ओलीलाई मोदीको शुभकामना, अब छोड्छन् कि देउवाले कुर्सी ?

नेपाल जतिसुकै स्वतन्त्र, सार्वभौम छ भनेपनि भारतको आशिर्वादबिना, भारतीय नेताको स्विकारोक्तिबिना सरकार बन्नपनि गाह्रो छ । सरकार ढाल्न भारतकै खेल । सरकार बन्न उतैको दबाब । प्रधानमन्त्री चुनिनपनि भारतीय नेताकै चाख । जब भारतीय स्वार्थमा अलिकति धक्का लाग्छ तब सरकार डगमगाउन थालिहाल्छ । जबसम्म भारतीय स्वार्थ पुरा हुँदैन त्यतिबेलासम्म कुर्सीपनि छोड्दैनन् । शेर बहादुर देउवाले कुर्सी छोड्न कष्ट मान्नुको कारणपनि त्यहि हो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीकालागि शुभकामना दिएको खबर आएको छ । अब शेर बहादुर देउवाले कुर्सी छोड्लान् र नयाँ सरकार बन्ला कि भन्ने आशापनि पलाएको छ ।

नयाँ निर्वाचनपछी नेपाली कांग्रेसलाई सरकार बनाउन सक्ने बहुमत जनताले दिएनन् । उसलाई प्रतिपक्षमा बस्ने जनमत छ । तर शेर बहादुर देउवाले सरकार छोड्न निकै आनाकानी गरिरहे । निर्वाचनमा पराजयपछी कसरि हुन्छ नयाँ सरकार गठनकालागि सहज वातावतण बनाइदिएर छोड्नुपर्ने हो । तर देउवाले त्यसो गरेनन् । भन्न गाह्रो र असहज लागेपनि उनलाई भारतीय नेताको आडभरोसा पक्कै थियो । ‘तत्कालै किन पद छोड्ने’ भन्ने आड र भरोसाले उनले आनाकानी गरिरहे ।

निर्वाचित बहुमत प्राप्त पार्टीलाई लामो समयसम्म सरकार गठन गर्न नदिनुपनि सहज थिएन । देउवाकै कारणले नेपाली कांग्रेस अझै बदनाम हुँदै गएको छ । देउवामाथि आफ्नै पार्टीबाट सरकार छोडेर प्रतिपक्षमा बसी पार्टी सुधार्नुपर्ने दबाब परिरहेको छ । जनताले मत दिएर जिताएका एमाले र माओवादीलाई सरकार बनाउन नदिएर लामो समयसम्म खेल खेलिरहनु भारतकोलाहिपनि अहितकर हुन्छ भन्ने सायद नरेन्द्र मोदीले बुझे ।

जति ढिलो गर्‍यो उति जनदबाब बढ्छ र मोदीको अलोकप्रियतापनि चुलिँदै जान्छ भन्ने चतुर खेलाडी मोदीले नबुझ्ने कुरै भएन । त्यसैले नरेन्द्र मोदीले सहज बाटो खोलिदिने प्रयास गरेका हुन सक्छन् । जसरिपनि एमाले र माओवादी सम्मिलित वाम गठबन्दनको सरकार बन्छ भन्ने बुझेर मोदीले केपी ओलीलाई शुभकामना दिएका हुनसक्छन् । मोदीको शुभकामनासँगै अब नयाँ सरकार गठनको बाटो खुल्न सक्छ ।

तपाइँको प्रतिक्रिया