किन र कसरि शुरु भयो युद्द सिरियामा, के भैरहेछ अहिले ?

सिरियामा युद्द १५ मार्च २०११ बाट शुरु भएको हो । तर त्यो युद्द शुरु हुनु अघिनै सिरियामा बेरोजगारी, भ्रस्टाचार, राजनितिक स्वतन्त्रता र राष्ट्रपती बेसार अल आसादको सरकारले राज्य दमन गरेको आरोप लगए । सिरियालीहरुले भन्दा बढि आरोप अमेरिकी र अन्य पश्चिमाहरुले लगाउँदै आए । आसाद सन् २००० मा राष्ट्रपती बनेका हुन् । यस अघि उनैका पिता राष्ट्रपती थिए ।

सन् २०११ को मार्चमा सिरियाको दक्षिणी शहर देरामा प्रजातान्त्रकालागि भन्दै आन्दोलन शुरु भयो । सरकारले यसमा दमन गर्‍यो । आन्दोलनकारिहरु झनै उत्तेजित भए । यो आन्दोलन देशभरिनै फैलियो । आन्दोलनकारीले राष्ट्रपतीको राजिनामा मागे ।

अन्दोलन झन चर्किँदै जाँदा राष्ट्रपतीका बिरोधी र आन्दोलन मच्चाउनेले हतियार उठाउन थाले । यसमा अमेरिकाले भित्रभित्रै हतियार दिएर आन्दोलनकारिहरुलाई सहयोग गर्‍यो । शुरुमा तिनले आफ्नै सुरक्षाकालागि भन्दै प्रयोग गरे । बिस्तारै आफ्नो क्षेत्रमा सरकारी सुरक्षा अधिकारीहरुलाई लखेट्न प्रयोग गर्न थाले । राष्ट्रपती आसादले यो हतियारसहितको आन्दोलनमा बिदेशी आतंककारीहरुले उचालेको र घुसपैठ भएको भन्दै झन दमन गरे । यसपछी अमेरिका लगायतका आसाद बिरोधी पश्चिमा देशहरुले देशैभरि हतियारसहितका लडाकू दस्ताहरु तयार गर्न सहयोग गरे । तिनले सिरियालाई आफ्नो कब्जामा लिने र राष्ट्रपतीलाई हटाउने भन्दै हतियारसहित आक्रमण गर्न थाले । राष्ट्रपती आसादलेपनि दमन गर्दै गए । देशैभरि ग्रिहयुद्द चर्कियो । सिरिया सरकारको भनाईमा आतंककारीहरुले आन्दोलन छेडेकाले त्यसमा रसिया सरकारले बिद्रोहीहरुलाई निस्तेज पार्न भन्दै सिरियाली सरकारलाई सहयोग गर्न थाल्यो ।  सिरियाको मामिलामा विश्व दुई कित्तामा बिभाजित जस्तो देखियो ।  अमेरिका र रसिया दुईतिर लागेपछि ग्रिहयुद्द उत्कर्षमा पुग्यो

अमेरिकी सरकारले मानव अधिकारको हनन भएको, प्रजातन्त्र खतरामा परेको जस्ता अनेक आरोप लगाएर हतियारधारी आन्दोलनकर्मीलाई सहयोग गर्‍यो । यद्दपी उसले बाहिर हतियारसहित सहयोग गरेको कुरा नकार्दै आयो । भित्रभित्रै हातहतियारसहित सहयोग गर्‍यो । उता रसियाले भने सिरियाको सरकारलाई सहयोग गर्न थाल्यो । सिरिया मूलत अमेरिका र रसियाको हातहतियार परिक्षण गर्ने, बेचेर दाम कमाउने, एक देशले अर्कोलाई सिध्याउने खेल मैदान बन्यो । बिस्तारै यो ग्रिहयुद्दमा सउदी अरेबिया, टर्की लगायतका देशपनि मुछिँदै गए । ग्रिहयूद्द झन झन गम्भिर बन्दै गयो ।

जिहादिस्त र आइ एस जन्माउने अमेरिकी संलग्नता

(चित्र- आइ एच एस कन्फ्लिक्ट मोनिटर)

