राष्ट्रनै बिदेशीलाई सुम्पेपछि शरिर सुम्पनु के औचित्य ?

-बलराम गिरी

 

यस पंत्तिकारको छिमेकी जिल्ला लम्जुङ्गको एउटा गाउँमा एक बृद्घा थिए उनको वास्तबिक नाम प्रायः लाई थाहा नै थिएन तर सबैले उनलाई साइलीटारे बूढा भनेर चिन्थे उनी प्रायः तुरतुरे (तनहूँ) को भारी चेपेघाटकदलीकुलो (गोरखा) हुँदै लम्जुङ्गका सातबिसे, साइलीटार तथा अल्काटारसम्म पुर्‍याउने गर्थे। आफूभन्दा ठूलो भारीले थिचिएर बूढा ओहोर दोहोर गरिरहन्थे केही दिन बूढा गायब भए हामीलाई खुल्दुली लाग्न थाल्यो कहाँ गए होलान् बूढा भनेर केही दिन पछि बूढा फेरि हातमा नाम्लो झुण्डाउँदै फाटेको टोपीले पसिना पुछ्दै देखा परे केही दिन गायब हुनुको कारण थाहा लाग्यो उनलाई परिवारका सदस्यहरुले अब भारी हामी बोक्छौं, तपाईं घरमा नै बसेर हामीलाई सहयोग गर्नु भनेकाले काम छोडेका रहेछन् तर सानै देखि लागेको बानीले बूढाको मन धैर्य भएनछ बूढालाई केही दिन भारी नबोक्दा छटपटी भएछ नाम्लो बोकेर झरेछन् तिनै साइलीटारे बूढाको सिको राजनीतिका चतुर खेलाडी कान्छा कोइरालाले पनि पटकपटक हरप्रयास गर्दै आए भलै यसपालि कोइरालाले भारी बोक्न संविधानसभाको चुनावमा दुई दुई क्षेत्रबाट पराजित माधब कुमार नेपाललाई खेतालो लगाएका छन्

 

हरेक बस्तुको जन्म पछि मृत्यु अर्थात् अन्त्य विज्ञानको बिशेषता नै हो त्यस्तै अन्त्य माकुने नेत्रित्वको कठपुतली सरकारको पनि हुने गिरिजा स्वयंले स्वीकारेको निकट भविष्य हो यदि अहिलेको सरकारको आयु पूर्ण भन्ने बिश्वास गिरिजालाई भएको भए प्रचण्ड सरकारलाई हटाउन देशी बिदेशी प्रतिक्रियावादीको इशरामा दरवारका पृष्ठपोषक प्रधानसेनपति कटुवाललाई काँधमा बोक्ने थिएनन् । आफ्नै दलबाट राष्ट्रपति बनेका सालिन भद्र देखिने डा.रामवरण यादवलाईसमेत पदीय संविधानले दिएको अधिकारभन्दा बाहिरको निर्णय गराउन लगाएर संवैधानिक राष्ट्रपतीय पद्धतिको खिल्ली उडाउने थिएनन् । स्वयं डा.यादवको ब्यत्तित्वलाई नै धरापमा पार्न सफल कोइरालाले माधब नेपाललाई  प्रधानमन्त्रीको लागि किमार्थ उक्साउने थिएनन्

 

 २०६४ को संविधानसभामा आफ्नो पार्टीको र्सबनाक हार भएर सरकारमा बसिरहने नैतिकता गुमाइसक्दा पनि आफ्नै पार्टीको आफैले नेतृत्व गरेको अन्तरिम सरकारबाट सहज नहटी नया सरकार गठनमा अवरोधका अनेकौं तिकडमकासाथ राष्ट्रपतिको श्रीपेचमा अधिक चेष्टा गर्दै कहिले बेबी किङ्ग कहिले सेरिमोनियल राष्ट्रपतिको वकालत गर्दै कुर्सीमा टाँसिदै फेरि कुर्सीनै समात्न तम्सिएको यथार्त इतिहास मात्र एक बर्ष पुरानो हो त्यति बेला कोइरालालाई प्रायः सबै दल, नेता नागरिक समाजका अगुवाहरुले एक सम्मानित अभिभावक भएर बस्न बिनम्र अनुरोधकासाथ तपाईंले आफ्नो कर्तव्य पूरा गरिसक्नु भएको , अब राष्ट्रको भारी हामी बोक्छौं भनेकै हुन् प्रधानमन्त्री हुने जनमत नभए पछि पनि राष्ट्रपति हुने सपना भने पलपल देखेकै थिए तर जब राजनीतिक यात्राले सहमतीयबाट गणितीय लेखाजोखामा कोल्टे फेर्यो तबमात्र उनका खुट्टा लुला भए राष्ट्रपतिको चुनावमा एमालेले रातारात सुहागरातको ओछ्यान फेर्ने भेउ पाएका भए कोइरालाले रामवरण यादवलाई उठाउने नै थिएनन् एमालेले अर्कै बेहुलासँग मनाएको सुहागरातबाट नै डा.रामवरण यादव गणतन्त्र नेपालका पहिलो राष्ट्रपति बने

