जनसम्पर्क समिति बेल्जियमको बहुमतद्वारा गंगाधर गौतममाथि कारवाहीको निर्णय

नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसंपर्क समिती बेल्जियमले जनसंपर्क समितिका पूर्व अध्यक्ष गंगाधर गौतमलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारवाही गर्ने निर्णय गरेको छ । गत ६ सेप्टेम्बरका दिन जनसम्पर्क समिती बेल्जियमका अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । जनसंपर्क समितिको कार्य समितीका बहुमत सदस्यहरुको सामूहिक निर्णयबाटै गौतमलाई कारवाही गर्ने निर्णय गरिएको हो । कारवाही सिफारिक गरिएको सो निर्णयको प्रमाण नेपालप्लस डटकमले नेपाली कांग्रेस केन्द्रिय कार्यालयको विशेष स्रोतबाट फेला पारेको हो ।

एन आर एन बेल्जियमको गत सेप्टेम्बर तिन तारिख आइतवारका दिन निर्वाचन भएको थियो । उक्त निर्वाचनमा जनसम्पर्क समिति र नेकपा एमालेको संगठन प्रवाशी नेपाली मञ्चले साझा प्यानल बनाउँदै अध्यक्षमा जनसम्पर्क समितीका पूर्व अध्यक्ष तथा एन आर एन बेल्जियमका महासचिव सुभास जोशीलाई अध्यक्षमा उठाएका थिए । दुई संगठनका करिब दुई हजार सदस्य रहँदारहँदैपनि जोशीलाई अन्तर्घातकै कारण हराइएको खुलासा भएको थियो । त्यसलगत्तै नेपाली जनसंपर्क समितिलाई असफल बनाउन भित्रैबाट अन्तर्घात भएको भन्ने तथ्यहरु बाहिर आएका थिए । त्यहि प्रिष्ठभूमीमा जनसम्पर्क समिति बेल्जियमको आकस्मिक बैठक बसेको थियो ।

सेप्टेम्बर ६ मा बसेको आकस्मिक बैठकले गरेको पहिलो निर्णयमानै सुभास जोशीको पराजय संगठनकै ब्यक्तिहरुको अन्तर्घातका कारण भएको भनि संगठनको अनुशासन समितिमा उजुरी परेको र त्यसलाई समितिले सत्यतथ्यका आधारमा प्रतिबेदन तयार पारेको उल्लेख छ । सोहि प्रतिबेदनलाई बसेको बैठकले पारिद गरेको थियो । उक्त प्रतिबेदनमा जनसंपर्क समितीका पूर्व अध्यक्ष गंगाधर गौतमले अन्य विभिन्न ब्यक्तिसँग गोप्य साँठगाँठ गरि आफ्नै संगठनका सुभास जोशीलाई हराउन अन्तर्घात गरेको उल्लेख छ ।

समितिको बैठकले गरेको चौथो प्रस्तावमा छलफल हुँदा पूर्व अध्यक्ष गंगाधर गौतममाथि कारवाहीको निर्णय गरिएको हो । उक्त निर्णय अनुसार एन आर एन बेल्जियमको २०१७ – २०१९ कार्यकालकालागि नेपाली जनसम्पर्क समिति (ज स स) ले सन्तोस (सुभास) जोशीको नेत्रित्वमा उठाएको समूहलाई हतोत्साहित बनाउँदै र अल्झाउँदै अन्तत उनलाई हराउन बिभिन्न समूहसँग साँठगाँठ गरि संगठन र यस समूहका उमेदवारहरुलाई हराउन जसस बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमको नेत्रित्वमा एउटा समूह परिचालित भएको प्रमाणहरु फेला परेको उल्लेख छ । ति प्रमाणहरु निर्वाचन परिचालन मूल समितीका संयोजक ईन्द्रा क्षेत्री पकवानलाई प्राप्त भएको निर्णयमा उल्लेख गरिएको छ ।

क्षेत्रीले तयार पारेको प्रतिबेदनको आधारमा जनसंपर्क समिती बेल्जियमको अनुशासन समितीमा उजुरी परेको थियो । समितीले ति उजुरीमाथि सम्पूर्ण प्रक्रिया पुरागरि छानबिन गर्दै प्रतिबेदन तयार पारेको हो । उक्त प्रतिबेदन जनसंपर्क समिती बेल्जियमलाई बुझाएको थियो । त्यहि सिफारिसका अाधारमा जससको बैठकले एन आर एन बेल्जियमको निर्वाचनमा आफ्नो समूहलाई अन्तर्घात् गरि हराउनकालागि पूर्व अध्यक्ष गंगाधर गौतमले नेत्रित्व गरेको ठहर गर्दै विधानले ब्यवस्था गरे अनुसार कारवाहीको संकल्पसहितको निर्णय गरेको हो ।

जनसम्पर्क समिती (जसस) र प्रवाशी नेपाली मञ्चका साझा उमेदवार जोशीको पराजयपछि त्यसको मूल्यांकन गर्न आकस्मिक रुपमा बसेको जससको बैठकमा अध्यक्ष सिता सापकोटा, वरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा, उपाध्यक्ष डिलमाया शर्मा, अर्का उपाध्यक्ष नरहरी सापकोटा, सहमहामन्त्री धर्म पाठक, कोषाध्यक्ष विराट जोशी, निवर्तमान अध्यक्ष सुवास जोशी सहित २९ जनाको सहभागिता थियो । ति मध्ये संस्थापक अध्यक्ष ध्रुवराज पौडेल, पूर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान र सुभास जोशीपनि थिए । विशेष उपस्थितिमा राधाक्रिष्ण अधिकारी, झलक केसी र रमेश लामिछाने थिए । उपस्थित २९ जना मध्ये सो बैठकको निर्णयमा पाँच जनाले मात्रै हस्ताक्षर गरेका छैनन् । हस्ताक्षर नगर्नेमा उपाध्यक्ष नरहरी सापकोटा, सहमहामन्त्री धर्म पाठक र सदस्यहरु राजु थापा र राधा प्रधान छन् । त्यस्तै विशेष उपस्थिति जनाएका झलक केसीलेपनि हस्ताक्षर गरेका छैनन् । बाँकी पूर्व अध्यक्ष र संस्थापक अध्यक्ष ध्रुव पौडेलसमेतले सो कारवाहीकालागि हस्ताक्षर गरेका छन् । हस्ताक्षर नगर्नेहरु गंगाधर गौतम पक्षका रहेको स्रोतको भनाई छ । बेल्जियम स्रोतका अनुसार गौतमलाई कारवाही गर्ने निर्णयमा सहमत हुनेहरु १७ जना रहेका छन् । यो कार्य समितीको पूर्ण बहुमत संख्या हो

तपाइँको प्रतिक्रिया