक अनुसन्धान अनुसार कुल मध्ये सत्तरी प्रतिशत भष्ट्रचार राजनीतिक क्षेत्रबाट हुने गरेको निस्कर्ष निकालेको थियो ।

दक्षिण कोरियामा भष्ट्रचार अभियोगमा तत्कालीन महिला राष्ट्रपति पार्क ग्युन–हे लाई संसदले ९ डिसेम्बर २०१६ मा महाअभियोग लगाई हटायतापनि हाल अदालतको आदेश अनुसार २५ बर्षको काराबास सजायसहित १।७ करोड डलरको सजाय सुनाएको छ । हाल उनी कैदी नम्बर ५०३ को रुपमा काराबासमा छिन् । ईन्डोनेसियाका सैनिक शासक तथा राष्ट्रपति सुहार्तोको पतन भष्ट्रचारकै कारण बन्न पुग्यो । बङ्गलादेशमा पूर्ब शैन्य शासक जनरल हुसैन मुहम्मद ईरशादको राजनीतिक जिबन भष्ट्रचारकै कारण तहसनहस भयो । चीनका पूर्ब रेलमन्त्री लियु झिजुनलाई भष्ट्रचार र सत्ता दुरुपयोगको आधारमा मृत्युदण्ड दिईयो । भारत बिहारको चर्चित चारा घोटाला काण्डमा राष्ट्रिय जनता दल बिहारका अध्यक्ष लालु प्रसाद यादब जेल चलान भए भने बिहारकै जनता दल युनाईटेडका नेता जगदीश शर्मा पनि दोषी ठहरीए । फ्रान्सका पूर्ब प्रधानमन्त्री आलाँ जुपेले आफनै पार्टीभित्र गैह्र कानुनी रुपमा रकम संकलन गरि भष्ट्रचार गरेको आरोपमा पार्टीकै सिफारिसका आधारमा काराबास बसे ।

बि।सं। २०३३ सालमा तत्कालीन प्रधानमन्त्री तुलसी गिरी लगाएत अर्थमन्त्री प्रकाश चन्द्र लोहनी सहित १२५ जनालाई सत्रलाख पचास हजार डलर आर्थिक अनियमितता भएको भनिएको गलैचा काण्डमा भष्ट्रचार निवारण आयोगले छानबिन गरि मुद्धा चलाएपनि पछि निर्दोष भएको भ्रम फिजाईयो । बि।सं। २०५० सालमा घटेको धमिजा काण्डमा नेपाल बायुसेवा निगमले ३९ करोड ५५ लाख घाटा ब्यहोरेको थियो भने यस काण्डका माष्टर माईण्डको रुपमा गिरिजाप्रसाद कोईराला मुछिएका थिए । तर कार्बाही भएन । बरु देशको प्रधानमन्त्री बन्न पुगे । तरपनि उनले राजनीतिक जिबनमा भष्ट्रचारको बिरुवा रोपे । लाउडा काण्डमा नेपाल बायुसेवा निगमलाई करिब दुई अर्ब नोक्सान पुरयाए भने जहाज र कार्यालयनै नभएको चेज एयर सँग बोईङ–७५७ भाडामा ल्याउने सम्झौताका नाममा पून निगमलाई तत्कालीन नेकपा मालेका पर्यटनमन्त्री यमलाल कंडेललाई परिचालन गरि नौ लाख डलर नोक्सान पुरयाएपनि उनको राजनीतिमा पतन होईन झन उज्वल भबिष्य निर्धारण भयो । बरु बिबिध कारणबाट पेलिएर काग्रेस पार्टीको कोटाबाट बिभिन्न समयमा मन्त्री बनेका गोबिन्दराज जोशी,खुमबहादुर खड्का,चिरञ्जीबी वाग्ले र जयप्रकाश प्रशाद गुप्तामात्र भष्ट्रचारी ठहर भै जेल गए ।

बि।सं। २०५६ सालमा भीम बहादुर रावल पर्यटन मन्त्री हुँदा शाही नेपाल बायुसेवा निगमले चाईना साउथवेष्ट जहाज भाडामा लिदाँ २२ करोड घाटा ब्यहोरेको बिषयमा संसदको सार्बजनिक लेखासमितिले अध्यन गरि आर्थिक अनियमितता भएको सार्बजनिक गर्‍यो । तर कार्बाही भएन । तर उनै रावल पछि उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न पुगे ।

