इतिहास दोहोरिए त्यसको जिम्मा कम्युनिष्टहरुको
-सरोजदिलु विश्वकर्मा-
विगत १५ वर्षे राजनीतिमा जति ज्ञानेन्द्र दोषी थिए, त्योभन्दा चौगुणा दोषी राजनीतिक दलहरुसमेत थिए । जवकि सत्ता स्वार्थ र पदलोलुपको राजनीतिमा मुलुक कुशासनको दलदलमा फस्यो । कम्युनिष्ट शासनविरुद्ध तत्कालिन वाहुनमय सर्वोच्च अदालतसमेत काग्रेसीकरण भई स्रविधानलाई गलत ब्याख्या गर्यो । फलतः माओवादी जन्म्यो र १४,१५ हजार नागरिकहरु मारिन पुगे । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले अस्पतालको शैंयाबाट राष्ट्रिय सहमतिको याचना गरिरहँदा यिनै पौडेल–देउवाहरु मानवतालाईसमेत बिर्सेर एमालेलाई भनिरहेका थिए–एकमिनेट पनि सत्तामा बस्ने अधिकार छैन । सभामुख रहेका पौडेललेसमेत आफ्नो मर्यादा र जिम्मेवारीलाई बिर्सेर धोती–टोपी फुकालि मनमोहन–माधव–केपीविरुद्ध लागेकै हुन् । फलतः भाद्र १२ गते यिनै वरिष्ठ वाहुन–जालले उल्टो गंगा बग्न सफल भयो । नेता र नेतृहरु एकआर्काको पींध कोराकोर, टुपी–कन्दनी तानातान, अंग–गुप्ताङ्ग चिमोटाचिमोट् गर्न पुगे । परिणामतः राज्य कमजोर हुँदा स्वदेशी र विदेशी कुतत्वहरु शक्तिशाली भए र राजपरिवारकै नृषंश हत्या भई प्रतिगमन मौलाएर आयो ।
अहिले त्यही इतिहास दोहोर्याउने खेलमा राजनीतिक पण्डितहरु फेरी जुटेकाछन् । फरक यति हो, त्यसवेला एमाले भर्सेस कांग्रेस थियो । तर यी एक आर्काका शत्रुहरु आज अन्तरंग मित्र भएका छन् र अर्को कम्युनिष्टलाई सखाप पार्न धोतीपटुकी कसेर, टुपी तन्काएर लागीपरेका छन् । गाली गर्न होस् या तीललाई पहाड बनाएर राजनीतिक धमिल्याउन अनि जनताको अगाडि आँशु चुहाउँदै जनताकै टाउका ठोकाठोक गराउन यिनलाई जति अरुलाई आउँदैन । यसैलाई उनीहरु राजनीति भन्दा रहेछन् ।
तर नेपालका वाह्रमासे कम्युनिष्टहरुले जतिसुकै उचालुन, पछारुन् वहाना बनाउन् । तर अव जनताले बुझिसकेका छन्– फेरि इतिहास दोहोरिनेवाला छ । फेरि सस्तैमा सभाषद भएका यी अनुहारहरु सजिलै किनिने र विक्रि हुनेवाला छन् । मुसा र छुचुन्द्रा भएर एक प्वालमा पसी अर्को प्वालबाट निस्कने छन् । सुरासुन्दरीको छम्मा छम्मा हुनेछ । चलचित्रका कतिपय हिरोईन् र मोडलहरु निर्वस्त्र भएर होटलका वन्द कोठरीमा यी सभाषदहरुका काखकाखमै आई ईश्क ईश्क भन्दै थुतुनो जोड्न तयार हुनेछन् । उपप्रधानमन्त्री र विनाविभागीय मन्त्रीहरुको लाम लाग्नेछ । गोडा पाँचेक दर्जन मन्त्रीहरु गल्लीगल्लीमा पुच्छर लत्र्याएर सुत्केरीको सालनाल काट्न पनि हिँड्ने छन् । त्यसवेला मधेशकै मात्र जय भन्ने गज्जुवावुहरु जसरी महानायक भए अव एक मधेश एक प्रदेश भन्नेहरु त्यसरी नै सर्वसत्तामय हुनेछन् । यसरी कहिले माधव–गिरिजाको थुतुनो जोडिने छ । कहिले गिरिजा र प्रचण्ड त कहिले फोरम र गिरिजा अनि कहिले माधव–प्रचण्डको थुतुनो र गुथूनो जोडिने छ भने अर्को समुहबाट पदीय आस्वासन पाउनसाथ अघिसम्मका मित्रशक्तिलाई लात्तले हान्न जोकोही तयार हुनेछ ।
