इतिहास दोहोरिए त्यसको जिम्मा कम्युनिष्टहरुको

-सरोजदिलु विश्वकर्मा-

 

sarojdilu_bk1विगत १५ वर्षे राजनीतिमा जति ज्ञानेन्द्र दोषी थिए, त्योभन्दा चौगुणा दोषी राजनीतिक दलहरुसमेत थिए जवकि सत्ता स्वार्थ पदलोलुपको राजनीतिमा मुलुक कुशासनको दलदलमा फस्यो कम्युनिष्ट शासनविरुद्ध तत्कालिन वाहुनमय सर्वोच्च अदालतसमेत काग्रेसीकरण भई स्रविधानलाई गलत ब्याख्या गर्यो फलतः माओवादी जन्म्यो १४,१५ हजार नागरिकहरु मारिन पुगे तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले अस्पतालको शैंयाबाट राष्ट्रिय सहमतिको याचना गरिरहँदा यिनै पौडेलदेउवाहरु मानवतालाईसमेत बिर्सेर एमालेलाई भनिरहेका थिएएकमिनेट पनि सत्तामा बस्ने अधिकार छैन सभामुख रहेका पौडेललेसमेत आफ्नो मर्यादा जिम्मेवारीलाई बिर्सेर धोतीटोपी फुकालि मनमोहनमाधवकेपीविरुद्ध लागेकै हुन् फलतः भाद्र १२ गते यिनै वरिष्ठ वाहुनजालले उल्टो गंगा बग्न सफल भयो नेता नेतृहरु एकआर्काको पींध कोराकोर, टुपीकन्दनी तानातान, अंगगुप्ताङ्ग चिमोटाचिमोट् गर्न पुगे परिणामतः राज्य कमजोर हुँदा स्वदेशी विदेशी कुतत्वहरु शक्तिशाली भए राजपरिवारकै नृषंश हत्या भई प्रतिगमन मौलाएर आयो

 

अहिले त्यही इतिहास दोहोर्याउने खेलमा राजनीतिक पण्डितहरु फेरी जुटेकाछन् फरक यति हो, त्यसवेला एमाले भर्सेस कांग्रेस थियो तर यी एक आर्काका शत्रुहरु आज अन्तरंग मित्र भएका छन् अर्को कम्युनिष्टलाई सखाप पार्न धोतीपटुकी कसेर, टुपी तन्काएर लागीपरेका छन् गाली गर्न होस् या तीललाई पहाड बनाएर राजनीतिक धमिल्याउन अनि जनताको अगाडि आँशु चुहाउँदै जनताकै टाउका ठोकाठोक गराउन यिनलाई जति अरुलाई आउँदैन यसैलाई उनीहरु राजनीति भन्दा रहेछन्

 

तर नेपालका वाह्रमासे कम्युनिष्टहरुले जतिसुकै उचालुन, पछारुन् वहाना बनाउन् तर अव जनताले बुझिसकेका छन्फेरि इतिहास दोहोरिनेवाला फेरि सस्तैमा सभाषद भएका यी अनुहारहरु सजिलै किनिने विक्रि हुनेवाला छन् मुसा छुचुन्द्रा भएर एक प्वालमा पसी अर्को प्वालबाट निस्कने छन् सुरासुन्दरीको छम्मा छम्मा हुनेछ चलचित्रका कतिपय हिरोईन् मोडलहरु निर्वस्त्र भएर होटलका वन्द कोठरीमा यी सभाषदहरुका काखकाखमै आई ईश्क ईश्क भन्दै थुतुनो जोड्न तयार हुनेछन् उपप्रधानमन्त्री विनाविभागीय मन्त्रीहरुको लाम लाग्नेछ गोडा पाँचेक दर्जन मन्त्रीहरु गल्लीगल्लीमा पुच्छर लत्र्याएर सुत्केरीको सालनाल काट्न पनि हिँड्ने छन् त्यसवेला मधेशकै मात्र जय भन्ने गज्जुवावुहरु जसरी महानायक भए अव एक मधेश एक प्रदेश भन्नेहरु त्यसरी नै सर्वसत्तामय हुनेछन् यसरी कहिले माधवगिरिजाको थुतुनो जोडिने कहिले गिरिजा प्रचण्ड कहिले फोरम गिरिजा अनि कहिले माधवप्रचण्डको थुतुनो गुथूनो जोडिने भने अर्को समुहबाट पदीय आस्वासन पाउनसाथ अघिसम्मका मित्रशक्तिलाई लात्तले हान्न जोकोही तयार हुनेछ

 

