सुस्मा स्वराजको भ्रमण भविष्यकालागि झन खतरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर दिल्लीबाट भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आईन । नेपाली कांग्रेस र ओली, एमाले नपराउनेहरुले सकेसम्म यो भ्रमणको आलोचना गरिरहेका छन् । एमाले पंक्तिबाट भने के के न उपलब्धि भएझैं चर्चा गरिँदै छ । एमालेप्रेमीहरुले ‘सधैं भारतीय नेता भेट्न नेपाली नेताहरु भारत जाने गरेकोमा यो पटक एमालेले भारतीय नेतालाई नेपालनै आउन बाध्य पारेको’ भन्दै आत्मरती लिईरहेका छन् । तर प्रश्न को आयो र गयो भन्ने होइन । नेपालले के पायो, के भयो उपलब्धि भन्ने महत्वपूर्ण हो ।

यो भ्रमणबाट के भयो त उपलब्धी ? नेपाल र नेपालीमाथि थोपरिँदै आएको सन् १९५० लगायतका सन्धीहरु खारेज हुनुपर्ने माग आम नेपालीको छ । भारतले आम नेपालीमाथि यहि सन्धीमा टेकेर दमन गर्छ । अपमान गरेको छ । त्यसैले कम्तिमा यस्ता असमान सन्धि सम्झौताहरु पूर्मूल्यांकन गरेर दुई देशकाबिचमा समान हित हुने तरिकाले गरिनुपर्छ भन्ने आम नेपालीको चासो छ । तर यसमा न त सुस्मा स्वराजले चासो दिईन । न उनलाई गोप्य कोठामा एक्लै भेट्न जाने दल र तिनका नेतालेनै स्पष्ठसित राखे ।

नेपालमाथि आर्थिक नाकाबन्दि गरेर भारतले कम्तिमा नेपालीको सातपुस्तासम्मकालागि नबिर्सने घाउ छोडेर गएको छ । जबसम्म भारतले आम नेपालीसित माफी मागेर अबदेखि भविष्यमा त्यस्तो अत्याचार नगर्ने आश्वस्त पार्दैन तबसम्म नेपालीको आगामी धेरै पुस्ताको मनले भारतीय अत्याचारी शासकलाई भुल्ने छैनन् । भारतीय सत्ता र तिनका नेताप्रति विश्वासपनि रहने छैन । भारतका शासकहरुको नाम सुन्नासाथ बिगत र बर्तमानका तिनै घाउ सम्झेर नेपालीहरु अहिलेपनि झस्किरहन्छन् । भविष्यमापनि आबेग र प्रतिसोध अनि पीडाको भावले हेरिरहने छन् । यो कुरो भारतीय शासकहरुका बिच हाम्रा नेताहरुले जबसम्म हाकाहाकी राखेर भरतीय शासकहरुलाई बोध गराउन सक्दैनन् तबसम्म आम नेपालीले आफ्नै नेताहरुलाईपनि विश्वास गर्ने छैनन् । सुस्मा स्वराजको अहिलेको भ्रमणमापनि दुबै देशका सासक, नेताहरु चुकेका छन् ।

अझ असल छिमेकी बनेर नेपाल र नेपालीको मननै जित्ने हो भने अझैपनि बिकल्प नभएको होइन । आर्थिक नाकाबन्दि गरेकामा क्षमाको भावना छ यदि भारतलाई भने ऊसले क्षतिपूर्तीनै दिनसक्नुपर्छ । के त्यति गर्ने हिम्मत छ भारतको ?

भारतले नेपाल र नेपालीमाथि गरेको अत्याचारको सूची लामो छ । हाम्रा चेलीहरु सिमा क्षेत्रमा दिनदहाडै लुटिन्छन् । बालात्क्रित हुन्छन् । भारतले त्यसलाई निस्पक्ष तरिकाले छानबिन गर्ने, दोषीलाई कारवाही गर्ने गर्दैन । उल्टो नेपालीहरुलाई सताउने काम गर्छ । यसमा खै स्वराजको भ्रमणले केहि राहत दियो ? हाम्रा नेताले केहि बोले ? दुबै तर्फका नेता चुपचाप बसे । पछिल्लो चरणमा अदुवा बिक्रि गर्न प्रतिबन्ध लगायो भारतले । अदुवा मात्रै किन ? भारतले नेपालका अन्य उत्पादनमापनि त्यसैगरि रोक लगाएर वर्षेनी अरबौं अरबको घाटा सहनुपर्ने बनाईरहेको छ नेपाललाई । यसमापनि सुस्मा स्वराजको भ्रमणमा कुनै प्रगति भएन ।

भारतले नेपाल र नेपालीमाथि गरेको अत्याचारको सूची लामो छ । हाम्रा चेलीहरु सिमा क्षेत्रमा दिनदहाडै लुटिन्छन् । बालात्क्रित हुन्छन् । भारतले त्यसलाई निस्पक्ष तरिकाले छानबिन गर्ने, दोषीलाई कारवाही गर्ने गर्दैन । उल्टो नेपालीहरुलाई सताउने काम गर्छ । यसमा खै स्वराजको भ्रमणले केहि राहत दियो ? हाम्रा नेताले केहि बोले ? दुबै तर्फका नेता चुपचाप बसे ।

पछिल्लो चरणमा नेपालको अदुवा बिक्रि गर्न प्रतिबन्ध लगायो भारतले । अदुवा मात्रै किन ? भारतले नेपालका अन्य उत्पादनमापनि त्यसैगरि रोक लगाएर वर्षेनी अरबौं अरबको घाटा सहनुपर्ने बनाईरहेको छ नेपाललाई । यसमापनि सुस्मा स्वराजको भ्रमणमा कुनै प्रगति भएन ।

