दलाल पुँजीवादले पारेको प्रभाव र समाजवादी सपना

  • सिद्धिचरण भटराई / बुटवल

बुटवलमा एक जना बहुमुखीका सहपाठी मित्र भेटिए । मैले सोधेँ, के गर्दै हुनुहुन्छ ? क्याम्पस पढाउँछु र खाली समयमा कुखुरा फार्म पनि चलाएर सदुपयोग गरेको छु । कस्तो छ त व्यवसाय ? मैले सोधेँ । खै के भनौं ? हामीले उत्पादन गर्‍यौं बेच्ने बेला हुँदा भारतीय कुखुरा आएर हाम्रो व्यवसाय चौपट पार्छ । उनले जवाफ फर्काए ।

मेरी श्रीमतीले जागीर पनि गर्छिन र एक कृषक समुहबाट जग्गा भाडामा लिएर तरकारी उत्पादनको फर्म चलाएकी छन । सिजनल तरकारी र अपसीजनल दुवै हुन्छ । तर लगानी र मेहनत जोडने हो भने आयो गयो बराबर पनि हुन मुस्कील । उदाहरणका लागि करेला र घिरौला बजारमा बिक्री मुल्य प्रति किलो ६० हुँदा किसानले ३० रुपैया प्रतिकेजी पनि पाउन मुस्कील छ । बजारमाा उत्पादक भन्दा विचौलिायाको हालिमुहाली छ ।

देवदह ६ को सरनवारीमा उत्पादीत अर्गयानिक सिमीको मुल्यको कुरा गर्ने हो भने सरनवारीमा स्वयं विचौलियाहरु सिमि खरिद गर्न गाडि लिएर पुग्छन । मुल्य तोक्ने हक किसानको भएपनि किसानले सुचनाको अभावमा मुल्य तोक्न सक्दैन । विचौलिय खरिदकर्ता ले नै उत्पादकको मुल्य तोकि दिन्छ । यहि सिमी बुटवलमा किन्नु पर्दा २ गुणा बढि तिर्नु पर्छ उपभोक्ताले । यो मेरो आफनै घरको अनुभव ।

घडेरी कारोवारकै कुरा गर्ने हो भने किसानहरुको खेतियोग्य जमिनको खरिद गरी बाँझो बनाएको छ भने मानिसहरु सरकारी र सामुदायिक स्कुलको पढाई प्रति भरोसा नगरेर छोराछोरीको भविश्य सुधार्न शहर वरीपरि र अधिकांश त तराई झर्ने क्रम तिव्र छ । यसले तराईको खेतियोग्य जमिनको खण्डीकरण तिव्र बनाएको छ भने पहाडका खेतियोग्य जमिनबाट मानिसहरुकै सम्वन्ध विच्छेद गरिरहेको छ । घडेरी कारोवार फस्टाएको छ । बैंकहरुको लगानी क्षेत्र मुख्यतः घडेरी व्यवसाय हो । दोश्रोमा गाडि व्यवसाय । तेश्रो भनेको निर्माण व्यवसाय । यी सबै क्षेत्रमा प्रयोग हुने साधनहरुले स्वदेशी वस्तुको विनिमय गर्दैनन । घडेरीमा हुने लगानी मुनाफाले केही चिजपनि उत्पादन र फेरी उत्पादन गर्दै रोजगार सिर्जना गर्दैन र राज्यको राजश्व प्रणालीलाई पनि खास सहयोग गर्दैन ।

अर्कोतिर मानिसहरुको दैनिक खर्च प्रणाली यति चुलिएको छ कि यसले आममानिसको गरिबी बढाएको छ । परनिर्भरता पनि चुलिएको छ । बिद्यार्थिको फिस, स्वास्थ्य उपचार, मोवाइल खर्च, खानपानमा अत्यधिक पैसा खर्च हुन्छ । अष्पताल र स्कुलको नीजिकरणले स्वछन्दतामात्र बढाएको छैन । शैक्षिक संस्थामा माफियाकरण र दलाली व्ववस्थाले संस्थागत रुपलिन थालि सक्यो । अझ अहिले त हाम्रो परम्परागत रुपमा मनाईने चाडवाडको पनि दलालीकरण र व्यापारिकरण भई यसले सांस्क्रितिक प्रदुषण ल्याउन थाल्यो । दरखाने भडकिलो तिज, तिहार, दशै पनि भडकिला हुनथाले । विवाह पनि टीकाटालोमै विवाह भन्दा बढि खर्च गर्ने र विवाहमा कतिलाई भोजमा बोलाउन पाइने र कतिलाई नपाईने भन्ने पहिलेको सरकारी नियम र कानुन अहिले फिका भईसक्यो ।

दलाल पुँजीबाट राजनीति झन अछुतो हुन सम्भव थिएन । राजनीतिमा पनि विचार र दृष्टिकोणयोग्याता क्षमता र भरोसा भएका व्यक्ति भन्दा भडकिलो चुनावलाई थेग्न सक्ने त्यस प्रबृतिलाई मलजल गर्न सक्ने, खासगरी पैसावालहरुले स्थान बनाउँदै जाने अवस्था आयो । पार्टी काममा निरन्तर खट्ने नेता कार्यकर्ता पैसावालहरुका दास र कारिन्दा हुने परिस्थिती निर्माण भयो । एकाध उदाहरण छोडेर । यत्रतत्र सर्वत्र यी लक्षणहरु देखिनु हाम्रो सामाजिक र आर्थिक व्यवस्थाको मुल चरित्र दलाल पुँजीवादी हुनुले हो । तर विडम्बना राजनीतिक कार्यदिशाका हिसावले दलाल नोकरशाही पुँजीवाद बिरुद्ध मुख्य लडाई भएको ठान्ने पार्टीहरु नै यही प्रबृतिलाई मलजल गर्नु सबैको दुर्भाग्यको बिषय हो ।

