मोदीको फोनपछी वामपन्थी सरकार धरापमा !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बरिष्ठ नेतासित फोन संवाद गर्नासाथ अनौठो राजनितिक वातावरण देखिएको छ । बन्ने भनिएको वामपन्थी नेत्रित्वको सरकार बिरुद्द अनेक शंका, तर्क र बखेडाहरु सतहमा तैरिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता केपी ओलीसित मोदीले के संवाद गरे ? मोदीले के आश्वाशन दिए भन्ने स्पष्ठ ति नेताले पारेका छैनन् । तर मोदीसितको संवादपछी एकाएक वामपन्थी नेत्रित्वमा बन्ने भनिएको सरकारका बारेमा विवादहरु देखिएका छन् । मोदीले प्रधानमन्त्री देउवालाईपनि फोन गरेर के आकाशवाशी सुनाए । मोदीसित वार्तापछी देउवापनि माओवादी र एमाले नेतासितसंवाद संवादकालागि खुला देखिएका छन् । मोदीको वार्ताले अन्य शंकापनि पैदा गराएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संवादले नेपालको निर्वाचन आयोगमाथिसमेत हस्तक्षेप गरेको वा निर्वाचन आयोगका प्रमुख आयुक्तसमेत भारतीय प्रधानमन्त्रीको प्रभावमा परेको आरोप लाग्न थालेको छ । त्यो आरोप निराधार जस्तोपनि लाग्दैन । किनभने समानुपातिक मतहरुको परिणाम सार्बजनिक गर्न नमिल्ने प्रमुख निर्वाचन आयुक्त अयाेधि प्रसाद यादवले बताउँदै आएका थिए । तर दलका नेताहरुसित नरेन्द्र मोदीको टेलिफोन संवाद लगत्तै मत परिणाम सार्बजनिक गर्न मिल्ने बताईयो । बिदेशी प्रधानमन्त्रीले कसरि हाम्रो देशको प्रमुख  निर्वाचन आयोगमा यसरि प्रभाव जमाउन सक्छ ? कसरि दलहरुले निर्वाचन आयोगलाई यसरि बिदेशीको भनाईले प्रभाव पार्ने बनाउन, दबाब दिन सक्छन् ? यो कस्तो संविधान हो बिदेशीले चाहनासाथै गाँठो फुकाउन मिल्ने ?

नरेन्द्र मोदीले फोन रिँगाउनु अघि प्रधानमन्त्री शेर बहादुर देउवा एमाले र माओवादी केन्द्रका नेतासित संवादमा थिएनन् । सरकार छोड्ने उनको कुनै योजना नै थिएन । सरकार छोड्ने प्रसंगबारे सुन्नपनि चाहँदैनथे । तर मोदीको टेलीफोन वार्ता लगत्तै कसरि उनी छलफलको नाटक रच्न थाले  ? आखिर नेपालको प्रधानमन्त्रीलाई कसले चलाउँदो रहेछ भनेर खुलस्तसित देखाउन खोजिएको त होइन ? प्रमुख दलहरुबिच आफ्नो देशको राजनितिक मामिलामा बहस हुन नसकेर बिदेशीलाई गुहार्नुपर्ने कुन हदसम्मको देशघाती निर्णय हो यो ? आफ्नो देशको राजनितिक मामिलाका बारेमा छलफल गर्नसमेत बिदेशीले अह्राउनुपर्ने नेताले यो मुलुकलाई संब्रिद्दीको बाटोमा लैजालान्, देशको हितमा काम गर्लान् भनेर कसरि पत्याउने ?

निर्वाचनको मत परिणाम सार्वजनिक गर्न बिदेशीले निर्देशन दिनु पर्ने । प्रधानमन्त्री र प्रमुख दलका मुख्य नेताबिचको संवादको गाँठो बिदेशी प्रधानमन्त्रीले फुकाइदिनुपर्ने । पार्टी एकता गर्ने कि नगर्ने उनैले सिकाइदिनुपर्ने । हाम्रा प्रधानमन्त्री, सरकार बनाउने भनिएका प्रमुख दलका मुख्य नेता, आगामी सरकारको प्रधानमन्त्रीकै दाबेदार, पहिले प्रधानमन्त्री भैसकेका दमदार ठानिने नेतामाथिनै दबाब र प्रभाव पारेर भारतीय प्रधानमन्त्री मोदीले ‘तिम्रो देशमा जोसुकैले जितोस हाम्रो पन्जाबाट कोहि फुत्किएको छैन, हामीलाई नटेरी कसैले केहि निर्णय गर्न सक्दैन, पाउँदैन’ भन्ने संकेत दिन खोजेका त होइनन् ? आम नेपालीले असाध्यै आशा गरेको वाम गठबन्दन र यो गठबन्दनको नेत्रित्व गर्ने पार्टीका अध्यक्ष, भावी सरकारको नेत्रित्वकर्तापनि हाम्रै निर्देशनमा नाच्ने हुन् भनेर नरेन्द्र मोदीले वामपन्थी सरकार बन्नु अघिनै आम नेपालीका सामुन्ने हेप्न खोजेका छन् । वास्तविकता प्रस्ट पार्न खोजेका त होइनन् ?

यो आशंका किनपनि बलियो हुँदै गएको देखिन्छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रसितको सहमती तोडेर एमालेले संघिय फोरमसित मिलेर सरकार बनाउन खोजेको सार्वजनिक गरिदिए । प्रचण्डको यो भनाई मोदीले बिभिन्न दलका नेतालाई टेलिफोन वार्ता गर्दै कानेखुशि गरेपछिको  हो । मोदीको टेलीफोन वार्ता अघि एमाले र माओवादी केन्द्रबिच यस्तो आरोप देखा परेकोपनि थिएन । मोदीले एमाले र माओवादीसहित वामपन्थी दलहरुको नेत्रित्वमा सरकार बन्न नदिन बिभिन्न दलहरुकाबिच खेल्न थालेको प्रष्ट बुझिन्छ । हाम्रा दल, तिनका नेतापनि मोदीकै भनाईसित पौडी खेल्न थालेको देखिन्छ । किनभने निर्वाचन अघि र निर्वाचनको परिणाम लगत्तै एमाले र माओवादीबिच वाम नेत्रित्वको सरकार बनाउने र पार्टी एकिकरण गर्ने जति बलियो आधार, भनाई र द्रिढता देखिन्थ्यो मोदीको चलखेलपछी त्यो धिमा बन्दै गएको प्रष्टै झल्किन्छ । बरु सतहमा नयाँ नयाँ बिवाद र संभावनाहरुको खोजि गरेका विषयहरु छरपस्ट देखिँदै गएका छन् । एमालेलेपनि अन्य बिकल्पहरु खोजेको देखिन्छ । माओवादी र एमालेकै विचमा पहिले देखिएको विश्वाश र भरोसा बलियो देखिन्न । बरु धर्मराउँदै गएको देखिन्छ ।

तपाइँको प्रतिक्रिया