पत्नी सिताको उपचार गर्न प्रचण्ड सिंगापुर, कहिले आउला जनताले जान्न पाउने दिन ?

नेपाल कम्युनिष्ट पार्टीका नेता, पूर्व प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) सिंगापुर गएको तस्विरसहितको खबर उनैका प्रेस सल्लाहकार विष्णु सापकोटाले राखिदिएपछि बल्ल धेरैले पत्तो पाए । आफ्नी पत्नी सिता दहालको उपचारकालागि उनी सिंगापुर हिँडेका रहेछन् ।

उनकी पत्नी सितालाई के रोग लागेको हो ? नेपालमा उपचार संभव नहुने र बिदेश लैजानुपर्ने सिफारिस नेपालका चिकित्शकले गरेका हुन् कि होइनन् ? कति दिन कुन अस्पत्तालमा बस्ने हुन् ? दहालको उपचार खर्च कसले ब्यहोर्छ ? खर्च कति लाग्छ ? राज्यले ब्यहोर्ने हो कि निजि तर्फबाट ? निजि तर्फबाट ब्यहोर्ने हो भने सुकुम्बासीका नेताकी पत्नीलाई सिंगापुर जस्तो महँगो देशमा उपचार गर्दा लाग्ने खर्च कसरि जुटाए  ? उनको उपचार गर्न बिदेश जाने टोलीमा कोको छन् ? यस्ता महत्वपूर्ण विषयहरु केहिपनि सार्वजनिक गरिएको छैन ।

जनताको मत र समर्थनमा नेता बन्नेहरुले जनताप्रति उत्तदायी बन्नुपर्छ भन्ने हेक्का भएको देखिएन । देशको महत्वपूर्ण नेता हुँदाहुँदैपनि प्रचण्ड आफ्नी पत्नीको उपचारमा सिंगापुर हिँड्दा यस्ता कुरा सार्वजनिक नगरि हिँडे । यसले कि त उनले जनता र पार्टीलाईनै ढाँटेको हुनुपर्छ । वा पार्टीमा स्पष्ठ बताएपनि जनतालाई जानकारि दिनुपर्ने कुनै खाँचो महसुस गरेनन् ।

तपाइँको प्रतिक्रिया