देउवाका अगाडि मोदी झुकेको भन्दै गलत फोटो छरपस्ट

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा एउटा गलत फोटो देखाएर गलत सन्देश दिन खोजिएको छ । त्यो हो, देउवाका अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नमस्कार गर्दै झुकेको तस्विर । यसलाई नेपाली कांग्रेसका कार्यकर्ता अझ खासगरि देउवाका पक्षधरले मोदी देउवाका अगाडि झुकेको भन्दै सामाजिक सन्जालमा छरपस्ट पार्ने कोसिस गरेका छन् । तर मोदीले देउवालाई नमस्कार गर्दै झुकेको होइन । शेर बहादुर देउवाकी पत्नी आरजु देउवालाई नमस्कार गरेका हुन् । तस्विर लिँदा फोटो पत्रकारले शेर बहादुर पत्नी आरजु देउवाको फोटो काटेर खिचे र कसैले वास्तबिक तस्विरमा आरजु देउवा पछाडी रहेको तस्विर काटेर शेर बहादुर देउवा र मोदीको फोटो मात्रै राखे ।

सँगै राखिएका दुई वटा तस्विरले प्रस्ट बताउँछ । शेर बहादुर देउवाकी पत्नीले नमस्कार गरेकि छन् मोदीलाई र मोदीले उनको नमस्कार फर्काएका हुन् । महिलाले नमस्कार गरेपछि त्यसलाई हार्दिकतापूर्वक फर्काउनु सामान्य हो । जे होस तस्विर काटेर राखिएको वा तस्विर लिँदा पछिल्लो ब्यक्तिको तस्विर काटेर खिचिएको भएपनि मोदी नत देउवासित झुकेका हुन् न त त्यो नमस्कार देउवालाईनै गरेका हुन् । शेर बहादुर देउवाका अगाडि मोदी झुकेको सन्देश दिनु गलत हो भन्ने वास्तबिक तस्विरलेनै देखाउँछ ।

तपाइँको प्रतिक्रिया