व्यापारिका घरमा ओली र प्रचण्ड वार्ता : किन हुँदै छ चौतर्फी बिरोध ?

हिजो आइतवार माओवादी केन्द्रका अध्यक्ष र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ब्यापारि दूर्गा प्रसाईको घरमा गरेको गोप्य वार्ता आम नागरिकले रुचाएनन् । बरु ब्यापारिसित साँठगाँठ गरेको भन्ने आरोप लागेको छ । सामाजिक सन्जाल र अन्य मेडियामापनि ब्यापारिको निवासमा पार्टी र देशको राजनितिक भविष्यका बारेमा छलफल गरेको भन्दै बिरोध भएको छ । आम नागरिकले प्रश्न गरेका छन्, त्यत्रो दरवार जत्रो घर अनि सिंहदरवार, होटल रिसोर्ट हुँदाहुदै नेताहरु बैठकको लागि ब्यापारीको घरमा चाहीँ किन जान्छन् होला ?

व्यापारी प्रसाईको घरमा केपी ओली र प्रचण्डले गरेको वार्ता र त्यसपछी व्यापारी प्रसाईसँगै खाना खाँदै गरेको तस्विर सामाजिक सन्जालमा छरपस्ट भएपछी तिब्र बिरोध शुरु भएको हो । व्यापारीको घरमा भएको वार्ताका विषयमा सार्वजनिक तहबाट अनेक प्रश्न र आरोप लगाइएको छ । केहिले बर्तमान नेतृत्वबर्ग विदेशीका दलाल र माफियाका मतियार भनेर लगाउँदै आएको आरोपलाई यसले पुष्टि गरेको दाबी गरेका छन् । केहिको भनाई ‘नेताहरु त ब्यापारीले राखेका गोठाला जस्ता पो देखिए’ भन्ने छ । कोहि व्यापारिसित रकम लिएर अर्को दरबार बनाउन त कोहि पैसाको अभाव नहोस् भनेर व्यापारीको संगत गरेको आरोप लगाइरहेका छन् । तर आफ्ना नेता र आफ्नो पार्टीले जस्तोसुकै गल्ति गर्दापनि ढाकछोप गर्ने, बरु आफ्नो नेता र पार्टीकै पक्षमा समर्थन जनाउने कार्यकर्ता र नेताहरु यो विषयमा खासै बोलेका छैनन् ।

मेडिकल माफियाहरुका बिदुद्द पटक पटक भएका आन्दोलनमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाएनन् । बरु केपी ओली त्यहि आन्दोलनका बिरुद्दमा देखिए र मेडिकल सन्चालककै समर्थनमा बोले । प्रचण्ड पनि मेडिकल माफिया बिरुद्दको त्यो आन्दोलनमा चुपचाप बसेर मौन समर्थन जनाए । अहिले तिनै मेडिकल सञ्चालक ब्यापारीको घरमा गोप्य वार्ता गर्न पुग्नु पक्कैपनि संयोग मात्रै पक्कै होइन । राष्ट्रिय मुद्दामा देशका मुख्य दुई दलका अध्यक्ष र प्रधानमन्त्रीनै पुगेर वार्ता गर्नुले व्यापारीसित साँठगाँठ गरेको आरोप लाग्नु सामान्य हो ।

ठूला व्यापारीहरुसित मोटो रकम लिन्छन् । चन्दा असुल्छन् । निर्वाचनका बेला गाडी, आवाश लगायत आर्थिक र अनेक सहयोग लिन्छन् । निर्वाचनपछी तिनै ब्यापारीको पक्षमा निति बनाउँछन् । व्यापारीहरुको निर्देशन र स्वार्थमा चल्छन् नेताहरु भन्ने आरोप लामो समयदेखि लाग्दै आएको छ । नेताहरुको यस्तो कामले नेताहरु व्यापारिसित फाईदा लिन्छन् भन्ने आम गुनासोलाईनै पुष्टि गर्छ ।

मेडिकल माफियाहरुका बिरुद्द डा गोबिन्द केसीले लामो समयदेखि बिभिन्न मागहरु राखेर आन्दोलन चलाउँदै आएका छन् । उनको आन्दोलनमा आम जनताको सहमती र साथ रहँदै आएको छ । पटक पटक सरकार उनको मागमा झुक्दै आएकोपनि छ । यिनै मेडिकल माफियासित ठूला नेताहरु मिलेका छन् । तिनका पार्टीको तिनै माफियासित उठबस छ । तिनले मेडिया माफियासित साँठगाँठ गरेर चर्को रकम लिन्छन् र न्युनतम मापदण्डपनि नपुगेका मेडिकल कलेज खोल्न अनुमति दिने गरेको आरोप लाग्दै आएको छ । दुई ठूला पार्टीका अध्यक्ष, पटक पटक प्रधानमन्त्री भैसकेका नेता र वर्तमान प्रधानमन्त्रीलेनै मेडिकल ब्यापारीको निजि घरमा वार्ता गर्नुले ठूला नेता माफियाका पक्षमा छन् भन्ने आम जनताबाट लाग्दै आएको आरोपलाई विश्वास गर्न बल मिलेको छ ।

आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री के पी शर्मा ओलीले वार्ताकालागि मेडिकल कलेजका सन्चालक व्यापारी दुर्गा प्रसाईकै घर रोज्नुको कारण के थियो त ? किन ब्यापारीको घर रोजे ? आम जनताबाट प्रश्न उठाइएझैं के वार्ताको उपयुक्त थलो, बिवाद नहुने स्थलको अभाव भएर ब्यापारिको घर रोजिएको हो त ? त्योपनि होइन । किनभने प्रचण्ड निवास वा केपी निवासनै दुई नेताको वार्ताका लागि यथेस्ट छ । यि दुबै नेताका पार्टी कार्यालय आलिशान छन् । त्यहिँपनि वार्ता गर्न सकिन्थ्यो । तर काठमाडौंका अनेक उपयुक्त वार्ता स्थल छोडेर भक्तपुरका व्यापारीको घरमा वार्ता गर्न पुग्नुको पछाडी पक्कैपनि केहि आर्थिक वा अन्य लाभ भएको अनुमान लगाउन गाह्रो छैन ।

(फोटो- अन्नपूर्ण पोष्ट)

तपाइँको प्रतिक्रिया