काम भन्दा लालबाबु पण्डितका कुरै चर्का

-सुमन बराल / स्विडेन

सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले नेपाल बाहिर बस्ने नेपालीलाइ “भूपू नेपाली” भन्ने गरेका छन् । उनिहरु ‘देशद्रोही सरह हुन्’ भन्ने अभिब्यक्तिपनि दिने गरेका छन् । यसलाई कसरि बुझ्ने ?

पण्डितलाइ बिदेस जाने मान्छे मन नपर्नु स्वभाविक हो । उनलाई को मन पर्ने वा मन नपर्ने भन्ने उनको आफ्नो निजि कुरा हो । उनको स्वतन्त्रता हो । तर मन्त्रिले आफ्नो निजि कुण्ठा पोखेर मात्रै पुग्छ ? भ्रस्ट र खटाएको ठाउँमा नजाने कर्मचारीलाई ऐन बमोजिम दन्ड जरिवाना समेत गर्न नसक्ने लाचार मन्त्रीले बिदेस बस्ने नेपालीलाइ सरापेर मात्रै समस्याको सामाधान हुन्छ ?

नेपालमै अवसर खोज्नु पर्छ । नेपाललाईनै कर्मथलो बनाउनु पर्छ । जतिसुकै पुस्ता बिदेस बसेपनि त्यहि देशको हुन सकिँदैन । त्यहाँको समाजले ग्रहण गर्दैन भन्ने पबित्र भावना राख्नु जायज हो । तर १२ पल्ट डिभि भर्दा पनि नपरेर निरास भएका, कुनै गतिलो देशले भिसा पनि नदिएका केहि ब्यक्तिले उचालेकै भरमा मन्त्रीले नानाभाती भन्न सुहाउँछ ?

बरु मन्त्रि भएपछि उनले यि काम गर्नुपर्ने, भन्नुपर्ने होइन ?

बिदेसमा भएका आफ्ना नागरिकको लगानी र ज्ञानबाट बिगतमा चिन, भारत लगायतका देशले ठुलो सफलता, फाइदा प्राप्त गरेका छन् । ५० औं लाख नेपाली बाध्यता, रहर अथवा जुनसुकै कारणले बिदेसिएको भएपनि अब सरकारले स्वदेस फिर्तीको अभियान चलाउने छ र उनीहरुलाई पनि देश बिकासको सारथी बनाइने छ ।

विदेशमा गएर पढ्नु, सिक्नु, कमाउनु राम्रो कुरा हो । तर म अब आफ्नै मुलुकमा फर्किन सबैलाइ अनुरोध गर्छु । अब नेपालमा लगानी गर्दा कुनै कर्मचारीलाइ घुस र कमिसन दिनु नपर्ने बनाउँछु । कुनै टोले गुण्डालाइ भत्ता दिनु पर्ने अवस्था रहन दिँदैनौं । राजनीतिक दललाइ चन्दा दिनुपर्ने जस्ता कुराको अन्त्य गर्ने प्रत्याभूति दिलाउन चाहन्छु । गैह्रकानुनि काम गर्नेलाइ हदैसम्म दण्ड जरिवाना गरेर नेपालमा लगानीको बाताबरण बनाउन सरकार अघि बढि रहेको छ ।

आफू बसेको बाताबरणमा सुरक्षित महसुस गरेनन भने पशुपन्क्षीले त ठाउँ परिबर्तन गर्छन् । मानिसले त झन अवसर पाउँदा राम्रो ठाउँ जानुलाइ सामान्य रुपमा लिनुपर्छ । साथै, विदेशमा स्थाई रुपमा बसोबास गर्ने सबै नेपाली फर्किनैपर्छ भन्नेपनि छैन । वहाँहरुले विदेशमै बसेर पनि आफ्नो मातृभुमिप्रतिको कर्तब्य पुरा गर्न सक्नुहुन्छ । अर्थात आफूले नेपालमै लगानी गर्ने, नेपालको पर्यटनको प्रवर्धन बिदेसमा गर्ने, आफ्नो सिप र ज्ञान नेपालसंग साटासाट गर्ने, आफु र आफ्ना सन्ततिले अन्य देसलाइ भन्दा नेपाललाइनै पर्यटनको पहिलो गन्तब्य बनाउने, आफु बसोबास गर्ने देशको सरकारसंग समन्वय गरेर लगानी भित्र्याउने, सहयोग आदन प्रदान गर्ने लगायत धेरै काम गर्न सकिन्छ ।

“विदेशमा हुने मध्ये नेपालमा लगानी गर्ने आर्थिक क्षमता नहुने वा विविध कारणले गर्न नचाहनेकै बाहुल्यता छ । करिव ५० लाख मध्ये ९० प्रतिशत भन्दा बढि त मासिक १०,१५ हजार पनि बचत नहुने गरि रगत पसिना बगाएर भएपनि परिवार पाल्नकै लागि बिदेशिन बाध्य छन् । अब सरकारले आफैं कलकारखाना खोलेर, निजि क्षेत्रसंग सहकार्य गरेर सबै नेपालीको रोजगारीको हकको रक्षा गर्ने छ । रहरले विदेश जाने अर्कै बिषय हो । तर गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको प्रत्याभूति नभएकै कारण विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने छ ।

बिकशित देशमापनि सबैको अवस्था राम्रो छैन । खाडी मुलुक लगायत नेपालीको गन्तब्य हुने धेरै मुलुकमापनि सबैको राम्रो तलब सुबिधा छैन । अब बिदेसमा नभई आफ्नै देसमा रगत पसिना बगाउन फर्किनुस् । अब सरकार, निजि क्षेत्र र नागरिकको सहकार्यमा अत्यन्त पछि परेको देशलाइ तिब्र बिकासको गतिमा लग्नुपर्छ ।

सकेसम्म नेपालको पैसा र सम्पत्ति नेपालमै लगानी गर्नुस् । बिदेस लग्नुनै हुन्छ भनेपनि निस्चित प्रक्रिया पूरा गरेर, राज्यलाइ कर तिरेर बैधानिक तरिकाले लग्नुहोस । नेपालको पैसा बिदेस लग्नै दिन्न भनेर हामीले दाह्रा किटे जसरीनै अन्य देसका मन्त्रीले पनि दाह्रा किट्ने हो भने वैदेशिक लगानी कसरी भित्रीन्छ ?

म अझै पन्डितको शब्दमा “भूपू नेपाली” भइसकेको छैन । नेपाली नागरिकता र पासपोर्टनै छ । साथै पन्डित इमानदारनै छन् जस्तो लाग्छ । तर उनले गर्नुपर्ने काम नभई जे कुरा बोलिदिँदा बढि बहस (पक्ष र बिपक्ष दुबै) हुन्छ, त्यति मात्रै बोलेर नबसुन् । गर्नुपर्ने र गर्न सकिने काम (भ्रस्ट लाई बर्खास्त गर्ने, प्रबिधिको भरपुर प्रयोग गरेर जनतालाइ छिटो, छरितो र पारदर्सि सेवा दिने लगायतका जनसरोकारका काम) भटाभट गरून् । शुभकामना !

(बरालको फेसबूकबाट)

तपाइँको प्रतिक्रिया