यतिमात्र होईन, महंगी बढ्ने वन्द हड्ताल हत्या, हिंसाहरु धाराप्रवाहिकरुपमा हुनेछन् , यसरी मुलुक कमजोर हुँदा विदेशी तत्वहरुले प्रशस्त फायदा उठाउने छन् उनीहरु एक अर्कोलाई जोड्न फेरि फुटाउन नेताको ढोका ढोकामा काला कौवा झै वल्लो धुरी पल्लो धुरी गरेर कागकाग गरी माऊ तर्साउँदै चल्ला टिपेर उड्ने छन्, गुड्ने छन् पानी, विजुली, टेलिफोन, विद्यालय, अस्पताल जताततै अस्तब्यस्त भई जनताहरु त्राहीत्राही हुनेछन् आन्दोलन नै आन्दोलनको नाममा हाम्रा सडकहरु इंट पत्थरमय हुनेछन् नगरपालकहरुलाई रेलिंङ वारहरु थन्क्क्यउन हम्मेहम्मे पर्नेछ तथापि, हाम्रा यी महामहिम पण्डितहरु राष्ट्रिय सहमतिकै खोजीमा कान फुकाफुक् गर्न मुख भुकाभुक् गरिनै रहने छन्

 

यसको जिम्मेवारी कसले लिने, एमाले, माओवदी, काग्रेस वा अरुले ? विशेषतः यसको भागिदार कम्युनिष्टहरु, त्यसमा पनि एमाले बन्नु पर्ने पो हो की ? किनकि यिनै माधव नेपाल हुन्, मनमोहन अधिकारी शैंयामा कठिन सुस्केरा तानीरहँदा जनताको आँखाबाट आँशु बग्ने गरी घोर भावुक भएरवहुमतको खेल नखेलौं मुलुक वर्वाद हुन्छभन्दै याचना गर्ने तर उनी स्वयं आज तिनै तत्वहरुसंग मिली संवैधानिक सर्वोच्चताको जिम्मेवारी नै छोडि, अर्को कम्युनिष्टलाई आफैं गलहत्याएर प्रधामन्त्री हुने कोट भिरीसकेका छन्

 

विचरा मेरा सम्माननीय कमरेड्माधव यिनको अन्तिम धोको पुरा होला । तर अवको तीनमहिना पछि यही कांग्रेसले थाङनोसंगै मिल्काउँदा सिंगो एमालेको के हविगत होला ! किनकी फकाएर थाङनोमा सुताउने सुतेपछि थाङनोसुद्धै बगाईदिने कांग्रेसको दाऊ सायद उनले पनि भोगेकै बुझेकै हुनुपर्दछ यस हठ्ले संविधान नै बन्नेवाला , शान्ति प्रकृया नै निष्कर्षमा पुग्ला । न राज्यको पुनर्संरचना नै होला वरु मधेशवादीहरुको लालीपप खाने इच्छा पुरा गर्दागर्दै एक तिहाई राज्य विहारसंग मिसिन पुग्यो भने अचम्म मान्नु पर्दैन जवकि माओवादीले उपेन्द्र यादवलाई केही महिनापछि प्रधानमन्त्री बनाउने संकेत दिईसकेको छ भने कांग्रेससमेत कम्युनिष्टहरुलाई चकनाचुर पार्दै कालान्तरमा आफ्नै नेतृत्वमा सरकार हाक्ने चरम दाऊमा अरु नक्कली लोकतन्त्रवाला पंत्तिहरुको कुरा नगरौंउनीहरु यही हिलाम्मे दहमा पुरानो सत्तालाई फुलाउन फलाउन चाहन्छन्

 

दोश्रोको अस्तित्वलाई किमार्थ नस्वीकार्ने हाम्रो गरिमामय पार्टीका नेतागणहरु यतिवेला काँधमा गोमन सर्प बोकेर सहमति खोजिरहेका छन् कसैलाई समुन्नत नेपाल जनताको आर्थिक समृद्धी चाहिएको छैन, जसरी भएपनि पद चाहिएको जवकि सवैलाई थाहा एउटा सेनापतिले गर्दा सिंगो राजनीतिक माहोल बिग्रन्छ । मुलकार्य धरापमा पर्दैछ शान्ति प्रकृया नै विथोलिनेवाला भने त्यस झिनो काँडालाई किन नझिक्ने त्यस्तो कर्मचारीलाई पन्छाएर सहमति जुटाउन केको आईतवार ? तर यो देख्दादेख्दै सवैले सत्तामा सयर भई मुख्य लक्षलाई तिलाञ्जली दिईरहेका छन्

 

अतः हाम्रा कम्युनिष्टहरुमा थोरैपनि राष्ट्रियतको भावना हुने हो भने सहमतिको उपचार अति सजिलो सेनापतिलाई तत्काल विश्राम दिऔं संसद चलाऔं एमालेमाओवादी सकभर कांग्रेससमेत मिलेर अवको डेढ वर्ष माओवादीकै नेतृत्वलाई स्वीकार गरौं किनकी ३१ प्रतिशत जनताले माओवादीलाई पत्याएको कुरा सवैले स्वीकारेकै हो तसर्थ पदको लालची नहोऔं यो छोटो समय जनताको भावनालाई शीरोधार्य गर्दैमेरो पार्टी, मेरो पद भन्दामेरो देशभन्ने भावनालाई छातीमा हात राखेर सोचौं होईन भने हरिओम् तस्सतम् तस्सतम् गरेर जजमान लुट्ने धन्दा वाहेक केही चल्नेवाला छैन

 

(तस्बिर संयोजन गरिदिनु भएकोमा बेल्जियमका मित्र सुभास छ्न्त्यालजीलाई धन्यवाद-नेपालप्लस)

 

तपाइँको प्रतिक्रिया