शान्तिप्रक्रियामा अाएपछि विद्रोह भन्दै प्रचण्डले बोलेका तिन प्रमुख झुट

-खेम थपलिया

पहिलो झुट

‘दिमागमा विद्रोह, मुखमा चुनाव’ । शान्तिप्रक्रियाको सुरुआतमा माओवादी पार्टीको यो एक आम नारा थियो । साना–ठूला नेताहरूले भन्थे, “कमरेड अध्यक्षले भन्नुभएको छ, उनीहरू (संसद्वादी दल र उनका विदेशी पोषकहरू) ले चुनाव गर्ने भए भने हामी चुनाव हुन दिँदैनौँ । हामीले चुनाव गर्ने भए उनीहरू चुनाव हुन दिँदैनन् । तब त विद्रोह अनिवार्य छ । कमरेडहरू हामी त्यसका लागि हरदम तयार हुनुपर्छ ।”

दोस्रो झुट

त्यो भन्दाभन्दै चुनाव सम्पन्न भयो । माओवादी संविधानसभामा पहिलो पार्टीपनि भयो । नेताहरूका भाका अलि फेरिए । उनीहरूले भन्न थाले, “कमरेड अध्यक्षले भन्नुभएको छ, चुनाव त भयो तर उनीहरूले संविधान लेख्न दिँदैनन् किनकि उनीहरूको संविधान हामी मान्दैनौँ । हाम्रो संविधान उनीहरूले मान्दैनन् । त्यसकारण उनीहरूको संविधान हामी लेख्दैनौँ । हामीले हाम्रो संविधान लेख्न थाले उनीहरूले लेख्न दिँदैनन् । हो, विद्रोह त्यहीँनेर हुन्छ ।”

तेस्रो झुट

क्यान्टोनमेन्टको सकसलाई बुझेजस्तै गरेर जनसेनाको सुप्रिमो आफैँ भन्ने गर्थे, “कमरेडहरू, क्यान्टोनमेन्ट महाभारत युद्धको गुप्तबासजस्तै हो । हामीले दस वर्षको वनबास खेपेर आइसक्यौँ । यसलाई गुप्तबास सम्झिनुस् । हामीले हाम्रा प्रतिबद्धताहरू बिर्सेका छैनौँ । तपाईंहरू विश्वास र धैर्यतापूर्वक बस्नुस् । क्यान्टोनमेन्ट जगेडा शक्ति हो । बाहिर वाईसीएलको २१ डिभिजन बनाउने हो । यो सात डिभिजनले अन्तिम धक्का मात्र दिने हो किनकि हामीले भने जस्तो ‘युनिटवाइज’ र ‘हतियारसहितको समायोजन’ उनीहरूले मान्दैनन् । त्यो हाम्रो ‘बटम लाइन’ हो । यसबाहेकको कुनै पनि ‘मोडालिटी’ मा हामी जाँदैनौँ । हेर्नुहोला, विद्रोह त्यहीँनेर हुन्छ । हामीले विद्रोह गर्नैपर्छ ।”

बाबुराम र प्रचण्डले बाबुराम सरकारमा हुदा नेपाली सेनालाई एकाएक शिविर कब्जा गर्न पठाउनुको उक्त घटनाका पछाडि एउटा ठूलो रहस्यात्मक कारण बताइएको थियो– ‘किरण, विप्लवहरूले कैलालीस्थित सातौँ या सुर्खेतस्थित छैठौँ डिभिजनको हतियार भण्डार कब्जा गर्दैछन् । यदि आजै (२८ गते) क्यान्टोनमेन्ट नेपाली सेनाले नियन्त्रणमा नलिने हो भने त्यो किरण र विप्लवहरूको नियन्त्रणमा जान्छ । त्यसले शान्ति प्रक्रियालाई नै अर्को ठाउँमा पुर्‍याइदिन सक्छ ।’ क्यान्टोन्मेन्ट कब्जाको उपर्युक्त निर्णय लिनका लागि तत्कालीन माओवादी ‘सुप्रिमो’ प्रचण्डले कांग्रेस र एमालेलगायत नेताहरू सम्मिलित आकस्मिक बैठक बोलाएर भनेका थिए । यद्यपि त्यो कुरालाई पुष्टि हुनेगरी आधिकारिक रूपमा कुनै पनि नेताले बोलेनन् !

बुझ्नेले प्रचण्डको छलागंलाइ झुट, पाप, स्वार्थ र चुतियालि चतुरतासंग सापेक्षिक तरिकाले बुझ्छन । नबुझ्नेले वा सिधा बुझ्नेले अग्रगमन, डाइनामिक, समय सापेक्षित, चलायमान नेताको रुपमा बुझ्छन । बुझाइ फरक फरक भएपनि यदि भोगाइ एऊटै छ भने हामीले प्रचण्डबाट धेरै आस भरोसा गरेका नेता हुन्।! यद्दपी प्रचण्डको रहर वा बाध्यता जे सुकै होस प्रचण्डको अबको प्रयोग समय र शक्तिको नास बाहेक केही हुनेवाला छैन ।

यस्तै माथिका ३ तथ्यगत झुटको थुप्रोमा प्रचण्डको ढटुवा, छलकपट र चतुराइको क्षणिक एकता, अग्रगमन, छलांग जेसुकै भएतापनि प्रचण्डको पछि जिद्दि गरेर झुन्डिनु गुलियोको लागि जुठो खानु सरह हो । प्रमाण र ब्याख्या चाहिए पुर्वजनमुक्ति सेनाका कमाण्डर ऊदय बहादुर चलाऊनेको किताब अध्यान गर्न आग्रह गर्दछु ।

(थपलियाकाे फेसबुकबाट)

तपाइँको प्रतिक्रिया