बेलायती राजकुमार ह्यारीको विहेमा निम्ता नपाएपछी अमेरिकी राष्ट्रपती रिसले चुर

आगामी मे १९ मा बेलायतका राज कुमार प्रिन्स ह्यारीको विवाह हुँदै छ । अमेरिकी कलाकर मेगानसित विण्डसोर महलमा हुन लागेको उनको विवाहमा अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पसलाई निम्ता गरिएको छैन । यहि विहेमा अमेरिकाका पूर्व राष्ट्रपती वाराक ओबामा र उनकी पत्नी मिसेल ओबामालाई भने निम्ता गरिएको छ । आफूलाई निम्ता आउँछ भन्ने ढुक्क मनले उपहारसमेत किनेर बसेका ट्रम्पलाई निम्ता नगरिएपछि उनी रिसले चुर बनेका छन् ।

डेलिस्टार अनलाईनका अनुसार ह्यारी र मेगानलाई केहि राजनितिज्ञ र कूटनितिज्ञले बाराक ओबामा र उनकी पत्नी मिसेललाइ निम्ता नगर्न सुझाव दिएका थिए । तर लगन गाँठोमा बाँधिएका ह्यारी र मेगानले त्यसलाई स्विकार गरेनन् । निम्ता गरेरै छोडे । किनभने उनीहरु आफ्नो विहे अरुको सुझाव अनुसार होइन कि आफूले चाहे जसरि गर्न चाहन्छन् । डोनाल्ड ट्रम्पले भने निम्ता नपाएपछि आफैंसित रिसाएको पोलिटिक्सस्पोट मेडियाले जनाएको छ ।

बेलायती, अमेरिकी पत्रिकाहरु अति स्तरिय, अति सभ्य र तथ्यमा आधारित हुन्छन् । आफ्ना नेताहरुको अति सम्मान गरेर लेख्छन् भन्ने हामी नेपालीहरुले सोच्छौं । तर पोलिटिकल भ्वाईस पत्रिकाले राष्ट्रपती डोनाल्ड ट्रम्पलाई कतिसम्म उडाएको छ भने बेलायती राजकुमार ह्यारी र उनकी प्रेमीका मेगानको विहेको निम्तो नपाएपछि तनावमा परेर आफूलाई शान्त पार्न डोनाल्ड ट्रम्पले फास्टफूट धेरै खान लागेको उल्लेख गरेका छन् । प्राय ठूलो तनाबमा पर्दा उनले त्यसरि धेरै फास्टफुड खाने गरेको पत्रिकाको दाबी छ ।

ट्रम्पलाई निम्तो नगर्दा त्यसले अमेरिका र बेलायतका बिचमा कूटनितिक समस्या पैदा गर्न सक्ने आशंका केहिले गरेका छन् । तर ट्रम्प रिसाउनुबाहेक विहेमा निम्ता गर्नु नगर्नुले दुई देशको कूटनितिमा केहि फरक नपर्ने सुझाव दिनेहरुपनि छन् ।

मे महिनामा हुने विवाहकालागि हाल निम्ताहरु बाँड्ने काम भैरहेको छ । उपस्थित हुने वा नहुनेबारे ओबामा र मिसेलले भने निम्ताको जवाफ दिईसकेका छैनन् । ह्यारी र मेगानले आफ्ना साथी र निकटस्थहरुलाई आफ्नै तरिकाले निम्ता दिन खोजिरहेका छन् । उनीहरुले राजनिति, कूटनिति र अन्य ब्यक्तिको सुझाव र सहयोगका आधारमा रहेर निम्ता गर्न नचाहेको द पोलिटिकल भ्वाइसले उल्लेख गरेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपती ओबामा र बेलायती राज कुमार ह्यारी लामो समयदेखिका साथी हुन् । ह्यारीले बिबिसी रेडियो ४ कालागि ओबामासित अन्तर्वार्तापनि लिएका थिए ।

(तस्विर :  द पोलोटिकल भ्वाईस)

तपाइँको प्रतिक्रिया