एक मधेश एक प्रदेश र गैह्र नेपालीको नागरिकताबारे वामसरकारले के गर्ला ?

  • मदन बज्राचार्य

गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रि बनेको बेला राजेन्द्र महतोले हेडौंडामा भाषण गर्दा कांग्रेसकै मन्त्रीको हैशियतमा भनेथे “मधेसमा बस्ने हो भने पहाडीहरू मधेसीको मातहतमा बस्नुपर्ने छ । तराई भनेको नेपाल र भारत बिचको मध्य देश हो र त्यसलाई पृथ्बी नारायण शाहले जवर्जस्ती कब्जा गरेको हो ।” यसो भन्दै आउने राजेन्द्र महतो लगायतले अहिले चुनावमा पनि मधेश अर्थात तराई नेपालमा गाभिएको मधेश रास्ट्र भएको बताउँदै आएका छन् । अब त्यसैको सरकार बन्ने भयो प्रदेश नम्बर २ अर्थात राजेन्द्र महतो लगायत मधेशाबादिको बोलीमा “मधेश अर्थात नेपाल र भारत बिचको मध्य देश अर्थात नेपाल र भारत बिचको अर्को “रास्ट्र” बन्ने नै भयो ?

जय कृष्ण गोईत लगायतका मधेशाबादिहरुले नेपाल र भारत बिचको मध्य देश अर्थात नेपाल र भारत बिचको मधेश रास्ट्रबाट पहाडी र हिमाली क्षेत्रबाट आएकाहरुलाइ तराईबाट हटाउन अनेकौं प्रयास गर्दै आएका छन् । गोईत, सिकेलाल हरुले हतियार नै उठाएर तराईलाइ नेपालबाट अल्ग्याउँदै भिन्न रास्ट्र बनाउन खोजेको हो भने राजेन्द्र महतोहरु तराई पसे जति बिहारीलाई नेपालको नागरिकता दिलाउँदै तराईमा आफ्नो बहुमत बनाएर लोकतन्त्र र संविधानलाई तराई नेपालबाट अलग्याउने हतियार बनाउन खोजेको कुरा स्पस्टसित बुझिन्छ । अब तिनैको प्रादेशिक सरकार बन्ने प्रदेश नम्बर २ अर्थात महतोको बोलीमा मधेश प्रदेशमा महतोहरु नेपाल पसे जति सबै बिहारीलाई मधेसी मान्छन । तर नेपालको अन्य जिल्लाबाट तराईमा पुस्तौ देखि बसेको नेपालको अन्य समुदायलाई मधेसी मान्दैनन । अब उनीहरुले प्रदेश नम्बर २ मा सरकार चलाउँदा त्यहाँ बस्दै आएका अन्य समुदायलाई त्यहाँ बस्न नसक्ने अवस्थामा पुर्याउलान् कि नपुर्‍याउलान् ?

लोकतन्त्र, समानुपातिकको नाममा नेपालीले मत नदिएकाहरुले समेत सदनबाट राज गर्न पाउने भए । भारतको स्वार्थमा ठुलै बाधक बनेको नेपालको राजसंस्था र तत्कालिन संबिधान खारेज गर्नुपर्ने र २५ सौं लाख भारतको बिहारीले समेत नेपालको नागरिकता पाउन सक्ने बनाउन मात्र दुई जना (मधेसी) ले भनेपछि कुनै पनि बिहारीले नेपालको नागरिकता दिलाउन् सक्ने ब्यवस्था गराउनुपर्ने भनेर माग राखे । तर त्यो माग नेपालमा न कुनै नेपाली न कुनै नेता वा दलले भनेको थिएन । माओबादीको ४० बुँदे मागमा पनि यस्तो कुनै बुँदा थिएन । तर यि सबै कुरा माओवादी र गिरिजाको सरकार बीच दिल्लीमा सम्झौता गरेर पछि गघुसाईयो ।

