तीन विशेषता भित्रको नेपाल

-दिर्घराज प्रसाई

(१) ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद्, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल (२) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश (३) विश्वको एक मात्र हिन्दु अभिराज्य । यी तीन विशेषता र गौरवमय पहिचानहरुलाई सम्मान गरेर जसले नेपाल र नेपाली जनताको हित गर्छ त्यही नेपालको सफल व्यक्ति मानिन्छ । राष्ट्रका पहिचान जोगाएर देश निर्माणमा सरिक हुनु राजनीति तथा राजनीतिक नेताहरुको कर्तव्य हो । इतिहासको फेरबदलमा संसारमा ठूलो परिवर्तन आयो ।

नेपालको पहिलो विशेषता भित्रको क्षेत्र हो, पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मान शरोवर र दक्षिणमा गंगानदी । अहिले त्यो पौराणिक भूमि खण्डित भएर पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा हिमालय र दक्षिणमा भारत रहेको छ । यो पूण्यभूमिलाई भारतीय हिन्दुहरु देशभूमि भन्छन् भने भारतलाई कर्मभूमि भन्छन् ।

दोस्रो विशेषतामा नेपालले आफ्नो सार्वभौमसत्ता माथि कहिले पनि विदेशीहरुबाट बिटुलो गर्न दिएन । सार्वभौमसत्तासम्पन्न हिन्दु अधिराज्य नेपालीहरुको गौरव हो ।

तेस्रो विशेषता हो– नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य । नेपाल तथा भारत यी दुई हिन्दुहरुको आधिकारिक थलो हो ।

तर भारतबर्षमा मुसलमान र अंगे्रजजको साम्राज्यको कारण भारतबर्षमा हिन्दुत्व माथि आक्रमण भइरहेको अवस्थामा सन् १९४७ मा स्वतन्त्र भएपछि पनि भारतीय हिन्दुहरुले आफ्नो पहिचान देखाउन सकेका थिएनन् ।

भारतका हिन्दुहरुको अथक प्रयासपछि २०७१ सालको प्रारम्भदेखि हिन्दुवादी राष्टवादी पार्टी (भाजपा) भारतमा अत्यधीक जनताको समर्थनबाट सत्तामा आएको छ । हिन्दुवादी नेता नरेन्द्र मोदी भारतको प्रधानमंत्री बनेका छन् । भारत स्वतन्त्र भएका बेलादेखि भारतीय कांग्रेसले सत्तामा रहेर पनि भारतीय धर्म, संस्कृति र परम्परालाई उठाउन सकेको थिएन । अहिले भारतीय जनता पार्टी सत्तामा आएको छ । भारतमा ८० करोड हिन्दु छन् । भारतीय जनता पार्टीले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्न थालेको छ । भारतले आफूलाई हिन्दु राष्ट्र घोषणा गर्नसक्ने अवस्था छैन । उनीहरु नेपाल हिन्दु अधिराज्यको रुपमा स्थापित रहिरहेको चाहान्छन् ।

हिन्दु अधिराज्य नेपालका हिन्दुहरुको लागि मात्र नभएर भारतका ८० करोड हिन्दुहरु तथा विश्वमा रहेका हिन्दुहरुको लागि गौरवमय पहिचान र प्रतिष्ठा हो । नेपाल र भारतको प्रतिष्ठाको लागि पनि नेपाल हिन्दु अधिराज्यको रुपमा स्थापित रहिरहनु पर्छ ।

२०७२ साल असोज ३ गते नेपाललाई पश्चिमाहरुको दबावमा धर्मनिरपेक्ष घोषणा गरिएकाले नेपाल, भारतका हिन्दुहरु र विश्वका हिन्दुहरु असंतुष्ट छन् । यस अवस्थामा अझै समय छ कि नेपालको नेतृत्वतहमा रहेकाहरुले नेपाललाई राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम गरेर सही अवतरणको बाटो रोजून् ।

तपाइँको प्रतिक्रिया