 

दश वर्षे माओवादी जनयुद्ध, माओवादी सात संसदिय पार्टीबिच भएका बाह्र बुँदे तथा तेइस बुँदे समझदारी एवं उन्नाइस दिने जनआन्दोलन हुँदै अन्तरिम सरकारको प्रत्यक्ष संलग्नतामा सम्पन्न भएको संविधानसभा चुनावको सफलता पछि दुई सय चालिस वर्षे राजतन्त्रलाई बिदा गरी गणतन्त्र नेपालको घोषणा गरिएको पनि ज्येष्ठ १५ गते एक बर्ष पुग्दैछ २०६७ साल ज्येष्ठ १५ गते भित्र गणतन्त्र नेपालको संविधान निर्माण गरी सक्ने मुख्य कर्तव्यकासाथ गठन गरिएको  संविधानसभाको सबैभन्दा ठूलो दल ने..पा.माआवादी तथा प्रचण्डले नेतृत्व गरेको सरकारको बहिर्गमन पछि संविधानसभाको तेस्रो ठूलो दल ने..पा एमाले अर्थात् जनताले हराएका माधब कुमार नेपालले गरेका छन् कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैं हाम्रो देश नेपालमा भइरहेको

 

निबर्तमान प्रचण्ड सरकारलाई गण्तन्त्र नेपालको पहिलो जननिर्बाचित सरकार भने पनि सरकारमा दलहरुबाट सहभागी भएका अनुहारहरुमा जनताबाटै हराइएका पात्र पनि थिए त्यसो अहिले संविधानसभाको सदनबाट निर्बिरोध निर्बाचित भनेर डंका पिटिएका माधब कुमार नेपाल नै काठमाडौं बाट माओवादीका झक्कुप्रसाद सुबेदी तथा रौतहट बाट पनि माओवादीकै देबेन्द्रप्रसाद पटेलसँगको चुनावी मैदानमा जनताले हराएका पराजित ब्यक्ति हुन् जनताले हराएका ब्यक्तिको नेतृत्वमा बनेको सरकारले कुनै पनि चुनावी प्रक्रियाबाट बन्ने जनप्रतिनिधि सरकारको परिभाषा मान्यतालाई पुष्टि गर्न सक्छ ? गठनकै प्रत्रियामा रहेको माकुने सरकारमा नेपालको इतिहासमा नै प्रथम महिला रक्षामन्त्रीको पगरी गुथाइएकी नेतृ बिद्यादेवी भण्डारी पनि काठमाडौं बाट नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित पात्र हुन् स्मरण रहोस् बिद्यालाई पराजित गर्ने सुप्रभालाई राज्यमन्त्री समेत बनाइने छैन इश्वर पोख्रेललाई पराजित गर्ने नरहरि आचार्यलाई नै मन्त्री बनाइने यदि गणतन्त्र नेपाल तथा नया नेपालको नयानया सरकार गठन गर्ने नया खेलमा जनप्रतिनिधि सरकारको कलेबरभित्र सबै हरुवाहरुकै जमघट गराउने प्रथा नै बसाल्ने हो भने यो नव गठित कठपुतली सरकारमा समावेश दलहरुमा त्यस्तो योग्यता पुगेका आदरणीय नेतागणको जमात ठूलै

 

ने..पा.एमालेमा झापा बाट माआवादीका बिश्वदीप लिङदेल लिम्बुसँग पराजित के.पी.ओली, नेपाली कांग्रेसका नरहरि आचार्यसँग काठमाडौं बाट पराजित इश्वर पोख्रेल, बर्दिया बाट माओवादीकी सरला रेग्मीसँग पराजित बामदेव गौतमलगाएत कयौं छन् त्यस्तै नेपाली कांग्रेसमा पनि गोबिन्दराज जोशी, कृष्ण प्रसाद सिटौला, दलित कोटाबाट पनि मान बहादुर बिश्वकर्मालगाएतका पात्रहरु अन्य दलहरुमा पनि प्रशस्तै छन्