द्वन्द निगरानी समूह आई एच एसका अनुसार गएको एक वर्ष सिरियामा सबैभन्दा बढि लड्ने आई एस लडाकूहरु हुन् । १ अप्रिल २०१६ देखि ३१ मार्च २०१७ मा भएका आक्रमण मध्ये अधिकांश राष्ट्रपती आसादको सैन्य शक्ति बिरुद्द केन्द्रित थियो । १७ प्रतिशत आक्रमण भने अमेरिकी गठबन्धनको सहयोगप्राप्त सिरियन डेमोक्रेटिक फोर्सेज बिरुद्द थियो । यो समयमा अमेरिकी गठबन्धनले राष्ट्रपती बिरुद्दको हमलालाई तिब्र पारेको थियो । बाँकि ४० प्रतिशत सुन्नी बिरोधी समूहबिरुद्द लक्षित थियो ।

यसको अर्थ अमेरिकाले आसादलाई खत्तम पार्न सहयोग गरेकाहरुले सिरियाली सरकार बिरुद्द आक्रमण तिब्र बनाए । द्वन्द निगरानी समूह आइ एच एसका मध्यपूर्वस्थित विशेषज्ञ कोलम्ब स्ट्राक भन्छन् ‘अमेरिकी नेत्रित्वको गठबन्धनको हथौडानै सिरियाली सरकारमाथि प्रहार गर्ने हो । भन्नलाई अलिकति अहज लागेपनि वास्तबिकता के हो भने सिरियाली सरकारलाई कमजोर बनाउन अमेरिकाले जति अन्य बिद्रोही समूहहरुलाई सहयोग गर्दै जान्छ उति ईस्लामिक राज्य खडा गर्न चाहने समूह र जिहादिस्तहरुले फाईदा उठाउँदै जान्छन् ।’

कसको कति भूभाग कब्जामा ?

सिरियाको सरकारले सिरियाका मुख्य चार वटा शहर मात्रै आफ्नो नियन्त्रणमा राख्नसकेको छ । बाँकी भाग बिभिन्न लडाकू समूहले कब्जामा राखेका छन् । सिरियन अब्जरभेटोरी फर ह्युमेन राईट्सका अनुसार जिहादिस्त र सरकार बिरोधी लडाकूहरुले १५ प्रतिशत भूगोल कब्जा गरेका छन् । कुर्दिस्त लडाकूहरुले भन्न त ‘हामी सरकारी सेना र बिद्रोही कसैलाईपनि समर्थन गर्दैनौं’ भन्छन् । तर ब्यवहारमा अमेरिकी सेनाले जता समर्थन र सहयोग गरेको छ त्यसैलाई सहयोग गरिरहेको छ । यिनले सिरियाको टर्कीसितको सिमा क्षेत्र र उत्तरपूर्वी भागमा कब्जा जमाएका छन् । आइ एसले राक्का शहर लगायत केन्द्र र उत्तरी भेगको धेरै भूभाग कब्जामा राखेका छन् ।

किन रोकिएन ग्रिहयुद्द ?

सरकार बिरोधी आन्दोलन चल्दा चल्दै अमेरिका, रसिया, सउदी अरेबिया, ईरान यि चार देशको स्वार्थ गढ्यो । यिनले हात हाले । क्षेत्रिय र विश्व शक्ति राष्ट्रसमेतले हात हालेपछि स्थिति गम्भिर बन्दै गयो । मुख्यगरि रसियाले राष्ट्रपती आसाद र अमेरिकाले बिद्रोहीहरुलाई अर्थ, हतियार र अन्य सहयोग दिन थालेपछि ग्रिहयुद्द गम्भिर रुपले चर्कियो । सिरियालीहरुका हात हातमा हतियार थमाइदिन थाले । अमेरिकाले बाहिर बाहिर ‘होइन, सहयोग गरेको छैन, हतियार दिएको छैन’ पनि भन्ने । ‘मानव अधिकारको पालन गर्नुपर्‍यो सिरियन सरकाले’ भनेर चर्किने तर भित्रभित्र आफैंले बिद्रोहीहरुलाई हतियार दिने गर्‍यो । गरिरहेको छ । रसियाले सिरियाली सरकारलाई सहयोग दिएको छ । तर मानव अधिकारबादी, स्वतन्त्र मेडिया र सिरियामा स्वतन्त्र तवरले मानव अधिकारको निगरानी गरिरहेका संस्थाहरुले स्पष्ठ पारेका छन्, अमेरिकाले हतियार बाँडेको छैन भन्ने भनाई झुटो हो । भित्र भित्रै अत्याधुनिक हतियार बाँडेको छ । अमेरिकी सहयोगको आक्रमणमा धेरै क्षती भएको छ ।

अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले राष्ट्रपती आसादको भन्दा फरक सुन्नी समूदायलाई उचाल्ने र सहयोग गर्ने गर्न थाले । सुन्नी समूदायका सिया आलावित (राष्ट्रपती पक्षको भनेर चिनिएका) का बिरुद्द उत्रिए । महाशक्ति राष्ट्रहरुले दाम र हतियार बाँडेर सिरियामा अनेक धार्मिक समूह, राजनितिक समूहमा बिभाजन गरिदिए । अन्तत यिनै समूह एक अर्काबिच लड्न थाले ।

ग्रिहयुद्दमा जिहादि समूहहरुपनि थपिँदै गए । तिनको दह्रो उदयले ग्रिहयुद्द झन चर्कियो । हयात ताहिर अलसामले निर्माण गरेको समूह जुन कुनै बेला अलकाईदासँग संलग्न भएर युद्दमा लागेको थियो (अल नुर्सा फ्रन्ट), यसले सिरियाको उत्तर पश्चिम इदलिबको अधिकांश भाग नियन्त्रण गरेको छ । उत्तर र पूर्वी सिरियाको ठूलो भाग कब्जामा लिएको इस्लामिक स्टेट (आइ एस) ले इस्लामिक राज्य खडा गर्ने भन्दै कुर्दिस सेना, सरकारी सेना, रसियाली हवाई आक्रमण र अमेरिकी नेत्रित्वको ब्रिहद गठबन्दनले गरिरहेको हवाई आक्रमणका बिरुद्द युद्द गरिरहेको छ ।

ईरान, लेबनान, अफ्गानिस्तान, ईराक, यमन बाट हजारौं सिया लडाकुहरुले फेरि सिरियाली सैनिकलाई सहयोग गर्दै तिनको पक्षबाट लडिरहेका छन् । तिनको दाबी धार्मिक क्षेत्रको संरक्षण गर्नु रहेको छ । तर यस्ता दाबी कसको सहि हो ? कसको दाबी पत्याउने ? शंका उत्पन्न गराएको छ ।

माथिनै भनियो, रसिया सिरियाका राष्ट्रपती आसादलाई टिकाउन चाहन्छ । उसकोपनि सिरियामा स्वार्थ छ । त्यसैले सिरियाको सरकारलाई सहयोग गर्न भन्दै उसले हवाई सैन्य आक्रमण शुरु गर्‍यो, सेप्टेम्बर २०१५ बाट । रसियाले आतंककारीहरुमाथि मात्रै निशाना लगाउने भनेको थियो । तर मानव अधिकारबादी, अधिकारीहरु भने रसियाको आक्रमण पश्चिमा देशहरुको सहयोग र लगानीमा लडिरहेका बिद्रोहीहरुमा मात्रै लक्षित देखिन्छ ।

पश्चिमीहरुको गठबन्धनले इरानमाथि सिरियालाई हातहतियार, इन्धन र लडाकू पठाएर सहयोग गरेको आरोप लगाइरहेको छ । अमेरिकी राष्ट्रपतीले पटक पटक इरानमाथि यो आरोप लागएका छन् । ईरान र सिरियाको गठबन्धन रहेको र पश्चिमी गठबन्धनको सैन्य कारवाही बिरुद्द लागेको आरोप लागएका छन् । ईरानले त्यसलाई खण्डन गर्दै आएको छ । उनीहरुले ईरानमाथि सैनिक विशेषज्ञ, हातहतियार, ऋण, लडाकुसमेत पठाएर सहयोग गरेको आरोप लागएका छन् ।

अनेक लडाकू समूह र बिद्रोहीहरुलाई हातहतियार अन्य सहयोग दिएर सिरियाली सरकार बिरुद्द उत्रिएको अमेरिकाले मानव अधिकार उल्लंघन, हत्याका अधिकांश घटनामा राष्ट्रपती आसाद जिम्मेवार रहेको आरोप लगाउने गरेको छ । उसले मध्यम खालका अर्थात् धार्मिक र जिहादी युद्दमा नउत्रिएका समूहलाई सिमित परिमाणमा मात्रै हातहतियार दिएको बताएको छ । तर अमेरिकाले सन् २०१४ को सेप्टेम्बरबाट हवाई आक्रमण शुरु गरेको थियो । र उसले सिरियामा सबैभन्दा पहिले अन्तर्राष्ट्रिय हवाई आक्रमण शुरु गरेर सिरियाको युद्दमा आगो थप्ने र उचाल्ने काम शुरु गरेको हो । त्यसप्छि फेरि सन् २०१७ को अप्रिलमामा अर्को हवाई अखडामा आक्रमण गर्‍यो । तर ‘रासायनिक भण्डार रहेकाले आक्रमण गरेको’ भनेर बचाउ गर्न खोज्यो ।

