ल हेर्नुस् प्रधानमन्त्रीले ज्ञानेन्द्रलाई ढोगेको

madhav-nepal-puts-head-to-gyanendra

 

माधवकुमार नेपाल अहिले प्रधानमन्त्री भए । जनताद्वारा चौतर्फी घ्रिणा गरिएका उनी चोर दुल्काबाट सभासद भएर प्रधानमन्त्री भएका हुन । त्योपनि बिदेशी चाख, चासो र दबाबमा भएको हो भन्नेहरु निकै छन् । त्यो आरोप निराधारपनि देखिँदैन । उनको बिगत र बर्तमान हेर्दापनि उनी नेपालको राजनितिमा नालायक पात्र मध्ये एक हुन् भन्ने बुझ्न कठिन छैन । कांग्रेस र एमालेका बैठकमै गएर ‘उपेन्द्रजी भी आएगा’ भन्दै सरकार बनाउन भारतीय राजदूतले निर्देशन दिने गरेपछि बिदेशी ईशारा होइन कसरि भन्ने ? हुनत कुन पार्टी पो अछुतो रहे र ?

 

हेर्नुस् त राज बिरेन्द्रको बंश ज्ञानेन्द्रले सखाप पारेपछि नेपालको अवस्था झन् कति बिग्रियो ? तिनै बिरेन्द्रको वंश सखाप पार्ने अपराधीलाई विष्णुका अवतार हुन् भन्दै माधव कुमार नेपालले दाम चढाउन गएको तस्बिर हो यो । यो तस्बिर काठमाडौं हनुमानढोका दरबारमा खिचिएको हो । हेर्नेलाई भन्दा देख्नेलाइ लाज भनेको यहि होइन त ?

 

कम्युनिष्टहरु साम्यवादी ब्यवस्थाका हिमायती हुन्छन् । तिनको राज्य व्यवस्थामा राजतन्त्रलाई कहिँ कतै स्थान हुँदैन । तर नेपालमा नेकपा (एमाले) नामको अनौठो कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव भने यसरि राजालाई दम राखेर ढोगिरहेका थिए । त्यहिखेर जनताले पुरै तिरस्कार गरेको, जनताले अपराधी भनेको, जनताको मन र मस्तिष्कबाट हटेको राजतन्त्रलाई दाम राखि राखि ढोगेर प्रतिस्थापन गर्न कम्मर कसेका थिए उनले । त्यहि जनभावनालाइ कदर नगर्ने, आम नेपालीका राजाको वंश सखाप पार्ने अपराधीलाई जबर्जस्ति प्रतिस्थापित गर्ने, जनताको मतले पराजित माधव नेपाल अहिले प्रधानमन्त्री भएका छन् । जनताको विश्वासनै नभएकाले कसरि मुलुक हाक्ने ?

 

यो तस्बिर पहिले कहाँ प्रकाशित भएको थियो मलाई जानकारि भएन । तर गत संबिधान सभाको निर्वाचनका बेला नेकपा (माओवादी) ले निकै प्रचारप्रसार गरेको रहेछ । यो तस्बिरपनि माधव नेपाल पराजित हुनुमा एक कारण बन्यो भनिन्छ । माओवादीहरुले यो तस्बिरलाई पोष्टर बनाएर भित्ता भित्तमा टाँसेका थिए रे । मैले चाहिँ त्यतिबेलै माओवादी समर्थित अखबार नयाँदिशा दैनिकबाट कपी गरेर राखेको थिएँ यस्तै मौका पर्दा एकदिन राखौंला भनेर । नभन्दै आएन त मौका आज ?

तपाइँको प्रतिक्रिया