प्रदेशका अस्थायी राजधानी तोक्नेबारे संविधानमै ब्यवस्था, आन्दोलन किन ?

सरकारले सातै प्रदेशको अस्थायी राजधानी तोक्यो । यसको लगत्तै बाँके, बिरगंज, बैतडी, बर्दिया, भक्तपुर लगायत दर्जनौं जिल्लामा आन्दोलन शुरु गरिएको छ । सात प्रदेशको राजधानी कहिँ न कहिँ तोक्नुपर्ने थियो । तोकियो । प्रदेश राजधानी सात स्थलमा हुने हो । कसरि हरेक जिल्ला र शहरको प्रदेश राजधानी बनाउने रहर र माग पुरा हुन सक्छ ? तर सरकारले सबैतिर अत्याचारनै अत्याचार गरे जसरि सबैले प्रदेश राजधानीको माग गर्दै आन्दोलन शुरु गरेका छन् । र सरकारले अस्थायी राजधानी तोक्ने निर्णय असंवैधानिकपनि छैन ।

अस्थायी राजधानी सरकारले तोक्ने भन्ने विषयमा नेपालको संविधानमै स्पष्ठसित उल्लेख छ । संविधानको धारा नं २८८ को (१) मा स्पष्ठ उल्लेख छ – नेपालको राजधानी काठमाडौंमा रहने छ । २२ को (२) मा ‘यस संविधान बमोजिमका प्रदेशको राजधानी संवन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने छ । त्यस्तै धारा २८८ को (३) उपधारा (२) बमोजिम निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने छ ।

अस्थायी राजधानी सरकारले तोक्ने भन्ने विषयमा नेपालको संविधानमै स्पष्ठसित उल्लेख छ । संविधानको धारा नं २८८ को (१) मा स्पष्ठ उल्लेख छ – नेपालको राजधानी काठमाडौंमा रहने छ । २२ को (२) मा ‘यस संविधान बमोजिमका प्रदेशको राजधानी संवन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने छ । त्यस्तै धारा २८८ को (३) उपधारा (२) बमोजिम निर्णय नभएसम्म नेपाल सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने छ ।

हाल संवन्धित प्रदेश सभाको बैठक बसेकै छैन । अस्थायी प्रदेश सभाले बल्ल स्थायी प्रदेश सभाकोलागि काम गर्छ । त्यो बैठक बसेपछी बल्ल प्रदेश सभाका सदस्यहरुले कुन कुन प्रदेशको राजधानी कहाँ बनाउने भनेर निर्णय गर्ने छन् । सायद मतदान होला । प्रदेश सभाका सदस्यहरुले बहुमतबाट निर्णय गरेपछी बल्ल स्थायि रुपमा कुन प्रदेशको राजधानी कहाँ हुने भन्ने निर्णय हुने हो । प्रदेश सभाको बैठक बस्नु अघि सरकारलेनै काम चलाउका रुपमा अस्थायी रुपमा तोक्ने हो । यो संविधानत सहि निर्णय हो । तर किन संविधानसम्मत गरिएको निर्णय नमानेर आन्दोलन भैरहेको छ ? हामीले किन संविधानमा उल्लेख भएका कुराहरुलाई मानिरहेका छैनौं । किन संवैधानिक प्रावधनलाई मिच्ने काम भैरहेको छ ? संवैधानिक प्रावधान मिचेर आन्दोलन चर्काउन को लागिरहेको छ ? अहिलेको आन्दोलनलाई मलजल गर्ने को छ ?

अहिले आन्दोलन पटक्कै हचुवाका भरमा केहि ब्यक्तिको लहडमा भैरहेको छैन । कहिँ न कतैबाट मलजल भएरै यो चर्केको छ । किनभने प्रदेश राजधानी तोक्नासाथ एकैसाथ जिल्ला जिल्लामा आन्दोलन चर्काइएको छ । यो नेपाललाई अस्थिर राख्ने, कुनै ठूलै घटना बनाएर कुनै न कुनै राजनितिक, अपराधिक फाइदाकोलागि हुनुपर्छ ।

त्यसो त आफ्नो क्षेत्र प्रदेशको राजधानीमा परेन भनेर आन्दोलन चर्किनुमा हाम्रा नेताहरुको दोषपनि छ । तिनले गत निर्वाचनमा मत जित्नैकालागि जिल्ला जिल्लामा गएर जनतालाई तिनको पायक पर्ने क्षेत्रलाई प्रदेशको राजधानी बनाउने आश्वाशन दिएर मत लिए । तर हरेक क्षेत्रमा त्यहि आश्वाशन दिएर मत मागेपनि प्रदेश राजधानी सबै ठाउँमा तोक्न संभव हुने कुरै भएन । आफ्नो क्षेत्र राजधानी बन्छ भन्ने आश्वाशन पाएका जनताले अहिले त्यहि रिसमा, आफू ठगिएको, ढाँटिएको  महसुस गरेर आन्दोलनलाई मलजल गरिरहेका छन् । संविधानमा भएको प्रवधानबारे आफ्ना क्षेत्रका जनता, मतदाता र पार्टी कार्यकर्तालाई राम्रोसित बुझाउन नसक्नुपनि अहिले आन्दोलन चर्किनुको अर्को कारण हो । यसको जिम्मेवारी मुख्यत दलहरुले लिनुपर्छ ।

 

तपाइँको प्रतिक्रिया