नाईजेरियामापनि दहि बोक्ने चलन त नेपालको तराईमा जस्तै

टाउकोमा दहि, दुध लगायत अन्य सामानहरु राखेर बोक्ने चलन नेपालको तराईदेखि भारत, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानसम्म छ । नेपालमा खासगरि तराईका महिलाहरुले ढकिया, डालो अड्याउन गोलो आकारको विणा भनिने वस्तूमा राखेर बोक्छन् । त्यो सानो विणा खाडल परेको हुनाले त्यसमा डालो, ढकिया आदिको पिँध राखिदिँदा खस्दैन, अडिईरहन्छ । महिलाहरु टाउकोमा सामान बोकेर टाढाटाढासम्म पुग्छन् । ठिक यस्तै चलन रहेछ, अफ्रिकाको नाईजेरियामापनि ।

तस्विरमा देखिएका यि दहि बेच्ने महिलाहरू हुन् । नाइजेरियाको उत्तरी राज्य जिग्वाको हाडिन गाउँमा दहि बेच्न हिडेका गाउँले महिलाहरु हुन् यि । तिनले स्थानीय गाइको दही बोकेका छन् । टाउकोमा रहेका दहिका भँडाहरुलाई कलात्मक बुट्टाले सजाईएको हुन्छ । हाम्रो भक्तपुरको जुजुधौको स्वाद र बनावट जस्तै रहेको हुन्छ यहाँको दहीकोपनि ।

(स्रोत- हिकमत थापाको फेसबूक)

तपाइँको प्रतिक्रिया