इन्दिरा गान्धीको पालादेखि अहिलेपनि नेपालबाट भारतको सबै स्वार्थ केन्द्रित भएको नेपालको तराईलाई नेपाल बाट अलग्याउन खोज्दै आएको थियो । अहिलेका यि मधेशवादीहरुले त भारतले खुलेर भन्न नसकेको त्यही कुरा माग्दै आएक छन् । ति मधेशाबादिको माग पुरा गराउन भारतले नाङ्गो र लाजै नपचाई नेपाललाई दबाब दिएको थियो । नाकाबन्दी गर्‍यो । तर संयुक्त रास्ट्र संघको सदस्य भएको नेपालको तराईलाई संयुक्त रास्ट्र संघको सादस्य नबनेको सिक्किम जस्तै सजिलै कब्जा गर्ने सक्दैनथ्यो । तर तराईलाई पहिले मधेसी रास्ट्रको रुपमा स्थापित गर्ने । नेपालबाट अलग्याएर छुट्टै मधेश रास्ट्र बनाउन चाहनेको बहुमत पुर्‍याउने र तराईलाई नेपालबाट अलग्याउने उनीहरुको दाउ हो र यो गर्न सक्छन् ।

भारतले खुलेर गर्न र भन्न नसकेको मागहरु माग्दै आएका मधेशबादिहरुलाई यो हदसम्म बलियो बनाउन कुन दल र कुन नेताको हात छ भनेर सोध्ने हो भने नेपाल पसे जत्तिको बिहारिहरुलाई मात्र उनीहरुले नेपालमा एक वर्ष बसेको भनेपछि नेपालको नागरिकता दिलाउन झुठो विधेक बनाएर राजा बीरेन्द्रलाई झुक्याउन खोज्नेहरुनै त होईनन् ? तराईमा जथाभावी ४२ लाख नेपालको नागरिकता दिलाउँदा मधेशबादी नेता उपेन्द्र यादव लगायतले नै भन्दै आएका छन् कि त्यति बेला २५ लाख भन्दा बढी बिहारीले गलत तरिकाले नेपालको नागरिकता लिए ।

उसैनैको समुहमा पर्ने र अहिले मधेशाबादिको ठुलो नेता समेत भनिने राजेन्द्र महतोले नेपालको नागरिकता लिएको बारेमा पनि प्रश्न उठ्दै आएको छ । राजेन्द्र महतोले नेपालको जन्मसिद्द नागरिकता लिएका छन् । जव कि उनका पीता जो भारतीय हुन् उनले नेपालको नागरिकता लिएको धेरै पछि मात्रै नेपालको अंगिकृत नागरिकता लिएका हुन् । यस्ता नेताहरु बिहारबाट नेपाल पसे । यतै बसे । आफूलाई चाहिँ तिनले मधेसी मान्छन । तर नेपालबाट तराईमा पूर्खौंदेखि बसेकालाई नेपाली मधेशी मान्दैन । उनीहरुले यो चुनावमा भनेका छन् कि मधेशबाट मधेश बिरोधिलाई हटाउनुपर्छ ।

यी मधेशबादी नेता र दलहरुले भारतले नेपालको सिमाना मिच्दा नेपालको सार्वभौम सत्ताको खुलेरै पेल्दा कहिलेपनि एक शब्द बोलेका छैनन् । यस्ता कयौं मधेशबादी नेताहरु नेपालको जन्म सिद्ध नागरिक थिएनन । तराईमा उनीहरु भन्दा योग्य अरु नेपालकै जन्म सिद्ध नागरिकहरु नभएको होईन । तर पछि मात्रै नेपालको नागरिकता लिएका कथित मधेशबादीहरु नेपालको जन्म सिद्ध नागरिकहरुलाई हॊईन उनीहरुले नागरिकता दिलाएको बिहारिहरुलाई बढी भन्दा बढी अधिकार दिलाउन चाहन्छन् । पछि मात्रै नेपालको नागरिकता लिएका पुरा बिहारिहरुले नेपालको जन्मसिद्ध नागरिकता भएको र तिनले नागरिकता दिलाएका २५ सौ लाख बिहारिहरुले तराइको जन्म सिद्ध मधेसीहरुको अवसरमा खुला चुनौति दिँदै आएका छन् । तापनि यस्तैको साथ लिएर आफ्नु सातामा पुग्न खोज्ने, टिक्न खोज्ने नेता र दलहरुले तराईको जन्म सिद्ध नेपाली र मधेशी समुदायको हक र अवसर मिचिएकोमा एक शब्द पनि बोल्दैनन । अब बहुमतमा पुगेको दलको सरकारले यो बारेमा केहि गर्ला ?

तपाइँको प्रतिक्रिया