पार्टीहरु नै पार्टी जस्ता हुन सकेका छैनन । पार्टीलाई बिधिमा, मुल्य मान्यतामा , बिधान अनुरुप हिडाउन नसकेको हुँदा पार्टी भित्र निर्णय प्रक्रियामा जनवाद र बिधि सम्मत पद्धति अंगीकार हुन सकेन । यसबाट फाइदा पार्टीका आम सदस्यहरुले भन्दा बिचौलियाहरुले नै उठाउन थालेका छन ।

यसरी राजनीति, समाज, व्यवसाय, शिक्षा, सष्कृति लगायतका हरेक क्षेत्रमा दलाल सष्कृति मौलाउन थालेको छ । यसलाई बदलेर हामिले ल्याउन खोजेको व्यवस्था के हो ? त्यसले कसरी काम गर्छ भन्ने कुरा स्पष्ट रुपमा जनतामा ल्याएर मात्र राजनीतिक जागरण पैदा गर्न सकिन्छ ।

राष्ट्रिय पुँजीको विकास र समाजवादी सपना :

हामीले नेपाली जनवादी क्रान्ति पुरा गर्‍यौं । जनताका अधिकारहरु संविधानमा व्यवस्थीत गरियो । अब जनअपेक्षाअनुरुपको जीवनस्तरलाई सुधार्नु मुख्य काम हो । धेरै अवसरहरु सृजना गरेर नेपालमै गरिखाने वातावरण बनाउने कर्तव्य पुरा गर्नु हो । दलाल पुँजीको ठाउँमा राष्ट्रीय पुँजी निर्माणको बाटो हिंडनु पर्छ ।

एक उदाहरण : मैले कुखुरा फार्म चलाउने प्राध्यापक साथीलाई एउटा स्मरण सुनाएँ । ०५८ सालको । त्यतिखेर हामीले एउटा राष्ट्रिय जागरण कार्यक्रम चलाएका थियौं । नेपालमा भारतीय सेतो अण्डाको व्यापक बजार थियो । चितवनका अण्डा उत्पादक कुखुरा व्यवसायीले उत्पादन गरेको रातो अण्डाको मार्केट थिएन । बजारमा ल्याएर पनि नविक्ने । सेतो भन्दा क्वारेन्टाइन चेक गर्दापनि उत्कृष्ठ भएका स्थानिय उत्पादनले बजार नै नपाउने । यो अवस्था भएपछि बुटवलमा आएका चितवनका व्यवसायी विच अन्तरक्रिया भयो । यसका लागि रुपन्देहीका अण्डा उत्पादक, पोल्ट्री फर्म व्यवसायी संग मिलेर र राष्ट्रिय जागरण अभियान संगको सहकार्यमा सेतोअण्डा फोर आन्दोलन चलाईयो । यसले भन्सार मै पुगेर भारतीय अण्डा रोक्ने र फिर्ता गराउने कार्य गर््यो । विस्तारै त्यो आन्दोलनको परिणाम स्वरुप बजारमा सेतो अण्डा नबिक्ने र रातो अण्डाले बजार पाउने अवस्था आयो । यसले चितवनमात्र होइन सबै कुखुरा व्यवसायलाई नेपालमा आत्म निर्भर हुन सघायो । यस्तै केरा व्यववासायी किसानको पनि कुरा छ । त्यहाँ पनि यस्तै समस्या थियो । उखु किसानको पनि यस्तै कुरा छ । रातो अण्डा विक्न थालेपछि व्यवसायीले बजार पाए उनले कुखुरा थपे, रोजगारी थपे, स्वरोजगारी बढयो । देशको पैसा देशमै रह्यो । यसले राष्ट्रिय पुँजी निर्माणमा एक इटा थप्यो ।
अहिले स्थानिय सरकार बनेका छन सिंह दरबारकै अधिकार लिएर बसेका । यी स्थानिय सरकारले चाहे भने धेरै केही गर्न सक्छन । राष्ट्रिय पुँजीको विकासका लागि । अब खाँचो छ एक राजनीतिक जागरणको, एक सशक्त दबावमुखि आन्दोलनको, राष्ट्रिय पुँजी निर्माणमा योगदान गर्न सक्ने स्वदेशी उत्पादकहरुको सञ्जालीकरण र एकताको, स्थानिय र राष्ट्रिय नीतिगत पहलकदमीको । भारतबाट आयातित बस्तुमा नियन्त्रण र स्वदेशी उत्पादनलनाई नीतिगत प्रोत्साहनको । स्वतन्त्र बजार अर्थतन्त्रलाई नेपालमा स्वछन्द बजार अर्थतन्त्रको रुपमा बुझियो । स्वतन्त्र भनेको नियमन नहुने भनेको होइन । नेपालमा किसानलाई अनुदान भन्दा बढि उत्पादीत बस्तुको खरिद र बजार प्रवर्धनमा सरकारले बढि सहयोग गर्‍यो भने मात्र यसले राष्ट्रिय पुँजी निर्माणको बाटो खोल्छ । यसले नेपाली आत्मनिर्भर अर्थतन्त्रतिर मुलुकलाई डोर्‍याउँछ । राष्ट्रिय पुँजीको विकास नगरी दलाल पुँजीवाद भएरै समाजबादमा पुग्न सकिँदैन ।

(मिति २०७४ भदौ ५ गते शितलनगर)

तपाइँको प्रतिक्रिया