हतियारसहित पक्राउ परेका गुण्डालाई रिहाइ गर्न माग गर्दै कांग्रेस कार्यकर्ताको राँके जुलुस

-राजेश रेग्मी / बनेपा

नेपाली कांग्रेसले आफ्नो पार्टी गुण्डा र हतियारधारीका पक्षमा उभ्याएको छ । गैह्र कानुनी रुपले हातहतियार राखेका गुण्डाहरुका नाईके गणेश लामा रंगेहात पक्राउ परेका थिए । कानुनको खिल्ली उडाउने, समाजमा आतंक फैलाउने र हतियार बोकेर हिँड्नेलाई पक्राउ गरेकोमा आपत्ती जनाउँदै उसको रिहाईको माग गरेर नेपाली कांग्रेस पार्टीले आफूलाई गुण्डाहरुको पक्षमा उभ्याएको हो । कांग्रेसका हजारौं कार्यकर्ताले काभ्रेको सडकमा राँके जुलुस बालेर गणेश लामाको पक्षमा नारा जुलुस गरेका छन् । आक्रोशित जुलुसलाई प्रहरीले रोक्न खोज्दा सुरक्षाकर्मीसित झडपसमेत भएको छ ।

बुधबार राती लामा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । त्यस साँझ होटेल पशुपती भिजनमा गोली चलेपछि प्रहरीले छापा मार्दा लामा हतियारसहित पक्राउ परेका थिए । यसरि रंगे हात हतियारसहित पक्राउ परेका गुण्डाको पक्षमा नेपाली कांग्रेस पार्टीनै लागेर रिहाईको माग गरेको हो  ।

काभ्रेको गोदामचोकबाट निस्किएको कांग्रेस कार्यकर्ताको जुलुस बनेपातिर अगाडि बढेको बेला प्रहरीसित झडप भएको हो । कांग्रेस कार्यकर्ता आक्रोसित थिए । तिनले बिभिन्न आपत्तीजनक नारा लगाएका थिए । हात हातमा राँके जुलुस बोकेका हजारौं कार्यकर्ता बनेपा बजारमा आक्रोशित देखेपछि अप्रिय घटना नहोस् भनेर प्रहरीले जुलुसलाई रोक्न खोजेको थियो । त्यहि बेला प्रहरीसित कांग्रेस कार्यकर्तासित झडप भएको हो । बनेपा बजारमा राँको बोकेर कांग्रेस कार्यकर्ताले गणेश लामालाई रिहाई गर्नुपर्ने माग गर्दै निकैबेर नारा जुलुस गरे । कार्यकर्ता बनेपा बजारको भित्रि भागसमेत पस्न खोजेका थिए ।

लामा अभियुक्त हुन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले लामालाई अनुसन्धानका लागि समय दिएको छ । प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहँदा कांग्रेस कार्यकर्ताले गणेश लामाको पक्षमा राँके जुलुस निकालेको हो । लामालाई उनीहरुले बिनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

लामा नेपाली कांग्रेसका कार्यकर्तापनि हुन् । लामाले नेपाली कांग्रेसको पक्षमा बेला बखत गुण्डाहरु परिचालित गरिदिने गरेको भनाई धेरैको छ । उनको नाम कांग्रेसका केहि नेतासितपनि जोडेर आउने गरेको छ । राँके जुलुसमा कांग्रेस कार्यकर्ताले लामा कांग्रेस कार्यकर्ता भएको खुलेरै नारा लगाएका थिए ।

तपाइँको प्रतिक्रिया