जनआन्दोलनका सर्बोच्च कमाण्डर स्व. गणेशमान सिंहको बेल्जियममा स्म्रिति सभा
– शेर बहादुर छन्त्याल / बेल्जियम
नेपाली जनसंपर्क समिती, बेल्जियमले प्रजातान्त्रिक आन्दोलनका सर्बोच्च कमान्डर तथा लौह पुरुष स्वर्गीय गणेशमान सिंहको २० औं स्मृति दिवशको कार्यक्रम सम्पन्न गरेको छ । बेल्जियमको लुभेन शहर सम्पन्न उक्त स्मृति दिवसमा बेल्जियम स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, पत्रकार, नेपाली कांग्रेस प्रति आस्थावानहरु र अन्य जनसमुदायको उपस्थिती रहको थियो ।
छोटो समयमा नै तय गरिएको र एकै समयमा लुभेनमा नै एनआरएन बेल्जियमको बुझबुझारथ कार्यक्रम भएता पनि स्मृति दिवसमा बेल्जियमका महत्वपूर्ण ब्यक्तिहरुले स्व. गणेशमान सिंहको नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान बारे चर्चा परिचर्चा गरेका थिए । नेपाली जनसंपर्क समिती, बेल्जियमका सभापति सीता सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख तमु, नेजमो, यूरोपका अध्यक्ष बिष्णु भुजेल, प्रवासी नेपाली मन्च, बेल्जियमका प्रतिनिधि, एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठ र जनसंपर्क समिती, बेल्जियमका भुतपूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिती सदस्य ईन्द्र छेत्रीले स्व. गणेशमान सिंह र उनको राजनीतिक जीवन संघर्षको बारेमा आफ्ना रायहरु राखेका थिए ।
एनआरएन बेल्जियमको हालै सम्पन्न निर्वाचनमा अन्तरघात गरेको आरोप सहित समितिका पूर्व अध्यक्ष गंगाधर गौतमलाई सीता सापकोटाले कारबाही गरेकाले गौतम समर्थक पदाधिकारीहरुको अनुपस्थिति रहेको थियो । जनसंपर्क समिती भित्रको यही अवस्थालाई देखेर नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका बिष्णु भुजेलले “प्रजातान्त्रिक आन्दोलनका कमाण्डर तथा लौह पुरुष स्व. गणेशमान जस्ता ब्यक्तित्वको स्मृति दिवसमा श्रद्धान्जली अर्पण गर्न पनि फोन गरेर बोलाउनु पर्ने अवस्था देखियो, यो राजनीतिक संस्कार चिन्ताजनक छ ।” भनेका थिए ।
त्यस्तै, प्रवाशी नेपाली मञ्चका प्रतिनिधी मधु पौडेल, पर्वत समाजका अध्यक्ष झलक केसी, राप्रपाका अध्यक्ष दिपेन्द्र केसी, पाचापुचका अध्यक्ष भिम जोसी लगायतले गणेश्मानको योगदानबारे चर्चा गरेका थिए ।
गणेशमान सिंहको स्वर्गरोहण भएकै दिन १८ सेप्टेम्बरमा सम्पन्न स्मृति दिवस कार्यक्रमको संचालन समितिका सह महामन्त्री धर्म पाठकले गरेका थिए । कार्यक्रमको अन्तमा सभापति सिता सापकोटाले स्व. गणेशमान सिंहको राजनीतिक संघर्षबाट आजका पुस्ताले अझ बढी गम्भिरतापूर्वक अध्ययन गरेर सिक्नुपर्दछ भन्दै उपस्थित सबैलाई हार्दिक धन्यवाद दिएका थिए ।









