सत्तामा नहुँदा राष्ट्रियताको राग, सत्ता पाएपछि चुपचाप

 – भोला लामिछाने, यूरोप

नेपाली कांग्रेस सत्तामा हुँदा एमालेले नाकाबन्दी नाकाबन्दी भन्दैमा बितायो । नेपाली जनतामा ‘वाह राष्ट्रीयता’ भन्ने बनायो । राष्ट्रीयताको सवालमा कांग्रेसले भारतसँग घुडा टेक्दै उसैको पछी परेको भन्दै गाली गरेर बितायो । चुनावी माहौलसम्म आईपुग्दा वाह एमाले भन्नेपनि बनायो । त्यो बाहेक केही नहुने रहेछ भन्ने कुरा अहिले एमाले सत्तामा हुँदा प्रमाणीत भएर आयो ।

चुनाव अघि नाकाबन्दी बाहेक केही नभनेको एमाले चुनाबपछि सरकार बन्यो । अहिले अन्य कुरा भनेपनि नाकाबन्दी भन्ने शब्दको उच्चारणसम्म गरेको छैन । किनभने अब यो भन्ने पालो त नेपाली कांग्रेसको पो रहेछ । हिजो सत्तामा छँदा भारतीय नाकाबन्दी बारेमा चुपचाप लागेको कांग्रेस आज नाकाबन्दी बारे बोल्दैछ । सबै सत्ताका लागी भारतको चाकडीबाज गर्दा रहेछन् । वाह नेपाली राजनीति !

नेपाली राजनीतिक दलहरुको मुख्य उदेश्य सत्ता प्राप्तिकालगि मात्रै रहेछ । जब उनीहरू सत्ता प्राप्त गर्छन तब गफ र घोषणाहरूका चाङ लगाउँछन् । यसले के स्पष्ट पार्छ भने सत्ता जोगाउने भए भारतलाई गाली नगर्नु । भारतको विरोध नगर्नु । भारतलाई नचिडाउनु । नत्र आज एमाले प्रतिपक्षमा हुन्थ्यो र नेपाली कांग्रेसको नेतृत्वको सरकारले मोदी भ्रमणमा यो सरकारले जे जे गर्यो त्यही त्यही गरेको भए एमाले कानका जाली फुट्ने गरी कराउँथ्यो । जसरी अहिले नेपाली कांग्रेस कराईरहेको छ । वाह नेपाली राजनेता !

तपाइँको प्रतिक्रिया