चिनियाँ रेलकाे इण्डियन कथा

 

-भरत दहाल

तलका समाचार शिर्षकहरू गहिरिएर हेराैं । काठमाडाैंसम्मकाे चिनियाँ रेलकाे याेजनलार्इ चिनियाँ विज्ञहरूले नेपाल र चीनकाे संयुक्त निर्माण (Joint Construction) भनेर किटान गरेका छन् । तर केपी अाेलीका सल्लाहकार, परराष्ट्रमन्त्री र कांग्रेस नेता रामशरणले यसमा नेपालले लगानि गर्न नसक्ने ठाेकुवा गरेका छन् ।

अघिल्लाे चीन भ्रमणपछि अाेलीले चीनबाट अाउने रेलमा लगानि गर्ने रकमकाे समस्या नहुने बताएका थिए । कत्तिपनि लगानि गर्न नसकिने कुरा अाेलीकाे दिल्ली भ्रमणपछि उठेकाे कुरा हाे । याे माग गर्न लगाएर चिनियाँ रेलकाे परियाेजनालार्इ राेक्न माेदीले अाेलीलार्इ दिल्ली भ्रमणकाे बेला मात्र रक्साैलबाट काठमाडाैं सम्मकाे रेल अनुदानकाे माग गर्न लगाएका थिए । दिल्ली जानु अघि याे मागबारे नेपालकाे साेंचपनि बनेकाे थिएन। दिल्लीले अनुदानमा बनाउने भएपछि चीनले किन नबनाउने भन्ने प्रश्न खडा गर्नकै लागि इण्डियन रेलकाे कुरा अाएकाे हाे।

चिनियाँ विज्ञकाे तलकाे भनार्इले प्रष्ट पार्दछ कि नेपाल-चीन-इण्डिया बीचकाे त्रिपक्षिय अार्थिक करीडाेर विकास गर्ने वा नगर्ने भन्ने कुराकाे छिनाेफानाेकाे प्रश्न इण्डियाकाे हातमा पुगेकाे छ । याे भनार्इले ३ वटा कुराकाे संकेत गर्छ । पहिलाे हाे, नेपालमा लगानिकाे कुरा दिल्लीले तय गर्छ . काठमाडाैंका इण्डियन दलालहरूकाे गफमा कुनै अर्थ छैन । दाेश्राे हाे, स्वतन्त्र ब्यापार संझाैता र लुम्बिनीसम्म चिनियाँ रेल नलगेर अार्थिक विकासमा साझेदारीकाे अाैचित्य छैन । तेश्राे हाे, OBOR परियाेजनासंग नजाेडिएर चीनले रेलमा अनुदान लगानि गर्न सक्दैन । पूर्ण अनुदानमा रेल बनार्इ दिनका लागि चीनकाे सर्त छ भन्ने परराष्ट्र मन्त्रालयकाे श्राेतकाे अर्थ हाे, स्वतन्त्र ब्यापार संझाैता, पारवाहन संझाैता र लुम्बिनीसम्म रेल लैजाने कुरामा सहमति हुने हाे भने चीनले पूरै अनुदानमा रेल लार्इन निर्माण गर्न तयार छ।

जाेसंग पैसा छ, त्यसैले रेलमा लगानि गर्छ भन्ने अाेलीकाे भनार्इले चिनियाँ रेलकाे कथा भाेट माग्न सुनार्इएकाे टुक्का हाे भन्ने तथ्य पुष्टि गर्छ । किनभने उनले लगानि गर्न नसक्ने जानकारि चिनियाँहरूलार्इ दिर्इसकेका छन् भने चीनले पूरै अनुदानमा बनाउन नसक्ने जबाफ दिर्इसकेकाे छ ।

अाेलीकाे चीनसंगकाे कनेक्टीभिटिका सबै कथाहरू दिल्लीमैं लेखिएका हुन् । अब दिल्ली निर्भरतालार्इ जारी राख्ने बहानाबाजिकाे खाेजि सुरू भएकाे छ । अाेलीले सि जिङपीङलार्इ अाफ्नाे उधाराे ब्यापारीक अाश्वासनमा बुर्कुसि मार्ने माधव नेपाल ठानेका छन् र अाम नेपालीहरूलार्इ अाफूलार्इ साक्षात बिष्णुकाे अवतार ठान्ने अाफ्नै झाेले जस्तै देख्न थालेका छन् ।

(स्रोत- दहालको फेसबूक)

तपाइँको प्रतिक्रिया