 

हुन एमालेले जनताबाट पराजित पात्रलाई नै बरिष्ठ नेता, मन्त्री तथा अन्य पदमा बढुवा गर्ने विधान नै बनाइसकेको नगर्नु नाटक मञ्चन गर्नु नै पर्ने भए पछि लोकले देख्दैमा हाँस्नु पर्ने पात्रहरुलाई स्टेजमा उतार्न सकियो भने मुक दर्शक बनाइएका जनताहरु पेट मिचीमिची हाँस्ने थिए सम्भव भएसम्म गणतन्त्र दिवसको सम्बोधनमा नै हरुवाहरुका प्रतिनिधि पात्र माधब नेपालले नै त्यस्ता पात्रहरुको नाममा सूचना प्रकाशित गरी छनौट गर्ने प्रतिबद्धता जनाए कसो होला ? ठूलो खर्च संघर्ष गरेर जनताले जिताएर पठाएका कयौं सक्षम नेता दललाई नै किनारामा राखेर हरुवाहरुको मात्र समूह खडा गर्न सफल देशी बिदेशी प्रतिक्रियावादीहरुलाई आफ्नो निर्देशनमा चलेको नेपाली सरकारी नाटक हजाम होला खुबै रमाइलो मानीमानी हाँस्लन् तर करोड ६५ लाख नेपाली जनतालाई नाटक किमार्थ चाहिएको छैन नेपाली जनताले यस्तै नाटक हेर्नकोलागि दश बर्षो जनयुद्ध लडेका होइनन् । न उन्नाइस दिने जनआन्दोलन नै गरेका हुन् यही नाटक हेर्न भनेर ऐतिहासिक संविधानसभाको चुनावमा उत्साहपूर्वक सहभागिता जनाएका हुन् जनताको अथाह संघर्ष र बलिदानीपूर्ण आन्दोलनको भर्‍याङ चढेर सत्तासिन हुने क्रममा लामबद्ध राजनीतिक दल तिनका नेताबाट नेपाली जनताले चाहेको सुसाशन, स्थायी शान्ति बिकास एवं मुख्य कुरो तोकिएको समयमा नै जनमुखी संविधानको लेखन नै हो तमाम् गर्नु पर्ने जनता राष्ट्रकै प्रमुख कार्यहरुलाई पाखा लगाई सत्ताको फाहोरी खेलमा रम्ने अधिकार जनताले कसैलाई दिएका छैनन् जनताका भावना आकांक्षलाई लात हान्ने दल नेताहरुको कित्ता इतिहासले अबश्य छुट्याउने

 

जनताको बिरोध असहमति ब्यक्ति बिशेष भन्दा जनताबाटै पराजित ब्यक्तिहरुलाई नै सरकारमा नियुक्ति गर्ने प्रथा बिरुद्ध हो प्रचण्ड सरकारले नै संविधानसभाको महत्वलाई आत्मसात गरी तोकिएको समयमा नै जनसंविधान बनाउँछ भन्ने बिश्वास भरोसा जनतामा थियो तर बिडम्बना ! प्रचण्ड सरकार नै स्थायी हुन सकेन मर्यादाक्रम जनप्रतिनिधि सरकार गठन प्रक्रियाको मान्यता अनुसार तात्कालिन प्रमुख प्रतिपक्ष दल अर्थात् संविधानसभाको दोश्रो ठूलो दल नेपाली कांग्रेसले यो सरकारको नेतृत्व गर्नु पर्ने थियो तर क्रमभंग गरी प्रचण्ड सरकारमा नै रहेर प्रतिपक्षको भूमिका खेलेको तेश्रो ठूलो दल एमाले अर्थात् माधब नेपालले गर्न पुगे गत आइतबारको बीबीसी सेवाको एउटा कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पाडेलले हामी सबैले सरकारको नेतृत्व गरिसकेकोले अबको पालो माधब नेपालको नै थियो भनेर ठोकुवा नै गरे यो कालेकाले मिलेर खाउँ भाले भने झैं भएन ? यदि माकुने सरकार पनि ढल्ने दिन आयो भने ? नआउला भन्न सकिदैन

 

