नेकपा एमाले र माओवादीबिच पार्टी एकताको यस्तो छ खाका, एकिक्रित पार्टीको नामपनि बिप्लवकै पार्टीसित समान

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमतीमा हस्ताक्षर भएको छ । उनीहरुले पार्टी एकताका सात बुँदा तयार पारेका छन् । त्यसमा नेकपा एमालेका तर्फबाट पाँच र नेकपा माओवादी केन्द्रका तर्फबाट तिन नेताले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा एमालेका केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् । माओवादीका तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति गरेका छन् । मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । एमालेसँगको सहमतीबाट माओवादी केन्द्र माओवाद छोड्न सहमत देखिएको छ ।

बिप्लबले नेत्रित्व गरेको पार्टीको नामपनि नेपाल कम्युनिष्ट पार्टीनै रहेको छ । बिप्लव नेत्रित्वकै पार्टीले राखेकै नाम किन एमाले र माओवादीले पार्टी एक भएपछी राख्न खोजेका हुन् भन्ने खुलेको छैन ।

जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख भएपनि मार्क्सवाद र लेलिनवादलाई निर्देशक सिद्दान्त बनाउने भन्दै माओवादीले अघिल्लो बुँदामै स्विकार गरिसकेको छ । महाधिवेशनमा स्वत : एमाले पक्षिय कार्यकर्ताको सहभागिता बढि हुनाले माओवादीले माओवादलाई छलफलमा लगेपनि महाधिवेशनबाट त्यो असफल हुने छ । सरकार सन्चालन र पार्टी एकता दुई नितान्त अलग विषय भएकाले सरकार सन्चालनका विषयमा सहमतीपत्रमा केहिपनि उल्लेख छैन ।

दुई पार्टीबिच के के सहमति भयो सहमतिपत्र हेर्नुस्

तपाइँको प्रतिक्रिया