साउदी अरेबियामा फेरि सुन्नीहरुको शासन छ । त्यसैले ऊ ईरानको शत्रु हो । इरानको प्रभावलाई सउदी अरेबियाले दबाउन चाहन्छ । त्यसैले ऊ ईरान जता लाग्छ त्यसको बिरोधी खेमातिर समर्थन जनाउँछ । अर्थात् साउदी अरेबियाले सिरियाका बिद्रोहीहरुलाई हातहतियार, आर्थिक र अन्य तालिममा सहयोग गरिरहेको छ ।

टर्की अर्को देश हो सिरियामा संलग्न भएको । उसलेपनि बिद्रोहीहरुलाईनै सहयोग गरिरहेको छ । तर उसको स्वार्थ फरक छ । उसले कुर्दिस पपुलर प्रोटेक्सन युनिट (वाई जि पी) का लडाकूहरुलाई साथ दिएको छ । वाई जि पीले आइ एसलाई सहयोग गरिरहेको छ र यसलाई अमेरिकी नेत्रित्व द्वारा सहयोग गरिएको सिरियन डेमोक्रेटिक फोर्सेस (एस डि एफ) सँग मिलेको लडाकू समूह हो । अर्थात् टर्कीले अमेरिकी पक्षलाई सहयोग दिईरहेको छ । सिरियाको सरकारले यो समूह टर्किस कुर्दिस्तान वर्कर्स पार्टीकै बिस्तारित रुप भएको र यसलाई सिरियाली सरकारले बन्देज गरेको बताएको छ । पश्चिमाहरुको गठबन्धनले आफ्नो देशमा बन्देज गरिएको आतंककारी समूहलाई पक्षपोषण गरेको आरोप लगाएको छ ।

क्षति कति हो ?

सिरियामा हालसम्म कति मानिस मारिए ? कसैको तथ्यांक कसैसित मिल्दैन । मानव अधिकारवादी संघ संस्था, अनुगमनकर्ता, रेडक्रस र संयुक्त राष्ट्रसंघ सबैका अलग अलग तथ्यांक छन् । संयुक्त राष्ट्र संघका अनुसार गएको पाँच वर्षमै कम्तिमा दुई लाख ५० हजार मानिस मारिएका छन् । बेलायतमा कार्यालय रहेको सिरियामा निगरानी गर्ने सिरियन अब्जरभेटोरी फर ह्युमेन राईट्सको तथ्यांक भने तिन लाख २१ हजार मारिएको भन्ने छ । तर अर्काथरी निगरानीकर्ताहरुको तथ्यांक चार लाख ७० हजार भन्ने छ ।

संयुक्त राष्ट्र संघका अनुसार हालसम्म ५० लाख मानिसहरु घर छोडेर भागेका छन् । तिनमा मुख्यत महिला र वालवालिका छन् । भागेर ति छिमेकका जोर्डन, लेबनान र टर्कीतिर शरण लिएका छन् । करिब ६३ लाख मानिस आफ्नै देशका बिभिन्न ठाउँमा आन्तरिक शरणार्थी बनेका छन् । गासबासको समस्यामा रहेका, स्वास्थ्य खराब भएका मध्ये करिब ४० लाख सिरियालीहरुकहाँ कुनैपनि खाले सहयोग र उद्दार पुगेको छैन। सिरियामा युद्दरत समूहहरुको स्वार्थ र निषेधताको कारणले गर्दा त्यसो हुन गएको हो ।

यसबिच युद्दबिराम गरेर शान्तिवार्ता थाल्ने कामपनि दुई पटक जेनेभामा सम्पन्न भयो । तर धेरै देश र समूहको स्वार्थका कारण ति वार्ता सफल हुन सकेनन् ।

(फोटो- आइ एच एस कन्फ्लिक्ट मोनिटर)

तपाइँको प्रतिक्रिया