बर्तमान समयमा नेपाल बायुसेवा निगमले दुईवटा वाईडबडी जहाजखरिद गर्दा ४ अर्ब ३५करोड ५६ लाख रुपैया अनियमितता भएको छानबिन गर्न गठित संसदिय उपसमितिको अध्ययनले देखाएको छ भने बहालवाला पर्यटनमन्त्री रबिन्द्र अधिकारीपनि संलग्न भएको भनिएको छ । तर उनी बहालवालाकै रुपमा पदमा आसिन छन् ।

माओबादी लडाकु शिबिरको ब्यबस्थापन तथा लडाकुको भरणपोषणको नाममा निकासीत २० अर्ब रुपैयामा आर्थिक अनियमीतता भएको भनि तत्कालीन समयमा युवासंघका तर्फबाट परेको भष्ट्रचार उजुरी सिफारिसका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको भएतापनि तत्कालीन माओबादीका कुनै नेतामाथि कार्बाही भएन । उनीहरु प्रधानमन्त्री र उपराष्ट्रपति बने । अझ भष्ट्रचारले प्रशय पायो । बरु करिब २९ करोड भष्ट्रचार भएको सुडान घोटाला काण्डमा राष्ट्रसेवक कर्मचारीलाई कार्बाही भयो । कुनैपनि तत्कालीन गृहमन्त्रीलाई कार्बाही भएन ।

राजनीतिक संङ्घर्षका क्रममा नौ बर्ष जेलजिबन बिताएका शेर बहादुर देउवाको प्रधानमन्त्रीकालमा त सुरासुन्दरी काण्ड,सरकार जोगाउँन सांसदलाई बैङ्ककसम्म पुरयाउँने काण्ड, संसद खरिदबिक्रि काण्ड,प्रहरी प्रमुख नियुक्तीमा आर्थिक लेनदेनका समाचार बाहिर आउनुका साथै भष्ट्रचार बढेकै हुन् । त्यसमा उनि चोख्खिएका छन् ।मौका परे प्रधानमन्त्री फेरि बन्न सक्छन ।

तत्कालीन नेकपा एमालेसँग नजिक जोडिएर हेरिएको अर्को भारतबाट आउँने सहुलिएत दरको चिनीमा भएको भष्ट्रचार काण्ड चिनीकाण्डले त्यसबेला तहल्कै पिटेको थियो भने आरोपित अहिलेपनि नेकपामै बसेर प्रधानमन्त्री पदको लोभमा छन् । साथै भारतबाट आउँने सहुलियत दरको चिनी त्यसपश्चात बन्द भएको थियो । बि।सं।२०६७ सालमा प्रधानमन्त्रीको निर्बाचन भईरहेका बेला तत्कालीन एनेकपाका नेता कृष्ण बहादुर महरा “अमरसिंह” ले एक चिनियाँ ब्यापारिसँग संसद खरिदबिक्रीका लागि ५० करोड मागेको अडियो सार्बजनिक भयो । तर कार्बाहीका नाममा केहि सुनिएन । बरु अहिले प्रतिनिधि सभा सभामुखको पदमा आसिन छन् ।

भष्ट्रचारसँग सम्बन्धीत चर्चित धेरै काण्डहरु सतहीमा भएका छन् । तर कार्बाही हुँदैनन् । जस्तै नेपाल आयल निगम काण्ड,साझा प्रकाशन काण्ड,चुणामणी शर्मा काण्ड,राष्ट्रपतीलाई किनीएको भनिएको हेलिकप्टरमा भएको आर्थिक अनियमितता लगाएत धेरै घटना छन् जसका आरोपीत अझपनि पद र सत्तामा आसिन छन् । हामी जनता त नेकपाको कार्यकता वा अर्को कांग्रेसको कार्यकता बनेर बसेका छौं । देशका प्रधानमन्त्री भष्ट्रचारीलाई कार्बाही गर्नुको साटो भष्ट्रचार घटाउँछु भन्छन । यसैको सेरोफेरोमा आधारित भएर एउटा गायकले ब्यङ्ग तरिकाले गाएको गितलाई बन्द गर्न आदेश दिन्छन् । यस्तै प्रबृतिले जर्मनीको पसाओ बिश्वबिद्यालयको एकअध्ययनले बताए अनुसार नेपालमा हरेक बर्ष १.५ बिलियन डलरले उत्पादनमा कमि आएको छ भने बार्षिक ०.१९ बिलियन पूँजी पलायन भैरहेको छ ।

तपाइँको प्रतिक्रिया