यतिमात्र होईन, महंगी बढ्ने छ । वन्द हड्ताल र हत्या, हिंसाहरु धाराप्रवाहिकरुपमा हुनेछन् । र, यसरी मुलुक कमजोर हुँदा विदेशी तत्वहरुले प्रशस्त फायदा उठाउने छन् । उनीहरु एक अर्कोलाई जोड्न र फेरि फुटाउन नेताको ढोका ढोकामा काला कौवा झै वल्लो धुरी र पल्लो धुरी गरेर कागकाग गरी माऊ तर्साउँदै चल्ला टिपेर उड्ने छन्, गुड्ने छन् । पानी, विजुली, टेलिफोन, विद्यालय, अस्पताल जताततै अस्तब्यस्त भई जनताहरु त्राहीत्राही हुनेछन् । आन्दोलन नै आन्दोलनको नाममा हाम्रा सडकहरु इंट र पत्थरमय हुनेछन् । नगरपालकहरुलाई रेलिंङ र वारहरु थन्क्क्यउन हम्मेहम्मे पर्नेछ । तथापि, हाम्रा यी महामहिम पण्डितहरु राष्ट्रिय सहमतिकै खोजीमा कान फुकाफुक् गर्न र मुख भुकाभुक् गरिनै रहने छन् ।
यसको जिम्मेवारी कसले लिने, एमाले, माओवदी, काग्रेस वा अरुले ? विशेषतः यसको भागिदार कम्युनिष्टहरु, त्यसमा पनि एमाले बन्नु पर्ने पो हो की ? किनकि यिनै माधव नेपाल हुन्, मनमोहन अधिकारी शैंयामा कठिन सुस्केरा तानीरहँदा जनताको आँखाबाट आँशु बग्ने गरी घोर भावुक भएर ‘वहुमतको खेल नखेलौं मुलुक वर्वाद हुन्छ‘ भन्दै याचना गर्ने । तर उनी स्वयं आज तिनै तत्वहरुसंग मिली संवैधानिक सर्वोच्चताको जिम्मेवारी नै छोडि, अर्को कम्युनिष्टलाई आफैं गलहत्याएर प्रधामन्त्री हुने कोट भिरीसकेका छन् ।
विचरा मेरा सम्माननीय कमरेड्–माधव । यिनको अन्तिम धोको त पुरा होला । तर अवको तीनमहिना पछि यही कांग्रेसले थाङनोसंगै मिल्काउँदा सिंगो एमालेको के हविगत होला ! किनकी फकाएर थाङनोमा सुताउने र सुतेपछि थाङनोसुद्धै बगाईदिने कांग्रेसको दाऊ सायद उनले पनि भोगेकै बुझेकै हुनुपर्दछ । यस हठ्ले न त संविधान नै बन्नेवाला छ, न शान्ति प्रकृया नै निष्कर्षमा पुग्ला । न त राज्यको पुनर्संरचना नै होला । वरु मधेशवादीहरुको लालीपप खाने इच्छा पुरा गर्दागर्दै एक तिहाई राज्य विहारसंग मिसिन पुग्यो भने अचम्म मान्नु पर्दैन । जवकि माओवादीले उपेन्द्र यादवलाई केही महिनापछि प्रधानमन्त्री बनाउने संकेत दिईसकेको छ भने कांग्रेससमेत कम्युनिष्टहरुलाई चकनाचुर पार्दै कालान्तरमा आफ्नै नेतृत्वमा सरकार हाक्ने चरम दाऊमा छ । अरु नक्कली लोकतन्त्रवाला पंत्तिहरुको कुरा नगरौं–उनीहरु यही हिलाम्मे दहमा पुरानो सत्तालाई फुलाउन फलाउन चाहन्छन् ।
दोश्रोको अस्तित्वलाई किमार्थ नस्वीकार्ने हाम्रो गरिमामय पार्टीका नेतागणहरु यतिवेला काँधमा गोमन सर्प बोकेर सहमति खोजिरहेका छन् । कसैलाई समुन्नत नेपाल र जनताको आर्थिक समृद्धी चाहिएको छैन, जसरी भएपनि पद चाहिएको छ । जवकि सवैलाई थाहा छ–एउटा सेनापतिले गर्दा सिंगो राजनीतिक माहोल बिग्रन्छ । मुलकार्य धरापमा पर्दैछ र शान्ति प्रकृया नै विथोलिनेवाला छ भने त्यस झिनो काँडालाई किन नझिक्ने । त्यस्तो कर्मचारीलाई पन्छाएर सहमति जुटाउन केको आईतवार ? तर यो देख्दादेख्दै सवैले सत्तामा सयर भई मुख्य लक्षलाई तिलाञ्जली दिईरहेका छन् ।
अतः हाम्रा कम्युनिष्टहरुमा थोरैपनि राष्ट्रियतको भावना हुने हो भने सहमतिको उपचार अति सजिलो छ– सेनापतिलाई तत्काल विश्राम दिऔं । संसद चलाऔं । एमाले–माओवादी सकभर कांग्रेससमेत मिलेर अवको डेढ वर्ष माओवादीकै नेतृत्वलाई स्वीकार गरौं । किनकी ३१ प्रतिशत जनताले माओवादीलाई पत्याएको कुरा सवैले स्वीकारेकै हो । तसर्थ पदको लालची नहोऔं । यो छोटो समय जनताको भावनालाई शीरोधार्य गर्दै ‘मेरो पार्टी, मेरो पद र म‘ भन्दा ‘मेरो देश‘ भन्ने भावनालाई छातीमा हात राखेर सोचौं । होईन भने हरिओम् तस्सतम् तस्सतम् गरेर जजमान लुट्ने धन्दा वाहेक केही चल्नेवाला छैन ।
(तस्बिर संयोजन गरिदिनु भएकोमा बेल्जियमका मित्र सुभास छ्न्त्यालजीलाई धन्यवाद-नेपालप्लस) ।