प्रधान सेनापतिलाई चिट्ठी !

-राकेस कुमार शर्मा

विषय:-प्रधानसेनापति ज्यु लाई चिट्ठी
महोदय,

प्रधानसेनापति ज्यु हजुरसंग भेट गर्ने समय पाउँ भने हजुरले म सर्व साधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला? हजुरलाई म सर्व साधारण नागरिकसँग भेट गर्न समयको अभाव होला । यसकारण चिट्ठी मार्फत संदेश पठाउन खोजेको हो ।

प्रधानसेनापति पूर्ण चन्द्र थापा ज्यु ! हजुर भिमसेन थापाको सन्तान हुनुहुन्छ । हजुरले जंग बहादुर राणाको अवतार लिनुपर्ने भयो । निभेको आगो नतापने बलिरहेको आगो मात्र ताप्न खोज्ने ताक परे तिवारी नत्र गोतामे स्वार्थी, अवसरवादी गद्दार राष्ट्रको अहित चाहने प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएकाहरुलाई खोरमा कोच्नुपर्यो । यो मुलुक बिगार्ने नै जहिले पनि सत्ताको आड र पहुँचमा रहने तथा सत्तामा जो छ उसको चाकरी र गुलामी गर्नेहरु नै हुन् ।

प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र मुलुक चाइना,भारत र अमेरिका आदि जस्ता मुलुकलाई भनिन्छ । प्रधानसेनापति ज्यु हजुरले टुलुटुलु बसेर हुँदैन । पन्चायत कालमा १३३ जना सांसदहरु हुँदा कति धेरै भनिन्थ्यो । अहिले ८८४ जना सांसद हुँदा पनि हामी नेपाली नागरिकहरु मौन किन ? संघीयताले मुलुकको आर्थिक भार थेग्न र धान्न नसक्ने अवस्था छ । संघीयता प्रधानमन्त्री, मन्त्रीपरिषद, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष प्रदेशको मुख्यमन्त्री,मन्त्रीहरू, ८८४ जना सांसद र ७७ जिल्लाका नगर प्रमुख (मेयर) हरुको लागि मात्र हो ।

हाम्रो मुलुक नेपाल वीर गोर्खाली र बहादुरहरुको नामले पनि चिनिन्छ । वीर गोर्खाली वीर बहादुरहरु कता गए ? कता हराए ? यदि म प्रधानसेनापति भएको भए यसरी टुलुटुलु हेरेर बस्ने थिईन । आए परेको बाधा अड्चनहरुलाई सजिलोसंग व्यहोर्नु परे व्यहोर्थें ।

तपाइँको प्रतिक्रिया