सिमा क्षेत्रमा गाडिएका सिमा स्तम्भहरु भारतले मनपरि सारिरहेको छ । नेपालको जमिन मिचिएको छ । त्यो जमिन फिर्ता दिन्छौं भनेर नत भारतीय प्रतिनिधीले बोलिन न हाम्रा नेताले आफ्नो जमिन फिर्ता माग्न सके । नेपालका नदीमा आफ्नो तिर अग्ला पर्खाल लगाएर सुख्खा याममा नेपालको जमिनमा सिचाई हुन नदिएर पानी आफ्नोतिर लैजाने । नेपालको क्रिषीयोग्य जमिनलाई बाँझो पारेर नेपाली क्रिषक मार्ने । वाढी र भेल बगेका बेला आफ्नो तिरको पर्खाल थुनेर नेपालतिर बाढि छोडिदिने र नेपाली जमिन, गाउँलाई जलमग्न पार्ने, मार्ने काम गरिरहेको छ ।

नेपालका ठूला नदीहरुमाथि गिद्दका आँखा झैं स्वार्थी आँखा गाडिरहेको छ भारतले । असमान सन्धीहरु गरेर ति खोलानाला आफ्नो स्वार्थमा पार्न अनेक चाल बुन्छ । नेपाललाई दिने भनेर संझौता गरेको बिद्दुतपनि दिँदैनन् । नेपालको हरेक राजनितिक मोडमा उसले पर्खाल बन्ने कोसिस गर्छ । जस्तोसुकै संविधान बनोस भारतले अफ्नो स्वार्थ हेर्छ नकि नेपालीको खुशि र स्वार्थ । नेपाल र नेपालीमाथि चासो र चाखका यि गम्भिर विषयमा के भारतले कुनै ध्यान दियो ? के आम नेपालीको हितका यि विषयमा स्वराजले कुनै चसो देखाईन् ? भारतले ढाडस दिएको सम्झेर मख्ख परेका एमाले अध्यक्ष केपी ओलीले के नेपालीको यि हितका विषयमा स्वराजसित स्पष्ठसित केहि बोल्न सके ? नेपालीको हितका यि विषय सम्बोधन हुनु त परै जाओस् हाम्रा नेताहरुले भारतीय प्रतिनिधीसित स्पष्ठसित राख्न सके ? नेपाल र नेपालीका हितका तमाम विषय यथावत छन् । ति विषयमाथि छलफलसम्म हुन सकेन । नेताको होटेलमा बसेर दुई नेताले फोटो सेसन गर्दैमा नेपाल र नेपालीले के पाए ? यो भ्रमण उपलब्धिपूर्ण होइन बरु नेपालको हित बिरुद्द छ ।

सुसमा स्वराजको भ्रमण कति खतरनाक, नेपालको हित बिरुद्द छ भन्ने तथ्य बुझ्न विश्लेषक भरत दहालले सामाजिक सन्जालमा ब्यक्त गरेको छोटो टिप्पणीनै पर्याप्त छ । उनले लेखेका छन् ‘एउटा देशकाे प्रधानमन्त्रीकाे विशेष दूतका रूपमा विदेशमन्त्रीले अर्काे देशमा गएर पहिले राष्ट्र प्रमूख र सरकार प्रमूखलार्इ नभेटि हुनेवाला प्रधानमन्त्रीलार्इ भेट्छ भने त्यसकाे नियतमा कति कालाेपन छ भन्ने तथ्य स्पष्ट हुन्छ ।’ स्वराजले आएर नेपालको प्रधानमन्त्री, राष्ट्रपतीलाई नभेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ भेटिन् । जस्तो सुकै भ्रमण भएतापनि उनले पहिले सरकार प्रमुख शेर बहादुर देउवा र राष्ट्रप्रमुख बिध्यादेवी भेण्डारीसित भेट्नुपर्थ्यो । तर वामपन्थी समूहको तर्फबाट आगामी प्रधानमन्त्रीकालागि चर्चामा रहेका एमाले अध्यक्ष केपी ओलीलाई भेटिन् ।

पछिल्लो चरणमा चीन नेपालको दिर्घकालिन विकास निर्माणका केहि परियोजनामा सहयोग गर्न सहमत भएको छ । केहि परियोजनामा लिखित सहमती भएको छ, नेपाल र चिनबिच । चिन उत्तरी सिमा क्षेत्रदेखि नेपाललाई सहयोग पुग्ने केहि विकस निर्माणका योजना लिएर दक्षिण नेपाल भारत सिमासम्मै पुगेको छ । नेपालको विकास र निर्माणमा पछिल्लो समयमा चिनले बढि चासो राख्नु भारत्कालागि ज्वरो आउनु हो  । भारतीय सत्तासिनहरुलाई त्यो मन परिरहेको छैन ।

नेपालमाथिको आफ्नो प्रभाव र प्रभुत्व नगुमोस, चिन बढि हाबी नबनोस भन्ने स्वार्थनै भारतको हो । त्यसलाई निस्प्रभाबी बनाउन भारतले जुनसुकै हतकण्डा अपनाउने छ । त्यो हतकण्डा पुरा नहुन्जेल नेपालसित भारत नरम भएजस्तो देखाउने छ । नेपालका नेताहरुलाई महत्वदिएझैं गर्ने छ । खासगरि वामपन्थी दलहरुको साझा नेत्रित्वलाई फकाएर आफ्नो स्वार्थ पुरा गर्ने हतकण्डा अपनाउने छ । जब त्यो पुरा हुन्छ तब भारतले फेरि आफ्नो असली रुप देखाउन थाल्ने छ ।

तपाइँको प्रतिक्रिया