धेरै नै भयो पूर्व पञ्चहरुले सत्ता नचलाएको । पालो अब पञ्चहरुको भनेर माधब नेपाल जस्तै पराजित सूर्य बहादुर थापालाई प्रधानमन्त्री बनाउन कांग्रसीहरु तयार छन् ? माधब नेपाल प्रधानमन्त्रीमा नियुक्ति भएकै दिन भारतीय सञ्चार माध्ययमहरुले नेपालमा भारतीय मुलका ब्यक्ति प्रधानमन्त्रीमा नियुक्ति भनिसकेको अबस्था स्वयं नेपालले प्रधानमन्त्रीको शपथ नै नलिइकन भारतीय राजदूत सुदलाई भेट्नुले पनि यो कठपुतली सरकारको औचित्यलाई थप पुष्टि गर्छ   

 

नेपाली कांग्रेसले देशी बिदेशी प्रतिक्रियावादी शक्तिहरुको इशारामा फलाम काट्न फलामकै प्रयोग अर्थात् नेपालमा हाबी हुँदै गएका बामपञ्थी शक्तिहरुलाई जुधाएर खत्तम पार्ने सुनियोजित रुपमा नै एमालेलाई सत्ताबाट अलग्याई फेरि सत्तामा नै उकालिएको गम्भिर षडयन्त्रलाई एमालेले आफ्नो बिजय ठान्नु अति दूर्भाग्य हुनेछ निश्चित यो सरकारको भविष्य सुखद छैन माकुनेलाई नै प्रधानमन्त्री बनाउन हस्ताक्षरको झोली थापेर हिड्ने सहयात्री दलहरु बीचमा भागबण्डा नमिलेर नै यो सरकार आतिनेछ त्यस्तै सदनको सबैभन्दा ठूलो दल ने..पा.माओवादी नै सरकर बाहिर यो सकारको खिलाफमा जबसम्म माओवादी पनि सरकारमा सामेल हुने या ठूलो दलको हैसियतले पुनः सरकारको नेतृत्व गर्ने सहमतिको आधार बन्दैन तबसम्म कुनै सरकार नै स्थायी हुन्छ दिगो शान्ति, बिकास संविधान लेखनले नै पूर्णता पाउँछ मुखले रामराम बगलीमा छुरा राखेर माओवादीलाई सरकारमा सहभागी हुन आव्हान गर्नुको कुनै औचित्य नै छैन ब्यवहारत बिभिन्न कोणबाट माओवदीलाई एक्ल्याउने कसरत नै अघि बढिरहेको

 

निश्चत रुपमा देशी बिदेशी प्रतिक्रिवादीहरुको इशारामा गिरिजा, के.पी. ओली कटुवालहरु अनि मुख्यतः यी नै तीन पात्रहरुको इशारामा नै माकुनेले सरकारको गाडी हाँक्ने छन् जुन संकेत नेपालले अस्ति गरेको पहिलो सम्बोधनमा नै इंगित गरिसकेका छन् धेरै ठूलो प्रतिक्षा पछि प्रधानमन्त्रीको दौरासुरुवाल सिलाएर पहिर्राईदिने हितैषीहरुको लक्ष्मणरेखा यिनले किमार्थ काट्ने छैनन् उक्त गाडीको सवारमा दुई सय चालिस वर्षे राजतन्त्रलाई जितेका नेपाली जनताहरुले हार्नेछन् राष्ट्रले हार्नेछ तर नेताहरुले भने जित्नेछन् देश जनताले हारेर नेताले जित्नु भनेको नै देशी बिदेशी प्रतिक्रिवादीहरुले जित्नु हुनेछ स्वस्थानीको कथामा महादेवले सत्यदेबीसँग जुवा खेल्दा महादेवले सर्वस्व हारे पछि सत्यदेबीले जिस्काउँन थालिन् महादेवले अब बाँकी रहेको आफ्नो शरीर नै दाउमा थाप्ने निर्णय सुनाउँदा सत्यदेबीले भनेकी थिइन्हे ! भोले, तपाईंको शरीर यसै पनि मेरै हो जब मेरो तपाईं तपाईंको हूँ भने शरीर नै किन दाउमा राख्नु पर्यो त्यस्तै हविगत हाम्रा नेताहरुको पनि नहोला भन्न सकिन्न जब राष्ट्र नै ख्वामितलाई सुम्पिसके पछि उनका चरणमा हे, प्रभु अब मेरो शरीर मात्रै बाँकी यो पनि सुम्पिऊँ कि भन्नुको के नै औचित्य रहन्छ ? 

 

 

(लेखक पालुण्टार, गोरखाका हुन् । हाल उनी साउदी अरब, अलखोबरमा कार्यरत छन् )

तपाइँको प्रतिक्रिया