भारतीय दुतावासमा नेताको लर्को, ओली अनुपस्थित

भारतको त राजदूतनै किन नहोस् तिनका अगाडि हाम्रा धेरै नेता लम्पसारनै पर्छन् । भारतीय राजदूतसम्मले जहाँ, जतिखेरपनि सहजै भेट्ने भएकालेपनि भारतले हाम्रा नेतालाई आफ्नै कर्मचारी जस्तो ब्यवहार गर्छ । कमारो जस्तो ठान्छ । सामन्य कर्मचारीले राखेको भेटघाट र चियापानमा परराष्ट्र मन्त्रालयका कर्मचारी पठाउँदा हुन्छ । हाम्रा त प्रधानमन्त्री र पार्टीका अध्यक्षनै लर्कोलागेर जाने चलन छ । तर केपी ओली भने यो मामिलामा अलि अलग देखिएका छन् । हिजो भारतको भारतको ६९ औं गणतन्त्र दिवस थियो । त्यसमा ओली सहभागि भएनन् ।

तर त्यो कर्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा लगायत एमालेकै माधव कुमार नेपाललगायतका वरिष्ठ नेतापनि पुगे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ त झन छुट्ने कुरै भएन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव त झनै भारतीय छनौटकै, उतैबाट पालिएका जस्ता भए । त्यसैले तिनको उपस्थिति हुनेनै भयो ।

केपी ओली प्रधानमन्त्री बन्छन् भन्ने भारतलाई थाह छ । त्यसैले नेपालमाथि नाकाबन्दि गरेर केपी ओलीको सरकारलाई सताएपनि भारत अब ओलीलाई फकाउन चाहन्छ । त्यसैले केपी ओलीलाई फकाउनपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक फोन वार्ता गर्दै आएका छन् । भारतीय गणतन्त्र दिवशको उपलक्ष्यमापनि केपी ओलीले निमन्त्रणा नपाउने प्रश्नै रहेन । निमन्त्रणा लिएरपनि ओली भने भारतीय दुतावासले आयोजना गरेको कार्यक्रममा गएनन् । उनले भारतीयहरुलाइै केपी ओली हल्का नेता होइनन्, जहाँ जस्तो कार्यक्रममापनि पार्टी अध्यक्ष, पूर्व प्रधानमन्त्री सहभाहि हुँदैन, हुनुपर्दैन भन्ने सन्देश दिएका छन् । नेपाली नेताहरुलाईपनि भारतीय दुतावासका कार्यक्रममा सबै पार्टीका सम्पूर्ण नेता उपस्थित हुनु जरुरि छैन भन्ने देखाएका छन् ।

तपाइँको प्रतिक्रिया