नेपाली कांग्रेस युरोपका महासचिव गौतमलाई एक दर्जन आरोप लगाउँदै पार्टीबाट निष्काशन (आरोपका बुँदासहित)

नेपाली कांग्रेसको बेल्जियमस्थित संगठन नेपाली जनसंपर्क समितीले नेपाली कांग्रेस युरोपका महासचिव गंगाधर गौतमलाई तिन वर्षकालागि साधरण सदस्यबाटै निष्काशन गरेको छ । आफ्नो संगठन बिरुद्द लागेको भन्दै एक दर्जन आरोप लगाएर उनलाई नेपाली जनसंपर्क समिती बेल्जियमले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरि तिन वर्ष सम्मकालागि कारवाही गरेको हो । नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसम्पर्क समितीको तर्फबाट एन आर एन ए बेल्जियममा अध्यक्ष पदमा उमेदवार बनाइएका सन्तोस (सुभास) जोशीलाई हराउन सांगठनिक रुपमै लागेको तथ्य फेला परेको भन्दै उनमाथि कारवाही गरेको पत्रमा उल्लेख छ ।  सो पत्र नेपाली कांग्रेसको केन्द्रिय कार्यालयलाईसमेत पठाइएको छ । कारवाहीमा परेका गौतम हाल एन आर एन ए बेल्जियमका निवर्तमान अध्यक्ष हुन् । उनी नेपाली कांग्रेसकै तर्फबाट अध्यक्ष बनेका हुन् ।

नेपाली जनसंपर्क समिति बेल्जियममा गंगाधर गौतम आफ्नै उमेदवारलाई हराउन खेल खेलेको भन्दै उजुरी परेको थियो । सो उजुरीमाथि जससको अनुशासन समितिले छानबिन गरेको थियो । उक्त छानबिनपछि आरोपित गंगाधर गौतमलाई स्पष्ठिकरण मागेको तर उनले चित्तबुझ्दो जवाफ नदिई उल्टै अनुशासन समितिको हैशियतमाथि धावा बोल्ने काम गरेको कारवाहीको सिफारिस पत्रमा उल्लेख छ । नेपाली जनसम्पर्क समिति बेल्जियममा भएको विधान अनुसार अनुशासन समितिको सर्वसम्मतिमै उनमाथि कारवाही गर्न जसस बेल्जियमलाई सिफारिस गरिएकोपनि पत्रमा छ । एन आर एन बेल्जियमको निर्वाचनमा भएको षडयन्त्रका क्रममा जससका महामन्त्रि र अन्य ब्यक्तिमाथिपनि उजुरी परेको र तिमाथि अध्ययन भैरहेकोपनि जनाइएको छ । अनुशासन समितिको सभापति बलिराम झा र सदस्यहरुमा उल्का घिमिरे, इन्द्र क्षेत्री र राजेन्द्र पौडेलको हस्ताक्षर छ ।

 आरोपहरु यस्ता छन् –

१- जनसम्पर्क समिती र प्रवाशी नेपाली मञ्चबिच आधिकारिक रुपमै बनेको गठबन्धनप्रति सैद्दान्तिकरुपमै बिमती र व्यवहारिकरुपमा असफल बनाउन सक्रिय रहेको ।

२ – गठबन्धनमा संलग्न एमाले उमेदवारहरुसँग ब्यक्तिगतरुपमै उनीहरुसँग प्रत्यक्ष भेटि उनीहरुलाई मतदान नगर्ने र बिपक्षी उमेदवारहरुलाई मतदान गरि हराइदिने भनि बारम्बार धम्काएको ।

३ – जनसम्पर्क समिती र प्रवाशी नेपाली मञ्चले खडा गरेको समावेशी समूहको कहिँकतै प्रचार नगरि झाराटार्ने हिसाबले हाम्रो पक्षका उमेदवारको मात्र पोष्टर सामाजिक सञ्जालमा प्रकाशित गरि गठबन्धनमा अविश्वाश पैदा गराएको ।

४ – सभापतीसँग ब्यक्तिगत ईगो लिई समग्र प्रचार अभियानलाई कमजोर बनाएको ।

५ – विपक्षी गठबन्धनसँग भित्रभित्रै सम्पर्कगरि जनसम्पर्क समिति र गठबन्धनबिच सार्थक वार्ता हुनै नदिएको ।

६ – जनसम्पर्क समितीले भरेका पञ्जिक्रित सदस्यहरुको आइडी कार्ड जनसम्पर्क समितीलाई वितरण गर्न नदिई विपक्षी उमेदवारहरुलाई वितरण गर्न दिएको ।

७ – मतदाता नामावलीमा ब्यापक अनियमितता गरि प्रकाशित भएका नाम हटाउने र नयाँ मतदाता थप्ने तथा मतदानको अवधिभरि गैह्र मतदाताहरुलाईपनि मतदान गर्न छुट दिएको ।

८ – मतदानको विहानसम्मपनि मतदाता नामावलीमा फेरबदल गरेको ।

९- हाम्रो प्यानलका कतिपय उमेदवरहरुलाईपनि बिपक्षी प्यानलमा राख्ने र भ्रम स्रिजना गर्ने काममा टेवा पुर्‍याएको ।

१०- नेपाली जनसम्पर्क समिती बेल्जियमको पूर्व अध्यक्ष, एन आर एन बेल्जियमको बहालवाला अध्यक्ष तथा युरोपियन कांग्रेसको महासचिवजस्तो ब्यक्तिले आफ्नो मतपत्रको प्रयोग आफैं नगरि दोश्रो ब्यक्तिलाइ मतदान गर्न दिएको ।

११- सामाजिक सञ्जालहरुमा आफ्नो प्यानलको प्रतिस्पर्धी प्यानलको उमेदवारहरुको पक्षमा अभिब्यक्ति दिएको भिडियो पोष्ट भएको पाइएको ।

१२- यावत क्रियाकलाप गरि अन्तमा हाम्रो अध्यक्षका उमेदवारलाई पराजित गराएको ।

तपाइँको प्रतिक्रिया